K.G.F News

K.G.F News society social work animal child women etc.

09/05/2026

झापाको मुक्ति चौक केवल एउटा चोक मात्र होइन, इतिहास, संघर्ष, बलिदान र परिवर्तनको प्रतीक बनेको एउटा महत्वपूर्ण स्थल हो। समयसँगै बिर्तामोडको मुटुका रूपमा चिनिएको यो स्थानले धेरै राजनीतिक आन्दोलन, जनआवाज, सामाजिक अभियान र ऐतिहासिक क्षणहरूलाई नजिकबाट देखेको छ।
“मुक्ति” भन्ने शब्दले नै स्वतन्त्रता, अधिकार र अन्यायविरुद्धको संघर्षलाई झल्काउँछ। यही भावनालाई आत्मसात गर्दै मुक्ति चौकले वर्षौंदेखि जनताको भावना बोकेको छ। विभिन्न कालखण्डमा भएका आन्दोलन, विरोध सभा, विजय जुलुसदेखि जनचेतनामूलक कार्यक्रमसम्मका अनेक गतिविधिहरूको साक्षी बनेको यो चौक आज पनि इतिहास बोलिरहेको अनुभूति दिलाउँछ।
बिर्तामोडको विकाससँगै मुक्ति चौकको महत्व झन् बढ्दै गएको छ। यहाँ उभिएको स्तम्भले केवल ढुंगा र सिमेन्टको संरचना मात्र प्रतिनिधित्व गर्दैन, बरु संघर्ष गरेर परिवर्तन ल्याउने हजारौं ज्ञात–अज्ञात योद्धाहरूको साहस, त्याग र योगदानको स्मरण गराइरहेको छ।
आजको पुस्ताले सायद व्यस्त सडक, सवारीको चाप र आधुनिक शहर मात्रै देख्लान्, तर यो स्थानको प्रत्येक कुनामा इतिहासका अनेक कथा लुकेका छन्। मुक्ति चौकले बिर्तामोडको पहिचानलाई मात्र होइन, जनताको भावना र इतिहासलाई पनि पुस्तौंदेखि जोडिरहेको छ।
इतिहास कहिल्यै मर्दैन, समयसँगै अझ गहिरो बन्छ। अनि बिर्तामोडको मुक्ति चौक त्यही जीवित इतिहासको एउटा अमिट प्रतीक बनेर सधैं उभिरहनेछ।

08/05/2026

हामी बिगत लामो समयदेखि निरन्तर सडकमै रहेर मानव सेवामा जुटिरहेका छौँ।
KGF टिमले कुनै एकदिनको होइन, सधैं निरन्तर रूपमा गरिब, दुखी, असहाय तथा सडकमा जीवनयापन गरिरहेका बुबा–आमा, दाजुभाइ, दिदीबहिनीहरूको साथ दिँदै आएको छ।
आज पनि सोही निरन्तरताको भाग स्वरूप विभिन्न मन्दिरहरूमा पुगेर खीर खुवाका छौ।
हाम्रो लागि यो कार्यक्रम होइन, यो हाम्रो जिम्मेवारी हो—मानवता प्रति हाम्रो सच्चा प्रतिबद्धता हो।
सडकमै देखिएको पीडा, भोक र अभावले नै हामीलाई दिनहुँ अगाडि बढ्न सिकाएको छ।
हाम्रो सानो प्रयासले कसैको पेट भरियो भने, कसैको अनुहारमा मुस्कान आयो भने—त्यही नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो।
KGF टिम सधैं यस्तै सेवा र सहयोगमा निरन्तर लागिरहने छौ।

08/05/2026

बल्न थाल्यो मधेस : सरकारले सार्वजनिक जग्गा खालि गर्ने आदेश गरेपछि धनुषामा जनता सडकमा आएर सडक बाल्न थालेका छन्।

03/05/2026
03/05/2026

आज बैशाख १२ गते — k.g.f (किङ गोर्खा फाउन्डेसन) को निरन्तर मानवता अभियानले फेरि एक अर्थपूर्ण सन्देश दिएको छ।
विगत ५ महिनादेखि सडकमा जीवनयापन गरिरहेका गरिब, दुःखी, असहाय तथा निमुखा बुबा–आमा, दाजुभाइ–दिदीबहिनीहरूलाई निःशुल्क भोजन खुवाउने तथा बिरामीहरूको उपचारमा सहयोग गर्ने कार्य निरन्तर जारी नै छ।
आज भने केजिएफका अध्यक्ष येहाङ लाबुङ ज्युको माताको ५औँ वार्षिक पुण्यतिथिको अवसरमा उहाँको परिवार स्वयं सडकमा उत्रिएर आफ्नै हातले विभिन्न परिकार तयार गरी असहायहरूलाई भोजन गराउनुभयो।
आफ्नो आमाप्रतिको सम्मान र सम्झनालाई सेवा र सद्भावमा रूपान्तरण गर्दै, येहाङ लाबुङ ज्युको परिवारले समाजका लागि एक सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।
मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने सन्देशलाई व्यवहारमा उतार्दै गरिएको यस्तो कार्यले धेरैलाई प्रेरणा दिने विश्वास गरिएको छ।

02/05/2026

आज बैशाख १९ गते, सनिश्चरबारको अवसरमा KGF टिमले विभिन्न मन्दिरहरूमा बिहान खिर वितरण गरेको छ। साथै, बिगत ५–६ महिनादेखि निरन्तर सडक जीवन यापन गरिरहेका बुबा–आमा, दाजुभाइ–दिदीबहिनीहरूलाई दिउँसोको खाना पनि निरन्तर रूपमा खुवाउँदै आएको छ।
हाम्रो प्रयास केवल खाना खुवाउने मात्र नभई, असहाय तथा बिरामीहरूलाई सक्दो उपचार सहयोग गर्दै मानवताको साँचो सेवा गर्नु हो।
KGF टिम सधैं गरिब, दुखी र असहायहरूको साथमा रहनेछ—निरन्तर।

तीर्थ यात्रामा निस्केका दुई दाजु भाइको परिवार रोल्पामा दुर्घटना हुन्दा ७ जनाको निधन रोल्पाको विकट भूगोलमा भएको जीप दुर्घ...
01/05/2026

तीर्थ यात्रामा निस्केका दुई दाजु भाइको परिवार रोल्पामा दुर्घटना हुन्दा ७ जनाको निधन रोल्पाको विकट भूगोलमा भएको जीप दुर्घटना ।
सिन्सेन गाउपालिका- ५ टाकुराबाट तीर्थयात्रामा निस्किएको परिवारमध्ये एउटै घरका ७ जनाको ज्यान गएको पुष्टि भएको छ।
करिब ८०० मिटर तल भिरमा खसेको उक्त जिप दुर्घटनामा दाजुको परिवारबाट श्रीमती, छोरा, बुहारी र नाति (४ जना)भाइको परिवारबाट श्रीमती, छोरी र छोरा -३ जनालको ज्यान गएको जानकारी।

समाजसेवी तथा बिर्तासिटी हस्पिटलका सञ्चालक आदरणीय गोपाल बस्नेत सरको निरन्तर सहयोग र साथप्रति हार्दिक आभार व्यक्त गर्दै के...
29/04/2026

समाजसेवी तथा बिर्तासिटी हस्पिटलका सञ्चालक आदरणीय गोपाल बस्नेत सरको निरन्तर सहयोग र साथप्रति हार्दिक आभार व्यक्त गर्दै केजिएफ (K.G.F) परिवार विगत लामो समयदेखि सडकमै जीवनयापन गर्न बाध्य गरिब, दुःखी, असहाय बुबा–आमा, दाजुभाइ, दिदीबहिनीहरूको पीडा नजिकबाट महसुस गर्दै उनीहरूको साथमा उभिँदै आएको छौ।
भोक, अभाव र एक्लोपनसँग संघर्ष गरिरहेका ती अनुहारहरूमा सानो मुस्कान ल्याउने उद्देश्यले हामी निरन्तर निःशुल्क खाना खुवाउने सेवा गर्दै आएका छौँ। हाम्रो लागि यो अभियान देखावाका लागि होइन, साँचो मानवताको सेवा हो।
त्यसैगरी, गरिब, दुःखी र असहाय बिरामी बुबा–आमाहरूको उपचारका लागि अस्पतालसम्म पुर्‍याउने, आवश्यक उपचारमा सहयोग गर्ने तथा जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्ने कार्य पनि हामीले निरन्तर गर्दै आएका छौँ। विशेष गरी आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो सेवा अझ प्रभावकारी बनाउँदै अघि बढिरहेको छौ।
यसै मानवीय अभियानलाई अझ मजबुत बनाउन बिर्तासिटी हस्पिटल र केजिएफ बीच गरिब, दुःखी, असहाय तथा बिरामी बुबा–आमाहरूको उपचारमा निरन्तर सहकार्य रहनेछ। उपचार सेवा र सहयोगमा कुनै कमी नआओस् भन्ने प्रतिबद्धतासहित यो यात्रा अघि बढिरहेको छ।
आदरणीय गोपाल बस्नेत सरले गरिब–दुःखीहरूको लागि प्रत्येक महिना रु १०,००० सहयोग गर्दै आउनुभएकोमा आज दोस्रो किस्तास्वरूप पुनः रु १०,००० सहयोग प्रदान गर्नुभएको छ।
गोपाल बस्नेत सरप्रति केजिएफ परिवार हार्दिक आभार तथा सम्मान व्यक्त गर्दछौँ। 🙏
तपाईंले हेर्दै गर्नुभएको यी न्युज तथा सामग्रीहरूमार्फत पनि हाम्रो अभियानसँग जोडिन सक्नुहुन्छ।
सानो साथ, सानो सहयोगले कसैको जीवन बचाउन सक्छ।
Facebook: KGF News
YouTube: KGF News
TikTok: KGF News
आउनुहोस्, सबै मिलेर मानवताको यो अभियानलाई अझ मजबुत बनाऔँ। 🤝

महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच माइतीघरमा कुटाकुट                  काठमाडौँको माइतीघरमा एमाले सचिव महेश बस्नेतकी पत्न...
27/04/2026

महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच माइतीघरमा कुटाकुट
काठमाडौँको माइतीघरमा एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र आफूलाई बलात्कारपीडित बताउने शोभा पाठकबीच कुटाकुट भएको छ। पाठकले बस्नेतमाथि बलात्कारको मुद्दा दायर गरेपछि चुलिएको विवाद सडकमा झडपको रूपमा परिणत भएको हो। पाठक पूर्वगृहमन्त्री सुधन गुरुङको पुनर्बहाली माग गर्दै धर्ना बसेकी थिइन्। घटनापछि घाइते पाठकलाई वीर अस्पताल लगिएको छ भने कुटपिटमा संलग्न आरोपमा अम्बिका बस्नेतसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू हाल प्रहरी परिसर भद्रकालीमा छन्।

25/04/2026

आज बैशाख १२ गते, शनिबार—हामी बिगत लामो समयदेखि निरन्तर सडकमै रहेर मानव सेवामा जुटिरहेका छौँ।
KGF टिमले कुनै एकदिनको होइन, सधैं निरन्तर रूपमा गरिब, दुखी, असहाय तथा सडकमा जीवनयापन गरिरहेका बुबा–आमा, दाजुभाइ, दिदीबहिनीहरूको साथ दिँदै आएको छ।
आज पनि सोही निरन्तरताको भाग स्वरूप विभिन्न मन्दिरहरूमा पुगेर खीर खुवाका छौ।
हाम्रो लागि यो कार्यक्रम होइन, यो हाम्रो जिम्मेवारी हो—मानवता प्रति हाम्रो सच्चा प्रतिबद्धता हो।
सडकमै देखिएको पीडा, भोक र अभावले नै हामीलाई दिनहुँ अगाडि बढ्न सिकाएको छ।
हाम्रो सानो प्रयासले कसैको पेट भरियो भने, कसैको अनुहारमा मुस्कान आयो भने—त्यही नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो।
KGF टिम सधैं यस्तै सेवा र सहयोगमा निरन्तर लागिरहने छौ।

Address

Birta
57204

Website

Alerts

Be the first to know and let us send you an email when K.G.F News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share