माटो देखि बजार सम्म

माटो देखि बजार सम्म माटो देखि बजार सम्म ! Ram krishna pokhrel🙏

14/05/2026

हातमा धन नभए के भो ?
देश धनी बनाउने मन छ !
आफ्नो भोको पेटलाई सम्झाएर माटोमा सपना रोप्ने
योग कुमारि घिमिरे, राजु घिमिरे र राधा घिमिरे ज्युको
पसिनाले नै देशको भोक मेटिएको छ ।
उहाँहरू प्रति उच्च सम्मान ।
माटोदेखि बजारसम्म Ep 7 भाग 1 #धन्यवाद

13/05/2026
29/04/2026

पसिनाको मूल्य कति ? किसानको साँचो कथा | माटोदेखि बजारसम्म Ep 1 # किसान नेपाल
* agriculture nepal
* farmer story
* nepali vlog
* krishi nepal
कृषक आदरणीय बा छबिलाल घिमिरेज्यूप्रति उच्चतम सम्मान व्यक्त गर्दछु।
उहाँजस्ता माटोमा पसिना बगाउने हातहरूकै बलमा देश उभिएको छ !
त्यसैले उहाँ केवल एक किसान होइन, राष्ट्र निर्माणका वास्तविक स्तम्भ हुनुहुन्छ। 🙏 #धन्यवाद #किसानजीवन

29/04/2026

कृषक आदरणीय भाउजु सुसिला घिमिरेज्यूप्रति उच्चतम सम्मान ,
उहाँजस्ता माटोसँग जुध्ने हातकै बलमा देश टिकेको छ। 🙏 #किसान #किसानजीवन #नमस्कार

24/04/2026

“कृषि प्रधान हाम्रो देश नेपाल”
जबसम्म माटोलाई सम्मान हुँदैन,
न देश बदलिन्छ, न भविष्य बन्छ!
सरकार फेरिन सक्छ
तर देशको अनुहार बदलिँदैन !

28/01/2026

नयाँ,पुरानो भन्ने कुरा धेरैजसो भ्रम मात्र हो।
दुधले नुहाएको कोही हुँदैन।
पुरानो चोर नयाँ पार्टीमा गएर सज्जन हुँदैन।
आफूले पाएको जिम्मेवारी
सबैले इमानदारीका साथ निभाउने हो भने
देश बन्छ !नारा बदल्दैमा देश बन्दैन !
देशको चिन्ता गर्नु धर्म हो,
तर यहाँ अक्सर
मान्छेहरू आफ्नो घर
घर न घाटको बनाइदिन्छन्
र देशको चिन्ता गरेको अभिनय गर्छन्।
बोल्छन्, देखाउँछन्,
सही,गलत छुट्याएको जस्तो गर्छन्
तर जिम्मेवारी लिँदैनन्।
देश बनाउने वास्तविक ग्यारेन्टी तब मात्र हुन्छ जब
कामको स्पष्ट योजना हुन्छ,
समयसहितको प्रतिबद्धता हुन्छ,
सार्वजनिक निगरानी हुन्छ,
र असफल भए
जिम्मेवारी छोड्ने संस्कार स्थापित हुन्छ।
जनता उल्लु बन्ने कारण भाग्य होइन,
जवाफदेही सिस्टमको अभाव हो।
ग्यारेन्टी शब्दले होइन,
काम र जवाफदेहिताले दिन्छ।
तेसैले देश बनाउने जिम्मा कांग्रेसलाई दिनुहोस
बहुमतको सरकार बनाऔँ !
सरकारलाई देश बनाउने काम लगाऔं !
फागुन २१ रुख चिन्हमा सबै मिलि छाप लगाऔँ ॥

15/10/2025

बलेको आगो ताप्नेहरू हो,
एक दिन दाउरा सकिन्छ।
त्यो दिन सेन्डो लगाएको जिउ काँप्नेछ,
शीत लहरले संसार ढाक्नेछ। जब तिमी हात फैलाएर ताप्दैछौ,
थोरै समय निकाल,
दाउरा बटुल्न सिक।
जीवनको आगो
बलेको मात्र होइन, आफैंले बालेर ताप |

Address

काभ्रेपलान्चोक
Dhulikhel

Website

Alerts

Be the first to know and let us send you an email when माटो देखि बजार सम्म posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category