Nepal Sandarbha

Nepal Sandarbha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Sandarbha, काली गण्डकी करिडोर्, Baglung Bazar.

सबैमा राजनीतिक चेतना हुनुपर्छ, तर सबैले राजनीति गर्ने होइन। सार्वजनिक सूचनामा आउन नसकेका विषयहरू उजागर हुनुपर्छ। आधुनिक युगमा पनि हाम्रो देश किन विकास हुन सकेन? यो विषय गम्भीर छानबिनको क्षेत्र बनेको छ। आखिर अहिलेसम्मका देश विकासका वास्तविक अवरोधक को हुन्?

✔️ मोदी र रविबीच ऐतिहासिक भेटवार्ता,✔️ बजेटको मुखमा २ सय विद्युतीय गाडीको भन्सार पासमा चलखेल, रसुवा भन्सारका प्रमुख भन्स...
03/06/2026

✔️ मोदी र रविबीच ऐतिहासिक भेटवार्ता,

✔️ बजेटको मुखमा २ सय विद्युतीय गाडीको भन्सार पासमा चलखेल, रसुवा भन्सारका प्रमुख भन्सार अधिकृतसहित ६ जनामाथि कारबाही सुरु,

✔️ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्धारा कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक,

✔️ शेयर बजारमा झिनो सुधार, पौने ६ अर्बको कारोबार,

✔️ अमेरिकाले हर्मुज नजिकैको इरानी टापुमा हमला गरेपछि इरानले पनि कुबेत र बहराइनमा रहेको अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरेर मिसाइल हान्यो,

✔️ बागमती कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सातौँ खेलमा भक्तपुरद्वारा काठमाडौँलाई १ विकेटले पराजित।

🔴  पर्यटकको आगमन उल्लेखनीय संख्यामा वृद्धि सबैभन्दा धेरै भारतीय नागरीक,🔴 नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षक...
03/06/2026

🔴 पर्यटकको आगमन उल्लेखनीय संख्यामा वृद्धि सबैभन्दा धेरै भारतीय नागरीक,

🔴 नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार,

🔴 प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित,

🔴 मुगुमा सामुदायिक विद्यालयप्रतिको आकर्षण,

🔴 प्रत्येक वर्ष हिरासतमा चार र जेलमा पच्पन्न बन्दीको शंकास्पद मृत्यु हुने तथ्याङ्क सार्वजनिक,

🔴 इजरायलद्वारा दक्षिण लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी,

🔴 एसियन खेलकुदमा नेपाली पुरुष टोलीको छनोट।

⚫ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्यो,⚫ विपक्षी दलहरूको विरोध भएपछि अर्को बैठक जेठ २५ गते      बस्ने गरी स्थगित...
02/06/2026

⚫ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्यो,

⚫ विपक्षी दलहरूको विरोध भएपछि अर्को बैठक जेठ २५ गते बस्ने गरी स्थगित,

⚫ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म बैठक चल्न नदिने,

⚫ सरकारले युरोपमा नेपाली श्रमिक पठाउने प्रक्रियालाई संस्थागत रूपमा खुला गर्ने तयारी, व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाँदा नेपाली श्रमिकहरू ठगिने क्रम बढेकाले यसलाई व्यवस्थित र सुरक्षित बनाउने,

⚫ आज सेयरबजार नेप्से परिसूचक २२.२१ अंकले बढेर २,७७७.५८ बिन्दुमा बन्द,

⚫ अष्ट्रेलियाको जनसङ्ख्या दुइ करोड ८० लाख पुगेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को अनुमान,

⚫ अमेरिकासँग वार्ता जारी रहेको संकेत इरानले दिएको छ । तर लेबनानमा भने इजरायली आक्रमण जारी रहे कूटनीति रोकिन सक्ने र प्रत्यक्ष कदम चाल्न सक्ने चेतावनी,

⚫ अमेरिका–इरानबिचको अस्थायी युद्धविराम सम्झौतासम्बन्धी अन्तिम मस्यौदा अझै तेहरानमै छलफलकै क्रममा रहेको जनाइएको छ।
⚫ नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सको लागि छनौट ।।

(१)  मन्त्रिपरिषद् बैठकद्वारा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) बाट ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्य...
02/06/2026

(१) मन्त्रिपरिषद् बैठकद्वारा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) बाट ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत,

(२) सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायब निरीक्षक अन्जनी कुमार पोख्रेललाई बढुवा,

(३) संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप, प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित उक्त अध्ययन समितिको कार्यावधि ४५ दिनका लागि थप गरिएको,

(४) भूमि समस्या समाधान समितिको रिक्त पदहरू, अध्यक्षमा बलभद्र बास्तोला, समितिको सदस्यहरूमा अमिर प्रसाद न्यौपाने, पद्मनिती सोती र डा. रोना श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

माण्डु हाइड्रोपावर लिमिटेड कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्र...
02/06/2026

माण्डु हाइड्रोपावर लिमिटेड कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

जेठ १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण हुनेछ।

→ सरकारको १०० कार्यसूची मध्ये ६५ दिनमा ७० प्रतिशत    काम,→ २६ लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्न अवस्था आउन सक्ने...
02/06/2026

→ सरकारको १०० कार्यसूची मध्ये ६५ दिनमा ७० प्रतिशत काम,

→ २६ लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्न अवस्था आउन सक्ने,

→ कर्मचारीको तलब बढ्दा सरकारी ढुकुटीमा ६० अर्ब व्ययभार,

→ संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानुन निर्माण र जनताका मुद्दा ओझेलमा,

→ इरानद्वारा मध्यस्थकर्ताको माध्यमबाट अमेरिकासँग भइरहेको वार्ता स्थगित भएको घोषणा,

→ नेपालका क्रिकेटर दीपेन्द्र, सन्दीप र कुशलले श्रीलंकाको लंका प्रिमियर खेल्ने।

02/06/2026

मुखमा राम-राम बगलीमा छुरा, यस्तो खालको कुरा गरेपछि मात्रै कोहीबाट पनि विरोध हुँदैन।।
तर कोही एउटा सच्चा व्यक्तिले वास्तविक र सत्य कुरा ओकलिदियो भने त्यो सबैलाई तितो नै लाग्छ।

01/06/2026

♦पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप ५ दिन समय माग,

♦ परराष्ट्रमन्त्री खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले उनको कार्यकक्षमा शिष्टाचार भेट ,

♦विशेष अदालतले भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपियाँ धरौटीमा छोड्न आदेश,

♦संसदमा अमर्यादित गतिविधि गर्ने साँसदहरुमाथि कारवाहीको तयारी, समिति गठन!

बजेट पछि सेयर बजार!   #भर्खरै
01/06/2026

बजेट पछि सेयर बजार!
#भर्खरै

01/06/2026

Nepal Sandarbha

©​ प्रधानमन्त्रीको सीमा सम्बन्धी भनाइले तात्यो राजनीति,

® संसद्को अवरोधबीच नयाँ नियम पारित,

® म्याग्दी-मुस्ताङमा पर्यटकको ओइरो,

© अन्तर्राष्ट्रिय मञ्चमा ट्रम्प र इरानबीचको टक्कर जारी,

© श्रीलंकालाई हराउँदै सेमिफाइनलको यात्रामा नेपाल,

© आईपीएलमा आरसीबीले उपाधि सँगै रच्यो इतिहास!

Address

काली गण्डकी करिडोर्
Baglung Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Sandarbha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share