NAP Nepal

NAP Nepal We provide organic products from all over Nepal.

16/03/2024

Akabare

02/03/2024

किनभने, गुमेको धन फिर्ता पाएपछि केहि न केहि काम मा खर्च भएर सकिन्छ। तर लामो समयसम्म बिरामी भएर पनि अन्त्यमा, स्वास्थ्य फ...
17/02/2024

किनभने, गुमेको धन फिर्ता पाएपछि केहि न केहि काम मा खर्च भएर सकिन्छ। तर लामो समयसम्म बिरामी भएर पनि अन्त्यमा, स्वास्थ्य फिर्ता पाएपछि भने "आफुलाई धेरै गर्न लागेको अर्थपूर्ण कामहरु" सुरु गर्ने प्रेरणा मिल्छ । जसले जीबनमा हर्षको नयाँ रङ्ग थपिदिन्छ।। तर गुमेको फिर्ता पाउनु भन्दा अझै राम्रो त गुम्-नै नदिनु हो। आफुलाई स्वास्थ्य प्रति सचेत र खानपिनमा सुधार गरेर लानु हो।

“खोज्नेले जहिल्यै अवसर खोज्छ, नखोज्नेले जहिल्यै आराम रोज्छ” भन्नु हुन्थ्यो मेरो बुबाले। मैले “पसल” सुरु गर्नु अघि घरमा:“...
24/01/2024

“खोज्नेले जहिल्यै अवसर खोज्छ, नखोज्नेले जहिल्यै आराम रोज्छ” भन्नु हुन्थ्यो मेरो बुबाले।
मैले “पसल” सुरु गर्नु अघि घरमा:
“छल” गरेर राम्रो “फल” पाइदैन तर “छलफल” गरेर भने एउटा राम्रो निष्कर्षमा पुग्न सकिएला भनेर घरमा, “सल्लाह” गरेको बढि बढि “हल्ला” मात्र भयो । असहमति, “Job गर्दा गर्दै, किन अर्को टाउको दुखाउनु। सानो तिनो चलिराकै छ, यो भन्दा ठुलो नगरौं” भन्ने ।
मैले गर्न खोजेको खासै ठुलो काम होइन - एकदम सानो तर कठिन काम हो।
जस्तै: धेरैलाई थाहा छ: “चिनीले असर गर्छ। ग्रीन टि मा बानि गर्दा, धेरै हेल्थ बेनिफिट्सहरु पाइन्छ” भन्ने। तर पनि, धेरैले - "गुलियो नभाको पनि चिया हुन्छ र?" भन्नुहुन्छ। ४-५ वर्ष पछि, त्यहि मान्छे "चिनी नहालेको चिया ल्याउ, मैले चिनी छोडिसके" भन्दै हिडेको देख्छु। आखिर पहिल्यै सुधार गर्नु भएको भए स्वास्थ्य पनि राम्रो हुन्थ्यो। चिनी पनि जिन्दगीभर छोड्न पर्दैन थियो। हो, मैले यो पेज मार्फत बारम्बार यहि कुरा सम्झाइरहने काम गर्छु।
अनि अरु – “खानेकुरा खानु अघि सोचेर, स्वास्थ्यप्रति सजग भएर खाने गरौँ। त्यसले पार्न सक्ने दिर्घकालिन असर प्रति सचेत भएर खाऔँ। नियमित ब्यायाम गरौँ। स्वास्थ्य जिबन बाचौं।“
त्यसको लागी एक्सरसाइज तपाई आफैले गर्नु पर्छ। हेल्दि, र अर्गानिक खानेकुरा, मैले उपलब्ध गराउने प्रयास गरेको छु। आउनुहोला।

आशा छ, एकदिन मैले सोचे जस्तै भबिष्य हुनेछ। हेल्दी खाने, ब्यायाम गर्ने हाम्रो समूह अहिले भए भन्दा ठुलो हुनेछ। अनि हाम्रो भेट, हस्पिटलमा नभै, एक्सरसाइज गर्दा गर्दै कुनै एक पार्क तिर हुनेछ।
बुबाले अर्को कुरा "ब्यापार: कि वार, कि पार" भन्नु हुन्थ्यो तर गलत भन्नु भो जस्तो लाग्छ।

“ब्यापार: थोरै दिन रमाइलो, अनि सधै सधैको दिक्दार” पनि भन्नु पर्ने थियो।
किनकि, कति धेरै मेहेनत गर्यो, सामान प्रयोग गर्नु भएको ग्राहकहरुले “राम्रो लाइ राम्रो – नराम्रोमा सुधार” भन्नुहुन्छ। तर किन्ने इच्छा एकरत्ति पनि नहुनेहरु भने; सिधै फटाह, लुटेरा भनेर फैसला नै गरीदिने फेसन चलेको छ। हो यो बेला भने दिक्क नै लाग्छ।तर पनि, तपाई हाम्रो स्वास्थ्यमा सुधार गर्नु छ - अझै अघि बढ्नु छ। त्यसैले बढ्ने अघि नै हो - र हो, मैले खोजेको अवसर पनि।

NAPNEPAL स्टोर
पुरानो बानेश्वर बिजय चोक नजिकै, काठमाण्डौ
फोन : ९८०३५२०४०४

हो छेक्छ नि। बच्चै देखि सुनेको "खाने मुखलाई जुँगा ले छेक्दैन" । तर यहाँ, कुरा आयो -"खाने मुखलाई ग्रीन टि ले छेक्छ" भन्ने...
10/01/2024

हो छेक्छ नि।
बच्चै देखि सुनेको "खाने मुखलाई जुँगा ले छेक्दैन" ।
तर यहाँ, कुरा आयो -"खाने मुखलाई ग्रीन टि ले छेक्छ" भन्ने",
हामी नेपालिको अलि फरक फरक अनुहार भए पनि, समानता भनेको: हामीलाई
उठेर राम्रो संग आँखा मिचिनसकी, गुलियो चियाको तलतल लाग्छ। चिया खायो, ब्रेड, दुनोट, र बिस्कुट पनि संगै चाहिन्छ। सब खायो, शरीरमा Carbohydrate धेरै भै'हाल्छ।
डाक्टरले मिठो, गुलियो, र फास्ट फुड खाने बनि control गर्नु भनेको छ तर हामीलाई त्यहि नभई हुदैन तर
Green Tea, तातो पानि संग मात्र खाइने भएकोले अरु केहि पनि खाइदैन।
तपाइलाइ लाग्छ त "ग्रीन टि को कपमा दुनोट चोबेर खानु हुन्छ, या ब्रेड खानु हुन्छ। अझ ग्रीन टि संगै चुरोट तान्नु होला भन्ने?
अनि छेकेन त ग्रीन टि ले दुनोट, बिस्कुट, चिनी हालेको चिया खाने मुखलाई?
अझ शरीरलाई पनि राम्रो। डाइट बेभरेज को पनि काम गर्ने, र कार्बोहाइडेट consumption पनि Balance गर्न मद्धत हुने।
यो शरीरमा sugar level control गर्नु पर्ने बिरामीको लागी त धेरै ठुलो बरदान नै साबित हुन्छ।
त्यहि भएर हो भनेको हो, "दुनोट, चिनी, बिस्कुट, खान मन लाग्ने तपाई हाम्रो मुखलाई; Green Tea ले छेक्छ"।
राम्रो मुनाबाट carefully processed गरेको ग्रीन टि मा, प्रशस्त मात्रामा Antioxidant, L -Theanine बचेको हुन्छ। जसले Stress कम गर्ने, शरीरलाई हानि गर्ने तत्वलाई नष्ट गर्ने र शरीरको स्वास्थ्यलाइ पनि राम्रो बनाउन Help गर्छ।
र Highest Quality को इलामको अर्गानिक Green Tea Nap Nepal मा नै पाइन्छ।

NAPNEPAL स्टोर
पुरानो बानेश्वर बिजय चोक नजिकै, काठमाण्डौ
फोन : 9803520404 or 9841400954

 ाडो
23/12/2023

ाडो

पिरोको लागी मात्र चाहिं, म अकबरे खान्न,अकबरेको स्वादको लागी, मैले अकबरे खाने हो" - भन्नु हुन्छ, दाइ - सबै खुर्सानी पिरै ...
20/12/2023

पिरोको लागी मात्र चाहिं, म अकबरे खान्न,
अकबरेको स्वादको लागी, मैले अकबरे खाने हो" - भन्नु हुन्छ, दाइ

- सबै खुर्सानी पिरै त हुन्छ नि, अरु चैं गुलियो हुने हो र? आ… मलाइ त "जुन" भएनी
हुन्छ। - मैले भनें ।

- यो "जुन" र "घाम" को कुरा छोड केटा। गुलियो हुन्छ भन्दैमा, तँ सधैँ चिनी नै त खादैनस नि? आँप खाएर, सुन्तलाको स्वाद त आउदैन होला। कि अब देखि - स्याउ, सुन्तला माग्दा, यो पनि गुलियै छ भन्दै - बट्टा बाट चिनी झिकेर दिउँ त म? - दाइले भन्नु भयो,

- ह्या दाइ पनि, यो खुर्सानी को कुरा गर्दा गर्दै काँ को, स्याउ, सुन्तला, आँप, केरा तिर कुरा पुर्याउनु भा'हो। तपाइलाइ जे-जे मन लाग्छ त्यहि खानु। - मैले भने,

- भन्दा पत्याउदैनस होला "यो अघिल्लो वर्ष ल्याको सुकेको अकबरे, अझ सम्म खाँदै छौं। अब चाहिं नयाँ बट्टा खोल्ने बेला भा'छ। तेरो भाउजु र मलाइ त, अकबरे न'भै त, खानै रुच्दैन - दाइले भन्नु भयो,

- ए, ल ल दाइ, मैले सुने। जे सुकै खाउ, म गए" भनेर निस्किए। तर पनि मलाइ चित्त नबुझेको कुरो, "हैन, अकबरेको चाहिं तेती बेग्लै स्वाद हुने रैछ र ?
भन्दै हाम्रो स्टोरमा त्यो भाइ, ( Dried ) अकबरेको स्वाद चाख्छु भन्दै, लिन आउनु भाको थियो ]

अकबरेकै स्वाद मन पर्नेमा, तपाइ पनि पर्नु हुन्छ भने; NAPNEPAL स्टोरबाट, इलामको (भारमा सुकाको) अकबरे खुर्सानी लिन सक्नु हुन्छ वा online order गर्न सक्नुहुन्छ । र अकबरेको असली स्वाद लिन सक्नुहुन्छ।

* मूल्य र थप जानकारीको लागि send message मा click गर्नुहोला।

NAPNEPAL स्टोर
पुरानो बानेश्वर बिजय चोक नजिकै, काठमाण्डौ
फोन : ९८०३५२०४०४

For Natural processed quality Green tea NAPNEPAL स्टोर पुरानो बानेश्वर बिजय चोक नजिकै, काठमाण्डौ फोन : 9803520404 or 984...
09/12/2023

For Natural processed quality Green tea
NAPNEPAL स्टोर
पुरानो बानेश्वर बिजय चोक नजिकै, काठमाण्डौ
फोन : 9803520404 or 9841400954

🤺💪
26/11/2023

🤺💪

Address

पुरानो बानेश्वर बिजय चोक नजिकै

44600

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779803520404

Website

Alerts

Be the first to know and let us send you an email when NAP Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NAP Nepal:

  • Want your business to be the top-listed Grocery Store?

Share