NC Urgen Lama

NC Urgen Lama Political party Nepali congress

14/04/2026

नव वर्ष २०८३ सालको सम्पुर्णमा हार्दिक शुभकामना !!! @

28/03/2025

चैत्र १५, २०८१

तोडफोड, हिंसा र अराजकताको निन्दा गरौं
–– शान्ति र संविधानकै मार्गबाट अघि बढौं ––

संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई नेपाली कांग्रेस सदैव सम्मान गर्दछ । तर आज राजधानीको तिनकुने लगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा जेजस्तो हिंसात्मक घटना भएका छन् त्यो अत्यन्तै निन्दनीय छ । व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधन आदिमा भएको तोडफोड र आगजनीलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।

लोकतान्त्रिक गणतन्त्रको स्थापना ०६२÷०६३ को जनआन्दोलनबाट सोझै भएको होइन, आन्दोलनले केवल प्रतिनिधिसभा पुनस्र्थापित गरेको थियो । संसद मार्फत अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचन र त्यो निर्वाचनबाट चुनिएका नेपाली जनताका प्रतिनिधिहरुको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लगेको थियो । यो वास्तविकतालाई आजको मितिमा हामी स्मरण गर्न र गराउन चाहन्छौं ।

नागरिकमा रहेका कयौं असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट संभव छ । नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नविनता दिन हामी दृढ ढंगले प्रतिबद्ध छौं । हामी जान्दछौं कयौं कमजोरी भएका छन्, तिनको निदान खोज्न र समाधान पहिल्याउन हामी दृढ छौं । नेपाली समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकांक्षा सम्बोधन यहि संविधानको दायरा भित्रैबाट क्रमशः गर्न सकिन्छ । लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन । नेपाली कांग्रेस सबै राजनैतिक दललाई यसमा स्पष्ट ढंगले उभिन अपील समेत गर्दछ ।

आजको हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउने प्रति नेपाली कांग्रेस गहिरो श्रद्धाञ्जली व्यक्त गर्दछ । घाइतेहरुको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गर्दै, हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानूनी कार्वाहीको दायरामा अविलम्ब ल्याउन आग्रह गर्दछ ।

साथै, समस्त नेपाली दिदीबहिनी दाजुभाइमा संयम र एकताका लागि नेपाली कांग्रेस अपील गर्दछ ।

जय नेपाल !

विश्वप्रकाश शर्मा गगनकुमार थापा
महामन्त्री महामन्त्री

22/03/2025

Gagan thapa always kings dynamic leader Jay Nepal

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when NC Urgen Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category