30/04/2025
छोरा-बुहारी आफ्नो बेडरुम मा कुरा गरिरहेका थिए । ढोका खुल्ला भएको कारणले बाहिर रुम मा बसेकी आमाले पनि सुनिरहेकी थिइन् ।
छोरा -" आफ्नो नोकरीको कारण हामीले आमाको ध्यान राख्न सक्दैनौ , आमाको हेरचाह कसले गर्छ ? बरु वृद्धआश्रम मा भर्ना गरिदिने कि , त्यहा आमालाई हेरचाह पनि हुन्छ र कहिले काहीँ हामी पनि भेट्न गइरहन्छौ ।
छोराको भनाइ सुनेर बुहारीे ले जे भनिन् त्यो कुरा सुनेर आमाको आँखा बाट आँसु रोकिएन ।
बुहारी -" पैसा कमाउन को लागि त पुरै जिन्दगी अगाडि छ , तर आमाको आशिर्वाद जति नै पाएपनी त्यो कम पर्छ । उनको लागि पैसा भन्दा धेरै महत्वपुर्ण कुरा हाम्रो माया , र साथ को छ । यदि मैले नोकरी गरिन भने पनि कुनै अधिक नोक्सान हुदैन ।
म आमाको साथ मा हुन्छु
घरमा ट्युसन पढाउछु ,
यसबाट आमाको हेरचाह पनि हुन्छ र केही आम्दानी पनि भइहाल्छ । याद गर्नुस वचपन मा तपाइको पिता बित्नुभयो र घरेलु कामधाम गरेर तपाइको आमाले तपाइलाई पालनपोषन गर्नुभयो , तपाइलाई पढाउनुभयो , लेखाउनुभयो , क्षमतावान बनाउनुभयो,
तब उनले कहिल्यै छिमेकी को घर मा पनि छोड्नुभएन यो सोचेर कि तपाइको हेरचाह कोहि अरुले राम्रोसित गर्न सक्दैन भनेर , र तपाइले आज यस्तो भनिरहनुभएको छ कि उहालाई वृद्धआश्रम लगेर भर्ना गरिदिउ ,
तपाइले जेसुकै भन्नुस तर आमा हमेशा हामीसितै रहनुहुनेछ , हमेशा हामीसँगै ।
बुहारीको कुरा सुनेर आमा रुन थाल्छिन र रुदै रुदै पुजा कोठामा पुग्छिन् , ईश्वरको सामने मा उभिएर आमाले भगवानलाई आभार व्यक्त गर्छिन र भन्छिन -" भगवान तपाइले मलाइ छोरी दिनुभएन यहि कारणले कयौपटक तपाइलाई राम्रो-नराम्रो भनिरहन्थे तर यस्तो भाग्यलक्ष्मी दिनुभयो तपाइलाइ आभार कसरी व्यक्त गरु , ?"
यस्तो बुहारी पाएर त मेरो जीवन धन्य र सफल भयो प्रभु !
छोरीहरुलाई यस्तो सँस्कार अवस्य दिनुस ।