कृषि तथा जडिबुटी अनुसन्धान केन्द्र षडानन्द नगरपालिका -२ गुरुङ गाउँ

  • Home
  • Nepal
  • Bhojpur
  • कृषि तथा जडिबुटी अनुसन्धान केन्द्र षडानन्द नगरपालिका -२ गुरुङ गाउँ

कृषि तथा जडिबुटी अनुसन्धान केन्द्र  षडानन्द नगरपालिका -२ गुरुङ गाउँ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कृषि तथा जडिबुटी अनुसन्धान केन्द्र षडानन्द नगरपालिका -२ गुरुङ गाउँ, Fruit & vegetable shop, shadananda nagarpalika-2 Kudak kaule gurung gau, Bhojpur.

Happy DEPAWALI to all my friends
21/10/2025

Happy DEPAWALI to all my friends

ओझेलमा परेको पिंडालु :Taro: खेति र महत्त्वबारे जानौ # #पिंडालू के हो हामी सबैलाई थाहै छ । कतै कतै यसलाई कर्कला भनेर पनि ...
25/07/2025

ओझेलमा परेको पिंडालु :Taro: खेति र महत्त्वबारे जानौ # #

पिंडालू के हो हामी सबैलाई थाहै छ । कतै कतै यसलाई कर्कला भनेर पनि चिनिन्छ । यो एक प्रकारको tuber हो । यो प्राचीन काल देखि नै खेती गरिदै आएको मानिन्छ सम्भवत यो नै पहिलो खेती हो जो मानव जातीले गरेको भनि अनुमान गरिएको छ । पिंडालू खेतीको लागि हल्का माटो पानी नजम्ने तर निक्कै चिस्यान भएको ठाउँ देखि पानी बगीरहने गर्मी ठाउँ सम्म उपयुक्त हुन्छ ।बारी सरसफाई गरी खनजोत गरेर तयार पारिएको जग्गामा ८० सेमी - १ मीटर दुरीमा आलु रोपे जस्तो खाल्डो बनाई त्यसमा राम्ररी पाकेको कम्पोष्ट मल हाली १-२ गाना रोप्नु पर्छ । रोपेको केही हप्तामा टुसाले जमीन छिचोल्छ ।
यसमा लाग्ने २० प्रकारको रोग भए पनि ४ प्रकारका रोग मात्रै अत्याधिक खतरा र ऊत्पादन ह्रास गर्ने खालका छन् ।

= गोबरू किरा (beetle)

यो किराले पिंडालू लाई अत्याधिक आक्रमण गर्छ । यो जंगलबाट ऊडेर आई बारीमा जमिन खोतली गानोको गहिराई सम्म पुगेर २ महिना सम्म गानो खान्छ ।यसले गर्दा गानोमा ठूलो चोट परि गुणस्तर हीन उत्पादन हुनाको साथै बोटै मर्ने पनि सम्भावना हुन्छ । यसरी २ महिना सम्म गानो खाए पछि उडेर फेरी नजिकको झाडीमा गई फूल पर्छ र अर्को पटक त्यही विनाशकारी चक्र दोहोरिन्छ । यसको जैबिक नियन्त्रणको लागि Pacific Regional Agricultural Program को सहयोगमा Papua New Guinea र Solomon Island ले अनुसन्धान गरीरहेका छन् र करिब सफलताको नजिक पुगिसकेको छ ।

=डढुवा (taro leaf blight)

यो रोग पनि पिंडालूको लागि घाकक हो । phytophthora colocasiae fungus को कारणले ये रोग लाग्छ । पुरानो पातमा जमेको पानि ज्यादै गर्मी र जादा आद्रताले यो रोग फैलन अझ मद्दत पु-याउछ । यो रोग लागेपछि यसका पात डढ्ने र १०-२० भित्र सबै पात सखाप हुन्छ । यो रोगले बाली ३०-५० % ह्रास ल्याउन सक्छ । यसको नियन्त्रणकोलागि मिश्रित बाली प्रणाली र पुराना पातहरू छाँट्ने गर्नु फाईदा जनक हुन्छ । बंग्गुर पालक कृषकको लागि पुराना छाँटिएको पातको खोले बनाई बंगुरलाई खुबाउन निकै पौष्टिक हुन्छ ।। यो रोग बाट सन् १९९३मा Samoa देशको पिंडालू निर्यात ब्यापार नै बिस्थापित गर्नुका साथै आन्तरिक खाद्य आपूर्तिमा समेत प्रभाव प-यो ।

virus Disease complex

यो रोग TLBV र TSBV virus दुबै मिली संयुक्त सकृय भएर लाग्ने गर्छ । यो रोगको लक्ष्यणको शुरुमा पातको नसामा पातलो जालो हुन्छ र बिरस्तारै बाक्लो भै पात नष्ट गर्छ । नयाँ पलाउदै गरेको पात भने नफक्रिने हुन्छ । यस किसिमको रोग देखा परे उखेलेर नष्ट गर्नु पर्छ नत्र अरू बोटमा रोग सर्छ । यो रोग लागेमा बालीमा २०% सम्म ह्रास आउँछ ।

# Dasheen Mosaic virus disease [DMV]

यो रोगको लक्षण पातमा mosaic जस्तो छिर्के बुट्टा हरू देखा पर्छ । औजार र बारीको सरसफाई नगरी खेती गरेमा यो रोग लाग्छ । औजार र बारीको सरसफाईमा ध्यान दिए नियन्त्रण गर्न सकिन्छ । रोपेको ८-१० महीना पछि भने पुरै पातहरू पहेलो रंगमा बदलिन थाल्छ बाली लिनको लागि तैयार हुन्छ । पहिला बोटको चारै तिर खनी बोटबाट तान्नु पर्छ । पिंडालू उत्पादन गर्ने देश सबै भन्दाबढी Nigeria मा ४.४ क्रमश China १.७, Cameroon १.७, Ghana १.५ र Papua New Guinea ०.३ मिलियन मैट्रिक टन बार्षिक उत्पादन गर्छन् । विश्वभरी ११.३ मिलियन मेट्रिक टन मात्र बार्षिक उत्पादन भैरहेको छ । एशिया को सरदर उत्पादन प्रति हेक्टर १२.६ टन हो तर अन्य महादेशमा भने कम छ ।विश्व ब्यापी उत्पादन सरदर प्रति हेक्टर ६.२ टन हो । यो पौष्टिक तथा खनिजको दृष्टिले आलू भन्दा कयौं गुणा फाईदा जनक छ ।पिंडालूको गानो उसिनेर वा तरकारी वा सुप बनाएर खाने गरिन्छ । यसमा अत्याधिक पौष्टिक तत्व रहेको हुन्छ । आयुर्वेदले यसलाई औषधिको रूपमा पनि लिइएको छ । आयुर्वेद अनुसार यसलाई शक्ति बर्दक , वीर्य बर्दक , खानामा रूची जगाउने र मृगौला रोगको लागि यसको प्रयोग राम्रो मानिएको छ । तर ग्यास्ट्रिक बिरामीको लागी भने यसले बेफाइदा गर्छ । यसको गानो भन्दा पात पौष्टिकताको दृष्टिले कयौं गुना फाईदा जनक हुन्छ । यसको पातमा अत्याधिक calcium पाईने हुनाले हड्डीको बिरामीको लागि उपयोगी हुनका साथै प्रचुर मात्रामा vitamin A B र C पनि हुन्छ ।

यसमा विषाक्त तत्व पनि हुन्छ । यसमा Calcium oxalate crystals हुने गरेको हुनाले यसलाई राम्ररी नपाकी खानाले मृगौलाको पथ्थरी रोग लाग्ने सम्भावना हुन्छ तर रात भर पानीमा राखेर राम्ररी पकाए यसमा रहेको विषाक्त तत्व हटेर जान्छ । यसको गानो र पात दुबै खान उपयुक्त हुन्छ । भिटामीन C यसको गानोमा भन्दा पातमा दश गुना बढी पाइन्छ ।यसमा अन्य धेरै पौष्टिक तत्वहरू पनि प्रशस्त पाइन्छ "|

हिजोको 𝐐𝐮𝐢𝐳⁉️आजको 𝐐𝐮𝐢𝐳खेल्नको लागि यहाँ 𝐂𝐥𝐢𝐜𝐤🎯 गर्नुहोस् ➡️ https://bit.ly/merokrishi
07/12/2024

हिजोको 𝐐𝐮𝐢𝐳⁉️
आजको 𝐐𝐮𝐢𝐳खेल्नको लागि यहाँ 𝐂𝐥𝐢𝐜𝐤🎯 गर्नुहोस् ➡️ https://bit.ly/merokrishi

Address

Shadananda Nagarpalika-2 Kudak Kaule Gurung Gau
Bhojpur
57000

Website

Alerts

Be the first to know and let us send you an email when कृषि तथा जडिबुटी अनुसन्धान केन्द्र षडानन्द नगरपालिका -२ गुरुङ गाउँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share