Ambi Ko Diary

Ambi Ko Diary Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ambi Ko Diary, Kurseong.

कविताको  शीर्षक "वसन्त  ऋतु "
08/04/2026

कविताको शीर्षक "वसन्त ऋतु "

08/04/2026

मुक्तक १
झरेको छ जीवन लडेको छ जिन्दगी
बेकारमा सदैव मरेको छ जिन्दगी
खुसीमा बाँच्न नि दिएन दैवले पनि
आँसु र पिडाले नै ढलेको छ जिन्दगी ।
मुक्तक २
विष लागेको औंला नै झर्ने गर्छ सधैँ
कतिपय मानिस रिसले मर्ने गर्छ सधैँ
कुभलो चाहनेको कमी छैन यहाँ ,
कतिले अरूको बर्बाद गर्ने गर्छ सधैँ ।
मुक्तक ३
समाजको देनमा हरेक नारी निकै महान हुन्छ
आमाको सबैलाई स्नेह छहारी निकै महान हुन्छ
सुख दुःखमा पनि आमाको याद आउँछ सधैँ,
नारीको स्नेहले सप्रिएको बारी निकै महान हुन्छ ।
मुक्तक ४
मुक्तक दिवसमा सबैको माया ममता गहिरो होस्
साहित्यको बलियो डोरी सबैमा क्षमता गहिरो होस्
बढोस् फलोस् फुलोस् साहित्यिक लगाव मनमा,
मुक्तक सुरक्षा मनबाट नै गरेर समता गहिरो होस् ।।
अम्बिका राणा ।

आभार त्रिवेणी साहित्य मञ्च हैरिस्वर्गपेन्सिल्भेनिया परिवारप्रति ।🙏
08/04/2026

आभार त्रिवेणी साहित्य मञ्च हैरिस्वर्गपेन्सिल्भेनिया परिवारप्रति ।🙏

With विकास क्षेत्री अञ्जान – I'm on a streak! I've been a top fan for 10 months in a row. 🎉
21/03/2026

With विकास क्षेत्री अञ्जान – I'm on a streak! I've been a top fan for 10 months in a row. 🎉

With Sarah Rai – I'm on a streak! I've been a top fan for 7 months in a row. 🎉
01/03/2026

With Sarah Rai – I'm on a streak! I've been a top fan for 7 months in a row. 🎉

Shout out to my newest followers! Excited to have you onboard! Sharmila Thapa, Santi Bhujel, Pirtam Singh
05/02/2026

Shout out to my newest followers! Excited to have you onboard! Sharmila Thapa, Santi Bhujel, Pirtam Singh

बसन्त पञ्चमीको सरस्वती पूजाको शुभकामना माता लक्ष्मीले सबैलाई ज्ञान र बुद्धिको दीर्घायु प्रदान गरुन् जय माता लक्ष्मी 🌺🌺🌺🙏...
23/01/2026

बसन्त पञ्चमीको सरस्वती पूजाको शुभकामना माता लक्ष्मीले सबैलाई ज्ञान र बुद्धिको दीर्घायु प्रदान गरुन् जय माता लक्ष्मी 🌺🌺🌺🙏🙏🙏

लघु  कथा  शीर्षक "जुरेली चरीको जोडी" जुरेली चरीको एक जोडी बिहानै कराउँदै  मेरो  घरको छेउको  रूखमा  आएर बस्ने गरेको  थियो...
16/01/2026

लघु कथा
शीर्षक
"जुरेली चरीको जोडी"
जुरेली चरीको एक जोडी बिहानै कराउँदै मेरो घरको छेउको रूखमा आएर बस्ने गरेको थियोे मलाई पनि हेर्न खुबै मन लाग्थ्यो म सधैँ उठेर हेरिरहन्थे।
दुइजना खुबै मिलेर बस्ने गरेको दृश्य हेरेर म मन मनै खुशी हुन्थे यी चरीहरूलाई केहीको शोक सुर्ता नै छैन जस्तो लाग्थ्यो ।
दुई तीन दिन पछि ती जोडी आउन छ‍ोडे मलाई मनमा कस्तो कस्तो लागेर आयो कहाँ गयो होला ती चरीको जोडी भनेर मनमा सोचिरहेकी हुन्थे सधैँ मैले ।
केही दिन बितेर गयो त्यस रूखमा एउटा मात्रै जुरेली आयो मैले कहाँ गयो होला यसको साथी भनेर सोचिरहेकी थिए ।
मैले राम्रो नियालेर हेरे रूखको ठीक मुनि त्यहीँ त्यस चराको पखेटा मात्रै भेटे टाउको उतापट्टि देखे मैले बिस्तारै गएर हेरेको त त्यसलाई त एउटा बिरालोले पो खाएछ र पो त्यसको जोडी सधैँ नै खोज्न आएको रहेछ भन्ने मलाई थाहा भयो म मन मन‌ै दुःखी भए अहिले पनि त्यो चरी एक्लै यता उता गरि उडी हिड्ने गर्छ ।
✍️अम्बिका राणा ।
खरसाङ ।

Wishing you all a Merry Christmas, my dear friends! 🎄🎅️❤️️️
25/12/2025

Wishing you all a Merry Christmas, my dear friends! 🎄🎅️❤️️️

झिल्का कविता गोधुली साँझको  बेला क्षितिज  देखियो  सुन्दरआहा ! प्रकृतिको खेला।
23/12/2025

झिल्का कविता
गोधुली साँझको बेला
क्षितिज देखियो सुन्दर
आहा ! प्रकृतिको खेला।

अन्तर्राष्ट्रिय  मानव  एकता दिवसको  हार्दिक  मंगलमय शुभकामना  सम्पूर्णमा🙏
20/12/2025

अन्तर्राष्ट्रिय मानव एकता दिवसको हार्दिक मंगलमय शुभकामना सम्पूर्णमा🙏

Address

Kurseong

Website

Alerts

Be the first to know and let us send you an email when Ambi Ko Diary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share