श्री सुर्माभवानी कृषि सहकारी संस्था लि .अपिहिमाल - ४ दार्चुला

  • Home
  • श्री सुर्माभवानी कृषि सहकारी संस्था लि .अपिहिमाल - ४ दार्चुला

श्री सुर्माभवानी कृषि सहकारी संस्था लि .अपिहिमाल - ४ दार्चुला स्थानीय कृषकहरूको उत्पादन, आय, तथा जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले स्थापित !

"स्वस्थ बाख्रा, सफल किसान" भन्ने नारासहित राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत आयोजित ५ दिने बा...
14/06/2026

"स्वस्थ बाख्रा, सफल किसान" भन्ने नारासहित राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत आयोजित ५ दिने बाख्रा पालन सम्बन्धी तालिम कार्यक्रम श्री शुभभवानी कृषि सहकारी संस्था लिमिटेडका सचिव हरिस सिंह ठेकरे को सभापतित्व तथा अपिहिमाल गाउँपालिका वडा नं. ५ का वडा सदस्य सान्ती टमटा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा वडा नं. ५ वडा सचिव श्रीमती मेनुका उपाध्याय, अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन समितिका सदस्य श्री सोभान सिंह लोथ्याल, अपिहिमाल गाउँपालिकामा शिक्षा शाखामा कार्यरत श्री कमल सिंह रोकाया लगायतको विशेष उपस्थिति रहेको थियो। तालिममा प्रशिक्षकद्वय श्री लिलाधर जोशी र श्री राजेन्द्र टमटाले बाख्रा पालन सम्बन्धी व्यावहारिक तथा प्राविधिक ज्ञान प्रदान गर्नुभएको थियो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, प्रशिक्षक, सहभागी तथा सहयोगीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🐐🌱🙏

स्वस्थ बाख्रा, सफल किसानमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग, अपि हिमाल गाउँपालिकाको समन्वय तथा ...
11/06/2026

स्वस्थ बाख्रा, सफल किसान
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग, अपि हिमाल गाउँपालिकाको समन्वय तथा श्री सुर्मा भवानी कृषि सहकारी सस्था लि. को आयोजनामा सञ्चालित राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत ५ दिने बाख्रा पालन तालिम आज अपि हिमाल गाउँपालिका–५ मा वडा अध्यक्ष राजेन्द्र सिंह धामी ज्युको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको छ।
कार्यक्रमले स्थानीय महिला तथा कृषकहरूको आयआर्जन वृद्धि, सीप विकास र व्यवसायिक बाख्रापालन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। #स्वस्थबाख्रा_सफलकिसान #राष्ट्रपतिमहिलाउत्थान #बाख्रापालनतालिम #अपिहिमालगाउँपालिका #सुर्माभवानीकृषिसहकारी

कर्मचारी आवश्यता सम्बन्धि सूचना !!
28/12/2025

कर्मचारी आवश्यता सम्बन्धि सूचना !!

श्री सुर्मा भवानी कृषि सहकारी संस्था लि . का  अध्यक्ष श्री हरिस सिंह कार्की ज्यु को नेतृत्वमा आज मिति २०८२/०९/१० गतेको द...
25/12/2025

श्री सुर्मा भवानी कृषि सहकारी संस्था लि . का अध्यक्ष श्री हरिस सिंह कार्की ज्यु को नेतृत्वमा आज मिति २०८२/०९/१० गतेको दिन बैठक बसि विविध बिसयमा छ्लफल गरियो !!

26/08/2025

नेपाली हिन्दु नारिहरुको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घायु जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौ!!
श्री सुर्मा भवानी कृषि सहकारी संस्था लिमिटेड परिवार

अपिहिमाल गाउँपालिकाको आ.व. २०८१/०८२ को वार्षिक  स्वीकृत कार्यक्रम अन्तर्गत श्री सुर्मा भवानी कृषि सहकारी संस्था  लिमिटेड...
06/07/2025

अपिहिमाल गाउँपालिकाको आ.व. २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत श्री सुर्मा भवानी कृषि सहकारी संस्था लिमिटेड र श्री अपि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लाई एक -एक थान डेक्सट्प कम्प्युटर प्रदान गर्नु भएकोमा गाउँपालिका लाई दुवै सहकारीकाे तर्फबाट विशेष धन्यवाद !!

16/06/2025

श्री सुर्मा भवानी कृषि सहकारी संस्था लि. र श्री डो:लारी कृषि समूह को आयोजनामा अक्बरे खुर्सानी को मल्चिङ हालेर ब्याव्सायिक खेती को सुरुवाती गरिएको छ !! अपिहिमाल गाउँपालिका को वडा नम्बर ३ रज्जुडा मा !!

12/06/2025

श्री सुर्माभवानी कृषि सहकारी संस्था लि . को १० औं सधारण सभा तथा तेस्रो अधिबेशन को उद्घघाट्न गर्दै हार्दिक धन्यवाद कार्यपालिका सदस्य ज्यु हरुमा !!
मिति : २०८२ मंसिर २१ गते

Address


Website

Alerts

Be the first to know and let us send you an email when श्री सुर्माभवानी कृषि सहकारी संस्था लि .अपिहिमाल - ४ दार्चुला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Grocery Store?

Share