दोलखा दर्पण/Dolakha Darpan.news.

दोलखा दर्पण/Dolakha Darpan.news. "वर्षौंदेखि समाजमा लुकेका अदेखा सत्यहरू अब दोलखा दर्पण न्यूज,मार्फत जनताको दृष्टिको दर्पणमा उजागर हुनेछन्।"

नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीको सातौँ प्रस्तुति ‘तीज विशेष कार्यक्रम–२०२६’ आयोजना हुने ।।।सुलेमानी, कुर्दिस्तान...
20/08/2026

नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीको सातौँ प्रस्तुति ‘तीज विशेष कार्यक्रम–२०२६’ आयोजना हुने ।।।

सुलेमानी, कुर्दिस्तान इराक — नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीले हरितालिका तीजको अवसरमा ‘तीज विशेष कार्यक्रम–२०२६’ आयोजना गर्ने भएको छ।

‘नेपाली महिला समाजको भावना, हरेक सुख–दुःखमा एकता गर्ने चाहना’ भन्ने मूल नारासहित सन् २०१७ मा स्थापित यस संस्थाले प्रवासमा नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको छ। सोही निरन्तरतामा समाजले आफ्नो सातौँ प्रस्तुतिका रूपमा यस वर्ष पनि तीज विशेष कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रम ११ सेप्टेम्बर २०२६ शुक्रबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सुलेमानीस्थित नेपाली रेस्टुरेन्ट एण्ड बारमा आयोजना हुने आयोजकले जनाएको छ।

नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीकी महासचिव माया स्याङतान तामाङले प्रवासमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष तीजलगायत विभिन्न नेपाली चाडपर्वका विशेष कार्यक्रम आयोजना गर्दै आएको बताइन्। उनका अनुसार यस्ता कार्यक्रमले नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा बढाउन सहयोग पुग्नुका साथै नयाँ पुस्तालाई आफ्नो भाषा, कला, संस्कृति र परम्पराबारे बुझ्न तथा त्यससँग जोडिन महत्वपूर्ण भूमिका खेल्नेछ।

कार्यक्रममा स्थानीय कलाकारहरूको सांस्कृतिक तथा सांगीतिक प्रस्तुति, तीजका गीत–संगीतसहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ।

कुर्दिस्तानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा–बुवा, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, बुद्धिजीवी, कलाकार, व्यवसायी तथा सञ्चारकर्मीलाई कार्यक्रममा उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रम नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीकी अध्यक्ष जेसिका बम्जनको अध्यक्षतामा हुने जानकारी दिइएको छ। कार्यक्रमको संयोजन कोषाध्यक्ष सृष्टि शेर्पाले गर्ने तथा कार्यक्रम सञ्चालिका महासचिव माया स्याङतान तामाङले गर्ने आयोजकले जनाएको छ।

नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीको आयोजनामा हुन लागेको यस कार्यक्रमले प्रवासमा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

#संवाददाता : माया स्याङतान तामाङ
.com

धेरै धेरै धन्यवाद नेपाली महिला समाज सम्पूर्ण परिवारलाईसाथै कार्यक्रम सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु💐🌹🏵️🙏
19/08/2026

धेरै धेरै धन्यवाद नेपाली महिला समाज सम्पूर्ण परिवारलाई
साथै कार्यक्रम सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु
💐🌹🏵️🙏

आर्थिक वर्ष २०८३/८४ मा प्राकृतिक व्यक्तिका लागि लागू हुने आयकर दर।।।काठमाडौं, साउन २४ — आयकर ऐन, २०५८ तथा आर्थिक ऐन, २०८...
08/08/2026

आर्थिक वर्ष २०८३/८४ मा प्राकृतिक व्यक्तिका लागि लागू हुने आयकर दर।।।

काठमाडौं, साउन २४ — आयकर ऐन, २०५८ तथा आर्थिक ऐन, २०८३ अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि प्राकृतिक व्यक्तिको करयोग्य आयमा लागू हुने आयकरका दर तथा सीमामा परिवर्तन गरिएको छ।

नयाँ व्यवस्थाअनुसार व्यक्तिगत आयकरको प्रारम्भिक करयोग्य आय सीमा रु. १० लाखसम्म पुर्‍याइएको छ भने आयको स्तरअनुसार विभिन्न स्ल्याबमा कर लाग्ने व्यवस्था गरिएको छ।

करयोग्य आयअनुसार लागू हुने दरहरूलाई संक्षेपमा यसरी बुझ्न सकिन्छः

🔹 रु. १० लाखसम्म — १ प्रतिशत
🔹 रु. १० लाखदेखि २० लाखसम्म — १० प्रतिशत
🔹 रु. २० लाखदेखि ३० लाखसम्म — २० प्रतिशत
🔹 रु. ३० लाखदेखि ४० लाखसम्म — ३० प्रतिशत
🔹 रु. ४० लाखभन्दा माथि — सम्बन्धित उच्च दरअनुसार कर लाग्ने व्यवस्था

करको वास्तविक दायित्व व्यक्तिको आयको प्रकृति, वैवाहिक अवस्था तथा लागू हुने अन्य छुट तथा कटौतीका प्रावधानअनुसार फरक पर्न सक्छ। त्यसैले कर गणना गर्दा आर्थिक ऐन, २०८३ तथा आन्तरिक राजस्व विभागबाट जारी आधिकारिक विवरणलाई आधार मान्नुपर्ने हुन्छ।

#मिति : २०८३ साउन २४ गते
#सम्वाददाता : सरिता बल तामाङ
#दोलखा दर्पण/Dolakha darpan.news.
#आयकर #आयकरऐन२०५८ #आर्थिकवर्ष२०८३/८४ #करकोदर #प्राकृतिकव्यक्ति #नेपाल

07/08/2026

नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीको चौथो साधारण सभा तथा अधिवेशन–२०२६ सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट सर्वसम्मत रूपमा श्रीमती जेसिका बोम्जन तामाङ अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको हार्दिक शुभकामना।

#नेपालीमहिलासमाज
#कुर्दिस्तानसुलेमानी
#चौथोसाधारणसभा
#अधिवेशन२०२६
#जेसिकाबोम्जनतामाङ
#नेपालीसमुदाय

नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीको चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न, जेसिका बोम्जन तामाङ अध्यक्षमा निर्वाचित ।।...
03/08/2026

नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीको चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न, जेसिका बोम्जन तामाङ अध्यक्षमा निर्वाचित ।।।

सुलेमानी (कुर्दिस्तान, इराक)। नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीको चौथो साधारण सभा तथा अधिवेशन–२०२६ शुक्रबार हिमालयन नेपाली रेस्टुरेन्ट, सुलेमानीमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि श्रीमती जेसिका बोम्जन तामाङलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।

कार्यक्रम नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीकी निवर्तमान अध्यक्ष श्रीमती शोभा भुजेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल तामाङ घेदुङ कुर्दिस्तान–इराकका संस्थापक अध्यक्ष श्री च्यङ्बा लामाको उपस्थिति रहेको थियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजका अध्यक्ष श्री मेखराज लामा, सचै केन्द्र नेपाल कुर्दिस्तानका अध्यक्ष श्री जमुना श्रेष्ठ, नेपाल तामाङ घेदुङ कुर्दिस्तान–इराकका संरक्षक श्री श्याम मम्बा तामाङ, श्री इन्द्र श्रेष्ठ तथा श्री कमल वाइबा लगायत विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार, व्यवसायी तथा नेपाली समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तथा निवर्तमान अध्यक्ष श्रीमती शोभा भुजेलले आफ्नो दुई वर्षे कार्यकालमा साथ, सहयोग र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा नेपाली समुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले संस्थाको हित, एकता र विकासका लागि आगामी दिनहरूमा पनि आफ्नो तर्फबाट निरन्तर सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो।

नवनिर्वाचित अध्यक्ष श्रीमती जेसिका बोम्जन तामाङले संस्थाको उद्देश्य, गरिमा र सदस्यहरूको विश्वासलाई आत्मसात गर्दै सम्पूर्ण कार्यसमितिसँग सहकार्य गरेर नेपाली महिला समाजलाई अझ सशक्त, एकताबद्ध र क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले महिला अधिकार, सामाजिक एकता, आपसी सद्भाव तथा संस्थागत विकासलाई प्राथमिकतामा राखी प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति यसप्रकार रहेको छ–

अध्यक्ष: जेसिका बोम्जन तामाङ
उपाध्यक्ष: प्रमिला पुरी लैला
महासचिव: माया स्याङ्तान तामाङ
सचिव: सोफिका शेर्पा
कोषाध्यक्ष: शृष्टि शेर्पा

सदस्यहरू:
रितु तामाङ, निसा मल्ल ठकुरी, गङ्गा तामाङ, जमुना श्रेष्ठ, सुकुमाया तामाङ, सिला बोम्जन, प्रमिला तामाङ, स्मिता तामाङ र सन्जु तामाङ।

त्यसैगरी अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीका संस्थापक अध्यक्ष श्री सानु शेर्पाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो। शपथ ग्रहणपछि नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले संस्थाको उद्देश्य, नीति र जिम्मेवारीलाई आत्मसात गर्दै इमानदार, जिम्मेवार र प्रतिबद्ध भएर कार्य गर्ने अठोट व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागी अतिथि तथा वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीले आगामी दिनमा महिला सशक्तीकरण, सामाजिक एकता तथा संस्थागत विकासका क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन नेपाली महिला समाजकी सल्लाहकार तथा थाङ्मी चाँगु डट कम मिडियाकी प्रबन्ध निर्देशक श्रीमती सरिता बाल तामाङले गर्नुभएको थियो। उहाँले नवनिर्वाचित कार्यसमितिमा रहनुभएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै संस्थाको हित, महिला हक–अधिकार तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय भएर जिम्मेवारी पूरा गर्न शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण अतिथि, विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी, व्यवसायी तथा सम्पूर्ण नेपाली समुदायप्रति नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानी परिवारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीका महासचिव तथा दोलखा दर्पण न्युजका प्रबन्ध निर्देशक माया स्याङ्तान तामाङले सन् २०१७ मा स्थापना भएको यस संस्थाले स्थापना कालदेखि नै नेपाली समुदायमा सामाजिक एकता, सहयोग र सेवामूलक कार्यलाई निरन्तरता दिँदै आएको बताउनुभयो।

उहाँले विशेषगरी दिनदुःखी, पीडित तथा विभिन्न समस्यामा परेका नेपाली महिला एवं समुदायका दिदीबहिनीहरूलाई आवश्यक सहयोग, साथ र समर्थन प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। आगामी दिनहरूमा पनि नेपाली महिला समाजले महिला सशक्तीकरण, सामाजिक सेवा, समुदायको हित तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा अझ प्रभावकारी रूपमा कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले संस्थालाई थप सशक्त, व्यवस्थित र प्रभावकारी बनाउन सम्पूर्ण नेपाली समुदाय, शुभेच्छुक, संघ–संस्था तथा सहयोगी हातहरूको निरन्तर साथ, सहयोग र समर्थनको अपेक्षा रहेको बताउनुभयो।

# संवाददाता : माया स्याङतान तामाङ।
.com

30/07/2026

🙏💐 हार्दिक निमन्त्रणा 💐🙏

नेपाली महिला समाज, कुर्दिस्तान–सुलेमानी, इराकको चौथो साधारण सभा तथा अधिवेशन–२०२६ मा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, विभिन्न संघ–संस्थाका प्रतिनिधिज्यूहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायी तथा पत्रकारज्यूहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।

📅 मिति : ३१ जुलाई २०२६ (शुक्रबार)
⏰ समय : बिहान ११:०० बजेदेखि
📍 स्थान : हिमालयन नेपाली रेस्टुरेन्ट, सुलेमानी

महासचिव :
माया स्याङ्तान तामाङ।
आयोजक :
नेपाली महिला समाज, कुर्दिस्तान–सुलेमानी,

राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री बालेन शाह शीतल निवासमा ।।।काठमाडौं । प्रधानमन्त्री बालेन शाह राष्ट्रपति रामचन्द्...
30/07/2026

राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री बालेन शाह शीतल निवासमा ।।।

काठमाडौं । प्रधानमन्त्री बालेन शाह राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।

प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच देशको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषय तथा महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ।

भेटका क्रममा सरकारका कामकारबाही र राष्ट्रिय हितसँग सम्बन्धित विषयमा समेत कुराकानी हुने जनाइएको छ।

# संवाददाता माया स्याङतान तामाङ।
.com
#रामचन्द्रपौडेल #बालेनशाह #शीतलनिवास #नेपालराजनीति #नेपालसमाचार

सिरहा गोलबजारको एबी मलमा आगजनी, घटनापछि सुरक्षा सतर्कता बढाइयो ।।।सिरहा । सिरहाको गोलबजारस्थित एबी मलमा आगजनी भएको छ।आगज...
30/07/2026

सिरहा गोलबजारको एबी मलमा आगजनी, घटनापछि सुरक्षा सतर्कता बढाइयो ।।।

सिरहा । सिरहाको गोलबजारस्थित एबी मलमा आगजनी भएको छ।

आगजनीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ। घटनापछि स्थानीय प्रशासन र सुरक्षा निकायले अवस्थाबारे निगरानी बढाएका छन्।

आगलागी कसरी भयो र कसले गर्‍यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ। घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

#संवाददाता : माया स्याङतान तामाङ ।
.com
#सिरहा #गोलबजार #एबीमल #आगजनी #सुरक्षाअवस्था #नेपालसमाचार

मधेशवादी दलहरूसँग छलफल गर्दै रास्वपा सभापति रवि लामिछाने ।।।काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रव...
30/07/2026

मधेशवादी दलहरूसँग छलफल गर्दै रास्वपा सभापति रवि लामिछाने ।।।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशवादी दलका नेताहरूसँग छलफल गरेका छन्।

समसामयिक राजनीतिक विषय, सहकार्य र आगामी राजनीतिक रणनीतिबारे छलफल गर्न लामिछानेले मधेश केन्द्रित दलका प्रतिनिधिहरूसँग भेटवार्ता गरेको बताइएको छ।

भेटमा देशको पछिल्लो राजनीतिक अवस्था, जनचासोका विषय तथा सम्भावित सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

# संवाददाता : माया स्याङतान तामाङ।
.com
#रविलामिछाने #रास्वपा #मधेशवादीदल #राजनीति #नेपालसमाचार

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when दोलखा दर्पण/Dolakha Darpan.news. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category