दिगोपन सामाजिक उधमी महिला सहकारी संस्था लि.

  • Home
  • दिगोपन सामाजिक उधमी महिला सहकारी संस्था लि.

दिगोपन सामाजिक उधमी महिला सहकारी संस्था लि. khasi kharid bikri, milk kharid & bikri, banana kharid & bikri

दाङ लमही स्थित सुरेश फलफुल तथा तरकारी सप्लायर्स का प्रोपराइटर सुरेश जैसवाल सर सङ हामी संस्थाको टिमलाई भेटघाट र उहाँको के...
03/08/2026

दाङ लमही स्थित सुरेश फलफुल तथा तरकारी सप्लायर्स का प्रोपराइटर सुरेश जैसवाल सर सङ हामी संस्थाको टिमलाई भेटघाट र उहाँको केरा खेतीको अवलोकन गर्ने मौका जुर्यो उहाले १५० बिघा मा केरा खेती गर्नुभएको रहेछ जसमा १२५ बिघा मा मालभोग केरा र बाकी २५ बिघामा G-9 जातको केरा खेती गर्नुभएको रहेछ ।उहालाई प्रगतिको शुभकामना ।

दाङ तुल्सिपुर स्थित हाम्रो संस्था अध्यक्ष ज्यु को समेत लगानी रहेको कालिज फर्म मा राप्ती फिड industry का संचालकहरु आदरणीय...
02/08/2026

दाङ तुल्सिपुर स्थित हाम्रो संस्था अध्यक्ष ज्यु को समेत लगानी रहेको कालिज फर्म मा राप्ती फिड industry का संचालकहरु आदरणीय सर जगत पोख्रेल र कृष्ण श्रेष्ठ सर हरु सङ हामी संस्था अध्यक्ष सहित भिजिट गरियो । ब्यवसाय यक्दमै राम्रो सन्चालन मा रहेको र अझ अलिकति २-४ कुरामा सुधार गर्न सकियकोमा ब्यवसाय मा थप प्रगति गर्न सकिनेछ । प्रगतिको शुभकामना ।

मिति २०८३ श्रावण १६ गते राप्ती फिड industry दाङ सत्बरिया मा भिजिट गरियो ।
02/08/2026

मिति २०८३ श्रावण १६ गते राप्ती फिड industry दाङ सत्बरिया मा भिजिट गरियो ।

केराको नयाँ लगायको बेर्नाकाे लागि सुक्ष्म खाद्य तत्त्व र पसायको केराको फल को लागी चाहिने भिटामिन एकदमै गुणस्तरकाे सहकारी...
27/07/2026

केराको नयाँ लगायको बेर्नाकाे लागि सुक्ष्म खाद्य तत्त्व र पसायको केराको फल को लागी चाहिने भिटामिन एकदमै गुणस्तरकाे सहकारी मा उपलब्ध छ कृपया केरा किसान् हरुले सम्पर्क गर्नुहोला stock सिमित छ समयमै अाएर लिनुहाेला ।
भिटामिन का फाइदा सुक्ष्म तत्त्व को फाइदा
१. कोसा मोटो र लामो बनाउने १. बिरुवा लाई चाहिने खनिज तत्त्व
२. फल लाई चम्किलो बनाउने २. बिरुवा को जरा मजबुत
३. समयमा तयार हुने ३. बिरुवाको वृद्धि बिकास

यस संस्था द्वारा दिदै आइरहेको  सदस्यता राहत कोष अन्तर्गत सदस्य श्री रिना चन्द  ज्यु को श्रीमान स्व. रमेशकुमार चन्द को मृ...
21/07/2026

यस संस्था द्वारा दिदै आइरहेको सदस्यता राहत कोष अन्तर्गत सदस्य श्री रिना चन्द ज्यु को श्रीमान स्व. रमेशकुमार चन्द को मृत्यु भएको आज सातौ दिन मा सदस्य को घरमा गइ संस्था अध्यक्ष श्री जित कुमारी योगि ज्युबाट रु. ५०००/- साथै फलफूल र घिउ संस्थाद्वारा प्रदान गरियो ।

आ.व. २०८२.०८३ को स्वीकृत बजेट अनुरुप एकिकृत कृषि तथा पशुपन्छी बिकाश कार्यालय गुलरिया बर्दियाको  आर्थिक सहयोग र दिगोपन सा...
18/07/2026

आ.व. २०८२.०८३ को स्वीकृत बजेट अनुरुप एकिकृत कृषि तथा पशुपन्छी बिकाश कार्यालय गुलरिया बर्दियाको आर्थिक सहयोग र दिगोपन सामाजिक उधमी महिला सहकारी को सहजीकरणमा सहकारी सदस्य हरु जस्ले ब्यवसायिक फर्म दर्ता गरि पशुपालन ब्यवसाय गरिरहनुभयको छ त्यस्ता फर्म हरुमा पशुलाई आवश्यक भिटामिन , मिनरल, बेटाडिन, घाउमा लगाउने मलम र अन्य पोषण तत्त्वहरु सहकारी संस्था अध्यक्ष श्री जित कुमारी योगि ज्यु र एकिकृत कृषि तथा पशुपन्छी बिकाश कर्यालय गुलरिया बर्दिया प्रमुख कमला अधिकारी म्याम को प्रत्यक्ष उपस्थिति मा किसानहरूको घर घर मा गई वितरण गर्ने कार्य सप्पन्न गरियो। बिशेष गरि एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय गुलरिया बर्दिया प्रमुख आदरणीय म्याम कमला अधिकारी ज्यु र सम्पुर्ण कार्यालय परिवार प्रती हार्दिक आभार व्यक्त गर्दछौं ।धन्यवाद ।

17/07/2026

सम्पुर्णमा जानकारीको लागी
बिगत ५ बर्ष देखी यस सहकारी संस्था लि ले केरा खेती मार्फत आफ्ना सदस्य हरु लाई उधमी बनाउदै आइरहेको हजुर हरुलाई थाहा नै छ । हाल सम्म सहकारी मार्फत १२५ बिघा भन्दा बढीमा केरा खेती बिस्तारित भैसकेको छ साथै सहकारी संस्था वा ब्यक्तिगत सम्पर्क बाट केराको बजारीकरण गरि सदस्य हरु ले केरा खेती मार्फत राम्रो आम्दानी गरिरहनु भएको छ । उत्पादन को कुरा मा लगातार पहिलाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र हालको रास्तृय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्बयन एकाइ बर्दिया को अनुदान सहयोगमा किसानलाई चाइने विभिन्न सामग्री हरु र केराको बेर्नाको हकमा नेपाल सरकारको बिरुवाको प्रोटाेकल, नियम कानुन अनुरुप काम गर्न सक्ने सप्लायर्स मार्फत ल्याई केराको क्षेत्र बिस्तार गरिएको छ । यो आर्थिक बर्षमा पनि हामिले उक्त कार्यालय बाट अनुदान को कार्यक्रम गरेका थियाै । तर कतिपय यस्तो गिरोह पनि रहेछ कि यत्रो बर्स देखी गरेको काम लाई प्रोत्साहन गर्नको सट्टा मा नकारात्मक तरिकाले हाम्रो पछि लागेको देखियो हुनत हामिले गल्ती गरेको भय त झन के के गर्ने सोच लियर हिडने लाई गल्ती नगरेपछि पछि लागेर पनि हामी लाई के नै पो गर्न सक्थे र? हामी आफ्नो काममा ढुक्क छौँ र आगामी काममा पनि ढुक्क हुनेछौं यस्मा २ मत छैन तर जस्ले केराको छेत्र बिस्तार गर्दा केराको बिरुवा नेपाल सरकारको बिरुवाको प्रोटाेकल, नियम कानुन बिपरित स्रोत नखुलाई ल्याउनु भाको छ तेस्को जवाफदेहिता हजुर हरु ले दिनै पर्छ र तेस्को पनि प्रक्रियामा हामी जादैछौ र भोलिका दिनहरुमा तेस्ता बिरुवा हरु आयको र बारिमा लगाइयको पाईयमा हजुर स्वयम् उत्तरदायी हुनुपर्छ र जवाफ दिन सक्नु पर्नेछ ।र तेस्ता बिरुवा नेपाल सरकार को रोहवर मा नस्ट गर्नुपर्ने पनि हुन सक्छ तेस्ता बिरुवाको रेकर्ड हामी सङ पनि छन कुनै बिरुवा बारीमा लगाइसकेको र कुनै किसान को घरमा पनि राखियको रेकर्ड हामी सङ छ कृपया सजग रहनुहोला हजुर हरुको सानो गल्तीले पुरै क्षेत्रमा असर गर्ने काम नगर्नुहोस र अन्त्यमा गरेको काम लाई प्रोत्साहन र हौसला दिने काम गरौ नकि केहि गल्ती हरु पत्ता लाग्छ कि वन्दै पछि लाग्ने काम बन्द गरौं तपाईंको रेकर्ड तपाईंसङ मात्र हुदैन हामी सङ पनि हुन सक्छ तसर्थ सम्पुर्ण किसान यकजुट भयर आफ्नै हितमा काम गरौं । धन्यबाद । जय सहकारी जय किसान ।

आज मिति २०८३ असार २८ गते एकिकृत कृषि तथा पशुपन्छी बिकाश कार्यालय गुलरिया  बर्दियाको आयोजकतामा र दिगोपन सामाजिक उधमी महिल...
12/07/2026

आज मिति २०८३ असार २८ गते एकिकृत कृषि तथा पशुपन्छी बिकाश कार्यालय गुलरिया बर्दियाको आयोजकतामा र दिगोपन सामाजिक उधमी महिला सहकारी को सहजीकरणमा बाझोपन पशुको उपचारका लागि door to door कार्यक्रम पशु डाक्टर ज्यु र एकिकृत कृषि तथा पशुपन्छी बिकाश कार्यालय गुलरिया बर्दियाका आदरणीय सर हरु साथै सहकारी संस्था अध्यक्ष श्री जित कुमारी योगि ज्यु सहित को उपस्थितिमा सु सम्पन्न गरियो।

एकिकृत कृषि तथा पशुपन्छी बिकाश कर्यालय गुलरिय बर्दियाको आर्थिक सहयोग र दिगोपन सामाजिक उधमी महिला सहकारी को सहजीकरणमा महि...
11/07/2026

एकिकृत कृषि तथा पशुपन्छी बिकाश कर्यालय गुलरिय बर्दियाको आर्थिक सहयोग र दिगोपन सामाजिक उधमी महिला सहकारी को सहजीकरणमा महिला ,बालबालिका पोषण कार्यक्रम अन्तर्गत २० जना न्यून आर्थिक स्थिति भयका सदस्य लाई कुखुराको चल्ला र केराको गुरस्तरिय उत्पादन को लागी चाइने बातावरणिय अनुकुल बिसादी वितरण कार्यक्रम सहकारी संस्था अध्यक्ष श्री जित कुमारी योगि ज्यु को सभा अध्यक्षमा र एकिकृत कृषि तथा पशुपन्छी बिकाश कर्यालय गुलरिया बर्दिया प्रमुख कमला अधिकारी म्याम को प्रमुख अथितिमा सु सम्पन्न गरियो।

रास्िट्रय कृषि आधुनिकीकरण कार्यक्रम , कार्यक्रम कार्यान्वयन एकाइ बर्दिया को अनुदान सहयोगमा यस सहकारी संस्था लि ले केरा ज...
10/07/2026

रास्िट्रय कृषि आधुनिकीकरण कार्यक्रम , कार्यक्रम कार्यान्वयन एकाइ बर्दिया को अनुदान सहयोगमा यस सहकारी संस्था लि ले केरा जोन कार्यक्रम र उद्दमशिलता कार्यक्रम अन्तर्गत सामाग्री हरु खरिद गरि मिति २०८३ असार २५ गते गुलरिया नगरपालिका वडा न. ४ अध्यक्ष आदरणीय सुरेश गौतम को प्रमुख आतिथ्यमा ,यस सहकारी संस्था अध्यक्ष श्री जित कुमारी योगि ज्यु को सभा अध्यक्षमा र लाभग्राही सदस्य हरुको उपस्थितमा तपशिलका सामाग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न गरियो । साथै सम्पुर्णमा धन्यवाद पनि दिन चाहन्छौं ।
तपशिल,
१. सिचाइ मोटर -१८ थान
२. बोरिङ - ७ थान
३. डेलिभरी पाइप - ७०० के.जि
४. मिनिटिलर - ६ थान
५. स्प्रे टेन्कि - ३० थान
६. दूध क्यान ४०. लि- ६ थान
७. दूध क्यान२० लि- १० थान
८ दुध क्यान १० लि- ६० थान
९. दूध क्यान ५ लि - १५ थान
१०. प्लाष्टिक क्यारेट- ३०० थान
११. केराकाे बिरुवा - २८००० थान

Address

Gulariya

Website

Alerts

Be the first to know and let us send you an email when दिगोपन सामाजिक उधमी महिला सहकारी संस्था लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Grocery Store?

Share