नेपाली कम्युनिष्ट पार्टी , धनुषाधाम नगरकमिटि, धनुषा

  • Home
  • नेपाली कम्युनिष्ट पार्टी , धनुषाधाम नगरकमिटि, धनुषा

नेपाली कम्युनिष्ट पार्टी , धनुषाधाम नगरकमिटि, धनुषा Nothing

गणतन्त्र दिवस २०८३ को सबै शुभ चिन्तक , सुबेक्छुक तथा कमरेड लाई हार्दिक शुभकामना छ
29/05/2026

गणतन्त्र दिवस २०८३ को सबै शुभ चिन्तक , सुबेक्छुक तथा कमरेड लाई हार्दिक शुभकामना छ

23/03/2026
23/03/2026

जनकपुरमा मेयरले गर्न नसकेको काम जब प्रदेशका मन्त्रीले सडकमा ओर्लिएर गर्नुपर्छ, बुझ्नुस् अवस्था कतिसम्म अस्तव्यस्त थियो!

मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री फकिरा महतो आफैँ फिल्डमा खटिएर जनकपुरधामको रामानन्द चोक र जानकी मन्दिर वरपरका फुटपाथ खाली गराएका छन्। जनकपुरधाम उपमहानगरपालिकाले पटक-पटक आग्रह गर्दा पनि अटेर गरेर सडकपेटी कब्जा गर्ने व्यवसायीहरूलाई मन्त्रीकै नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरप्रहरी परिचालन गरेर हटाइएको छ।

तर, यसको भित्री अर्थ र वास्तविक खेल के हो?
हेर्दा यो एउटा सामान्य 'फुटपाथ खाली गराएको' समाचार जस्तो लाग्न सक्छ, तर यसले हाम्रा सत्ता र संरचनाका तीनवटा गम्भीर पाटा उजागर गर्छ:

👉 स्थानीय सरकारको निरीहता: सडकपेटी व्यवस्थापन गर्ने पहिलो दायित्व र अधिकार स्थानीय सरकार (उपमहानगरपालिका) को हो। तर, भोटको राजनीति र स्थानीय व्यापारीको दबाबका कारण मेयर र वडाध्यक्षहरू कठोर हुन सकेनन्। उपमहानगरले भन्दा नटेर्ने व्यापारीहरूले स्थानीय सरकारलाई कतिसम्म कमजोर ठानेका रहेछन् भन्ने यो ज्वलन्त उदाहरण हो।

👉 प्रदेश सरकारको 'प्रिजेन्स' खोज्ने दाउ: मधेस प्रदेश सरकारलाई सधैं 'अधिकार पाइएन' भन्ने गुनासो गर्ने तर 'डेलिभरी' दिन नसक्ने आरोप लाग्दै आएको छ। गृहमन्त्री आफैँ सडकमा आउनु भनेको प्रदेश सरकारले जनतासँग प्रत्यक्ष जोडिने 'एक्सन' देखाएर आफ्नो औचित्य प्रमाणित गर्न खोजेको रणनीतिक कदम पनि हो। यो देशभर फैलिएको 'बालेन प्रभाव' को मधेस संस्करण पनि हो, जहाँ नेताहरूलाई अब भाषणले मात्र पुग्दैन, सडकमा नतिजा देखाउनैपर्ने दबाब छ।

👉 नागरिक vs सिन्डिकेट: सडकपेटी पैदलयात्रीका लागि हो, पसल फिजाउन होइन। सर्वसाधारण सडकबाट हिँड्दा ज्यानको जोखिम मोल्नुपर्ने, अनि व्यापारीले सित्तैमा सडक कब्जा गरेर व्यापार गर्ने प्रवृत्ति लोकतन्त्र होइन, विशुद्ध सिन्डिकेट हो।

मन्त्री महतोको यो कदमले जनकपुरका आम नागरिकलाई ठूलो राहत दिएको छ। वाणिज्य संघ र चेम्बर अफ कमर्सलाई समेत विश्वासमा लिएर गरिएको यो अपरेसनले कानुनको शासन को झल्को दिएको छ।

तर, आम नागरिकको मनमा एउटै प्रश्न छ— के यो अभियान निरन्तर चल्ला कि दुई दिनको 'फोटो सेसन' मात्रै बनेर सेलाउला? सडकपेटी खाली गराउनु बहादुरी हो, तर त्यसलाई खाली नै राखिराख्नु सुशासनको असली परीक्षा हो। मन्त्रीज्यू, सुरुवात दमदार छ, अब निरन्तरताको प्रतीक्षा छ!

आज धनुषाधाम न पा नेपाली कम्युनिस्ट पार्टी ले जनयुद्ध का महान सहिद क अजबलाल यादव को २५औ स्मृतिमा आयोजना गरेको कार्यक्रम भ...
23/03/2026

आज धनुषाधाम न पा नेपाली कम्युनिस्ट पार्टी ले जनयुद्ध का महान सहिद क अजबलाल यादव को २५औ स्मृतिमा आयोजना गरेको कार्यक्रम भव्य सभ्य रुपमा सम्पन्न भएको छ सहभागीहुनु हुने सम्पूर्ण नेता तथा कार्यकर्ता हरूमा हार्दिक धन्यबाद छ।।सहिद को सपना अधुरो छ पुरा गर्न पार्टी र नेतृत्व गम्भीर हुन आग्रह ।फ़ेरि सहिद प्रति हार्दिक श्रद्धाञ्जली ।लाल सलाम

23/03/2026
22/03/2026

🚩 जनयुद्धका महान शहिद क. अजबलाल यादवको २५औँ स्मृति दिवस 🚩
जनयुद्धका महान शहिद क. अजबलाल यादवको २५औँ स्मृति दिवसको पावन अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न आयोजित स्मृति सभामा सहभागी भई सम्मान प्रकट गरिदिन सम्पूर्ण आदरणीय नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक मित्रहरूमा हार्दिक निमन्त्रणा गर्दछौं। 🌹
📍 स्थान: धनुषाधाम, हनुमान मन्दिरको हल
🕗 समय: बिहान ८:०० बजे
उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा आदरणीय नेता माननीय कमरेड मातृकाप्रसाद यादवज्यूको विशेष उपस्थिति रहनेछ।
आउनुहोस्, अमर शहिदको बलिदान सम्झेर उहाँले देखाएको परिवर्तनको बाटोलाई अघि बढाउने संकल्प गरौं। 🚩
अमर शहिद क. अजबलाल यादव अमर रहून्!

Congratulations 🎉👏🎉
18/03/2026

Congratulations 🎉👏🎉

13/03/2026

हिजो भ्रम फैलिने गरि भएको अदालती आदेश दिने माननीय न्यायधिशकै इजलासमा सुनुवाई हुने भए पश्चात् स्वार्थ बाझिने हुँदा मुद्दाको पेसी आइतवारलाई सरेको छ ।

Address

Janakpur Nepal

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली कम्युनिष्ट पार्टी , धनुषाधाम नगरकमिटि, धनुषा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Grocery Store?

Share