Radiography MCQ

  • Home
  • Radiography MCQ

Radiography MCQ Page : RADIOGRAPHY MCQ☠️

  PSC radiographer 5th level 2082/04/07
24/07/2025

PSC radiographer 5th level
2082/04/07

10/07/2025

गुरू पुर्णिमाको उपलक्ष्यमा ज्ञान दिनुहुने, मार्गदर्शन गर्नुहुने र सँधै प्रेमको सागरले करूणा दृश्यबाट हरेकलाइ अज्ञानता बाट ज्ञानको मार्गमा अगि बढ्न प्रेरित गर्नुहुने सम्पूर्ण गुरूहरूमा हार्दिक नमन साथै प्रणाम ।

गुरू पुर्णिमाको हार्दिक मंगलमय शुभकामना🙏❤️ ।।

karnali PSC 5th level radiographer paper 2082  # Dal Bahadur Rawat RC Dal  Radiography MCQ Radiography technique x ray t...
05/07/2025

karnali PSC 5th level radiographer paper 2082

# Dal Bahadur Rawat RC Dal Radiography MCQ Radiography technique x ray tips Radiography Lok Sewa Prep X RAY Basic view patients fractures &injuries Ctevt medical student's loksewa vacancy Ctevt loksewa vacancy medical students

27/03/2025
23/03/2025

भाचिएको हड्डी कति समय मा जोडिन्छ ?..

र हड्डी पलाउन कहिले देखि सुरु गर्छ ।.....✍️

के तपाईलाई थाहाँ छ, भाँचिएको हड्डी जोडिन कति समय लाग्छ होला । भाँचिएको हड्डी कहिलेदेखि पालाउन थाल्छ होला । के खायो भने हड्डी चाडै जोडिन्छ होला । यि र यस्तै जिज्ञासाहरु मेटाउने प्रयास मैले यो लेखमा गरेको छु । हड्डी भाँचिएपछि त्यसलाई पुनः मिलाउन प्लास्टर वा शल्यक्रिया सर्जरीमार्फत रड, पाता स्क्रूवा अन्य धातु प्रयोग गरिन्छ । जसले हड्डीलाई सही ठाउँमा स्थिर राख्न मदत गर्छ । तर वास्तविक रूपमा हड्डी जुड्ने प्रक्रिया शरीरले नै गर्छ। हड्डी जुड्नको लागि शरीरले नयाँ हड्डी (Bone tissue) बनाउछ । जसलाई Bone Healing भनिन्छ। यसलाई प्रभावकारी बनाउन निम्न कुराहरू आवश्यक हुन्छनः

क्याल्सयमयुक्त आहार – दूध, चीज, दही, हरियो सागसब्जी, बादाम आदि।
भिटामिन D – घामको किरण वा सप्लिमेन्टबाट प्राप्त गर्न सकिन्छ।
प्रोटिनयुक्त आहार – मासु, गेडागुडी, अण्डा, सोयाबिन आदि।
हड्डी मजबुत बनाउने अन्य तत्वहरू – म्याग्नेसियम, जिंक, फस्फोरस, भिटामिन K आदि।
सही जीवनशैली – धूम्रपान, अत्यधिक मदिरा सेवनजस्ता हानिकारक बानी त्याग्नुपर्छ।
डाक्टरको सल्लाहअनुसार क्याल्सियम र भिटामिन D को सप्लिमेन्ट लिनु ।
यदि हड्डी लामो समयसम्म नजोडिएमा (non-unionfracture) भनिन्छ र डाक्टरले पुनः शल्यक्रिया गरेर बोन ग्राफ्ट (Bone Graft) गर्ने वा अन्य उपाय अपनाउने गर्छन्। रड र पाता भनेको हड्डी जोड्ने माध्यम मात्र हो, तर हड्डीको प्राकृतिक निको हुने क्षमता शरीरमै निर्भर गर्छ। हड्डी जोडिने प्रक्रिया स्वाभाविक रूपमा शरीरले नै गर्छ । रड वा प्लास्टर त केवल समर्थनका लागि मात्र हो। हड्डी बलियोसँग जुडियोस् भनेर सही जीवनशैली अपनाउनु आवश्यक छ।

हड्डी चॉडो र मजबुत रूपमा जुड्न के गर्ने

क्याल्सियमयुक्त खानपान – दूध, दही, चीज, हरियो सागसब्जी, बदाम, तिल खाने ।
प्रोटिनयुक्त खाना – अण्डा, मासु, माछा, गेडागुडी खाने ।
भिटामिन D- बिहानको घाममा बस्ने, भिटामिन युक्त खाना (माछा, अण्डा) खाने ।
धूम्रपान र मध्यपानबाट टाढा रहने – यसले रक्तसञ्चारलाई कमजोर पार्छ र हड्डी पलाउन गाह्रो पार्छ ।
नियमित हल्का व्यायाम गर्ने – नियमित हल्का व्यायाम गर्दा रगत सञ्चार राम्रो भएर हड्डी बलियो बन्छ ।
यदि हड्डी जुड्न गाह्रो भयो भने, डाक्टरको सल्लाहअनुसार बोन ग्राफ्ट वा अन्य उपचार गर्नुपर्छ। अहिले मानिसको दैनिकी निकै नै व्यस्त छ। दैनिक काम गर्दाखेरी एक ठाउँबाट अको ठाउँ जाँदा सवारी साधनको प्रयोग अत्याधिक बढेको छ। पशुचौपायलाई घाँसपात गर्दाखेरी रुखमा चढेर घाँस काटने गरिन्छ । जसले गर्दा कहिलेकाहीं लडेर हड्डी भाचिने गर्छ। बच्चाबच्चीहरु विद्यालय जादा आउँदा पनि चोटपटक लागेर हड्डी भाँचिने डर हुन्छ ।

सुर्खेतस्थित कर्णाली केयर इन्टरनेसनल अस्तपालको तथ्याङक अनुसार प्रत्येक दिन गाडी र मोटरसाइकल दुर्घटनामा परी चोटपटक लागेर आउनेको (RTA) संख्या ३ देखि ५ जना, रुख, भीरबाट र बाटोमा चिप्लेर तथा घरमा लडेर आउनेको सड्ख्या २ देखि ३, कुटपिटबाट चोटपटक लागेर आउनेको संख्या १ देखि २ जना, खेल खेल्दाखेरी लडेर आउनेको संख्या १ देखि २ जना रहेको छ ।

यो तथ्यांकले व्यस्त जीवनशैली, बददो यातायात र दैनिक क्रियाकलापसँग सम्बन्धित जोखिमलाई उजागर गर्छ। खासगरी, कर्णाली क्षेत्रजस्तो दुर्गम ठाउँमा यस्ता घटनाहरू प्रायः हुने गर्छन् ।

जोखिम न्यूनिकरण गर्ने उपायहरु

सवारी वा अन्य दुर्घटनाबाट हुने क्षेतीलाई न्यूनीकरण गर्न निम्न उपाय अपनाउन सकिन्छ ।

यातायात सुरक्षामा सुधार: हेल्मेट, सिटबेल्टको प्रयोग, गति नियन्त्रण, र ट्राफिक नियम पालनामा कडाइ ।

काम गर्ने क्रममा सुरक्षा सावधानी: उचाइमा काम गर्दा सुरक्षा बेल्टको प्रयोग ।

घरभित्र र बाहिर सुरक्षित संरचना: भरपर्दो भन्याङ घरभित्र लड्न नदिने उपाय, विद्यालयमा सुरक्षित खेल मैदान ।

सामाजेक सचेतना: कुटपिट रोक्न कानुनी कडाइ र समुदायमा सचेतना अभियान यस्ता घटनाहरू रोक्न सरकारले, समुदायले र व्यक्तिगत रूपमा चनाखो भएर काम गर्नुपर्छ।

भाँचिएको हड्डी (fracture) निको हुने प्रक्रिया साधारणतः चार चरणमा बाँडिन्छ:

सूजन चरण (Inflammatory Phase) – १ देखि ७ दिन चोटपछि रक्तस्राव हुन्छ, र हड्डी वरपरको क्षेत्रमा रगतको जमिन (hematoma) बन्छ। शरीरले घाउ निको पार्न सेतो रक्तकोष (white blood cells) पठाउँछ।
नरम टालो बनाउने चरण (Soft Callus Formation) १ देखि ३ हप्ता शरीरले कलेजेन (collagen) उत्पादन गर्न थाल्छ, जसले हड्डीको टुक्राहरूलाई जोगाउन मद्दत गर्छ।
कार्टिलेज (cartilage) जस्तो नरम टालो (soft callus) बनिन्छ। कडा टालो बनाउने चरण (Hard Callus Formation) ३ हप्ता देखि २ महिनामा नरम टालो विस्तारै कडा हाड (hard bone) मा परिवर्तन हुन थाल्छ। हड्डी बलियो हुन थाल्छ, तर पूरै बलियो हुन अझै समय लाग्छ।
हड्डी पुनर्निर्माण चरण (Bone Remodeling) २ महिना देखि १ वर्ष शरीरले पुरानो हाडलाई हटाएर नयाँ बलियो हाड बनाउँछ। हड्डी आफ्नो पुरानो स्वरूपमा फर्कन्छ।
हड्डी पलाउन कहिलेदेखि सुरु गर्छ ।

हड्डी पलाउने (regeneration) प्रक्रिया चोट लागेपछि झण्डै एक हप्ताभित्र सुरु हुन्छ। पहिलो तीन हप्ताभित्र नै नरम टालो (soft callus) बन्न थाल्छ । अनि ३-४ हप्ताभित्र नयाँ हड्डी पलाउन सुरु हुन्छ । तर, हड्डी पूर्ण रूपमा बलियो हुन ६ महिना देखि १ वर्ष लाग्न सक्छ । विशेष गरी ठूला हड्डीहरू (जस्तै फेमर, टिबिया) भाँचिएको अवस्थामा पूर्ण रूपमा बलियो हुन ६ महिना देखि १ वर्ष लाग्न सक्छ ।

छिटो निको पार्ने उपायहरू:

क्याल्सियम, भिटामिन डी, प्रोटीनयुक्त खाना खाने ।
डाक्टरको सल्लाहअनुसार हड्डीलाई चलाउने वा आराम दिने।
धूम्रपान र मदिरा सेवन नगर्ने (यसले हड्डी निको हुन ढिला गराउँछ)।
आवश्यक परेमा फिजियोथेरापी गर्ने ।
( डा‍‍क्टर कँडेल हाडजोर्नी तथा नसारोग विशेषज्ञ )

  .. # Radiography MCQ X RAY Basic view patients fractures &injuries Radiography technique x ray tips Mcq radiographer R...
13/03/2025

..

# Radiography MCQ X RAY Basic view patients fractures &injuries Radiography technique x ray tips Mcq radiographer RC Dal Dal Bahadur Rawat Ctevt loksewa vacancy medical students

  medical tips.... # Radiography MCQ X RAY Basic view patients fractures &injuries Radiography technique x ray tips Dal ...
06/03/2025

medical tips....

# Radiography MCQ X RAY Basic view patients fractures &injuries Radiography technique x ray tips Dal Bahadur Rawat RC Dal Mcq radiographer

21/02/2025
PSC Lumbini 4th level syllabusडार्करुम असिष्टेसन खुला प्रतियोगितात्मक परिक्षाको पाठ्यक्रम ।। # X RAY Basic view patients...
05/02/2025

PSC Lumbini 4th level syllabus
डार्करुम असिष्टेसन खुला प्रतियोगितात्मक परिक्षाको पाठ्यक्रम ।।

# X RAY Basic view patients fractures &injuries Radiography MCQ Radiography technique x ray tips Dal Bahadur Rawat
# Mcq radiographer RC Dal

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरूको लागि न्यूनतम पारिश्रमिक तोकेको भए पनि केही स्वास्थ्य ...
14/12/2024

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरूको लागि न्यूनतम पारिश्रमिक तोकेको भए पनि केही स्वास्थ्य संस्थाहरूले आफ्ना स्वास्थ्यकर्मीहरू, विशेषगरी नर्सहरूलाई उक्त पारिश्रमिक उपलब्ध नगराएको गुनासो आएको छ।
स्वास्थ्यकर्मीहरूलाई तोकिएको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनु र स्वयंसेवकका रूपमा काम नलगाउनु भन्ने निर्णय नेपाल सरकारबाट भएकोले यस मन्त्रालय सबै सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई उक्त निर्णयको पालना गर्न गराउन र सोको कार्यान्वयनबारे जानकारी मन्त्रालयलाई उपलब्ध गराउन अनुरोध गर्दछ ।
यदि स्वास्थ्य संस्थाहरूले नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नर्सहरूलाई उपलब्ध नगराएको वा श्रम शोषण गरेको थाहा भएमा यस मन्त्रालयलाई WhatsApp/Viber नम्बर: ९८५१३३०५९२, फेसबुक र एक्स (ट्विटर): र इमेल: [email protected] मा गुनासो तथा जानकारी उपलब्ध गराउन अनुरोध गरिन्छ । साथै गुनासो तथा सूचना सोझै मन्त्रालयमा वा हुलाकमार्फत पनि पठाउन सकिने व्यवस्था मिलाइएको जानकारी गराइन्छ।
तपाईंको सहकार्यले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन मद्दत पुग्नेछ।

# X RAY Basic view patients fractures &injuries Dal Bahadur Rawat Radiography technique x ray tips Radiography MCQ
# Mcq radiographer

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Radiography MCQ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radiography MCQ:

  • Want your business to be the top-listed Grocery Store?

Share