19/07/2025
°••~`छाता र नाता`~••°
छाता होस् या नाता,
दुवै त्यतिबेलै सम्झिन्छौँ,
जब बादल मडारिन्छन्,
अनि
पानी झरिरहन्छ —
एक तनमा, अर्को मनमा।
सधैं साथ छैनन्,
तर जब साथ चाहिन्छ,
त्यतिबेला मात्र खोजिन्छन्।
कहिले काँही लाग्छ —
छाता हरायो कि नाता?