सर्लाही gen-z

सर्लाही gen-z Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सर्लाही gen-z, Grocers, lalbandi, Kathmandu.

शिक्षामन्त्री Sasmit Pokhrel ले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री हुने व्यवस्था उपयुक्त नभएक...
19/04/2026

शिक्षामन्त्री Sasmit Pokhrel ले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री हुने व्यवस्था उपयुक्त नभएको भन्दै यसलाई सुधार गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।

18/03/2026

Gen-Z को समर्थनमा लालबन्दी नगरपालिकामा Agenda..

लालबन्दीको परिवर्तनका लागि युवा नेतृत्व

Gen -zको समर्थनमा
मेयर प्रत्यासी = सागर पोखरेल
चुनावीक एजेन्डा

शिक्षामा डिजिटल बोर्ड, प्रयोगात्मक सिकाइ (learning by doing), इन्टरनेट, e-learning र AI को प्रयोगलाई प्राथमिकता, साथै सफा कक्षाकोठा, शौचालय, खानेपानी र पुस्तकालयसहितको राम्रो पूर्वाधार व्यवस्था गर्ने ।युवाहरूलाई प्रोत्साहित गर्दै र सिक्ने प्लेटफर्म उपलब्ध गराउँदै, हामी सूचना प्रविधि, डाटाबेस, डाटा Mining, भिडियो ग्राफी, Python जस्ता सीपहरू विकास गर्न सहयोग गर्नेछौं। हामी युवाहरूलाई केवल AI प्रयोग गर्ने तरिका मात्र होइन, आफ्नो आवश्यकताअनुसार AI विकास गर्ने सीपसमेत प्रदान गर्नेछौं।

विद्यालय व्यवस्थापन समितिलाई खारिज गर्ने । विद्यालयको कार्यसम्पादन सुधार गर्न निजि, सामुदायिक बिद्यालय स्वतन्त्र निकायबाट नियमित अडिट गर्ने अनि तेस अनुसार पुरस्कार र सजाये को बेबस्था गर्ने ।

नागरिकहरुको गुणस्तरीय उपचार उपलब्ध गराउन नगर अस्पताल र निजि अस्पताल लाई सफा, बेबस्तित, उत्तरदायी बनाउने। कार्यसम्पादन सुधार गर्न स्वतन्त्र निकायबाट नियमित अडिट गराउने अनि तेस अनुसार पुरस्कार र सजाये को बेबस्था गर्ने ।

हाल निर्माणधिन ओडा न ६ को अस्पताल लाइ सामान्य उपचारदेखि आकस्मिक सेवा (Emergency), I.C.U. सर्पदंश (Anti-venom) र Trauma center जस्ता अत्यावश्यक सेवाहरूले सुसज्जित गरि सबैलाई सहज पहुँच हुने गरी विस्तार गर्ने, ताकि समयमै उपचार नपाउँदा हुने जोखिम कम गर्ने र बेबस्तित अस्पतालको रुपमा बिकास गर्ने । यो भनेको कुरा गर्न गारो छ तर लालबन्दी का जनता येक जुट भयेर सरकार सङ भीडिउ भने सम्भव छ । we need determination.

लालबन्दी क्षेत्र कृषि तथा पशुपालनका लागि प्रसिद्ध भए तापनि किसानलाई आवश्यक सहयोग गर्ने प्रभावकारी संयन्त्रको अभाव देखिन्छ। त्यसैले किसानलाई सहज सेवा उपलब्ध गराउन कृषि अस्पताल स्थापना गर्ने, कृषकहरूको आम्दानी बढाउनको लागि कोल्ड स्टोरेज निर्माण गर्ने,कृषकहरूलाई दलालबाट जोगाउन नगरपालिकाले बजारमा कडा अनुगमन गर्ने। पशुपालन बीमा अनिवार्य गर्ने तथा बाली बीमालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।

हालको विश्व बजारलाई ध्यानमा राख्दै युवाहरूलाई साना उद्योग स्थापना गर्न प्रोत्साहित गर्ने, जसअन्तर्गत तरकारी प्रशोधन गरी पाउडर उत्पादन (जस्तै: टमाटर पाउडर, आलु पाउडर आदि) गर्ने उद्योगहरू स्थापना गर्न जोड गर्ने।

साथै, सिँचाइ व्यवस्थापनलाई सुधार गर्न कालिन्जोर खोला र लखनदेही खोलाको साना सिँचाइ कार्यक्रम को नहर (canal) सुधार गर्ने। ठूला सिँचाइ योजना (सुन कोशी -मरिन, मरिन - लखनदेही डाइभर्सन जस्ता आयोजना को लागि सरकार सङ सहयोग माग्ने।

लालबन्दी गाउँबाट सहरोन्मुख नगरमा रूपान्तरण हुँदै गएको अवस्थामा, समयमै दीर्घकालीन योजना बनाई नयाँ प्लटिङ तथा कित्ता काट गर्दा कम्तीमा १८ फिट चौडा सडक अनिवार्य रूपमा कायम गर्नुपर्छ, जसले गर्दा सहर व्यवस्थित, आकर्षक र कम अव्यवस्थित बन्नेछ तथा आगलागी वा भूकम्पजस्ता आपतकालीन अवस्थामा क्षति र जनहानि न्यून गर्न मद्दत पुग्नेछ।त्यसैगरी, शुद्ध पिउने पानी शहरको लागि अत्यन्त महत्वपूर्ण छ। लालबन्दीका मानिसहरू भू–गर्भीय पानीमा निर्भर छन्, त्यसैले भू–गर्भीय पानीको स्तर कायम राख्न चार्जिङ well खन्ने र वर्षातको पानी त्यसमा संकलन गर्ने योजना आवश्यक छ। यसले भू–गर्भीय पानीको स्तर कायम राख्न सहयोग पुर्‍याउँछ।

सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै योजना अघि बढाइने छ। कच्ची (माटो) सडकलाई क्रमशः ग्राभेल सडकमा स्तरोन्नति गरिनेछ भने ग्राभेल सडकलाई कालोपत्रे (ब्ल्याकटप) सडकमा रूपान्तरण गरिनेछ। विशेष गरी वडा नं. १३, १४ र १५ मा सडक र पुल (ब्रिज) निर्माणमा विशेष जोड दिइनेछ। त्यसैगरी, वडा नं. १४ मा नेपाल टेलिकम (NTC) टावर स्थापना गर्न नगरपालिका सक्रिय भूमिका निर्वाह गर्नेछ, जसले सो क्षेत्रमा रहेको नेटवर्क समस्याको समाधान गर्ने छ।

हाम्रो नगरपालिका हाल संकलित फोहोर जंगलमा फालिरहेको अवस्थामा छ, जसले निकै दुःख दिइरहेको छ। यसलाई सुधार गर्न हामी एक उचित कानुन ल्याउनेछौं जसअन्तर्गत फोहोरलाई बायोडिग्रेडेबल र नन-बायोडिग्रेडेबलमा छुट्याउनुपर्नेछ। बायोडिग्रेडेबल फोहोर घरैमै व्यवस्थापन गरिनेछ भने नन-बायोडिग्रेडेबल फोहोर नगरपालिकाले व्यवस्थापन गर्नेछ। यदि उच्च मात्रामा प्लास्टिक संकलन हुन्छ भने, हामी यसलाई पब्लिक–प्राइभेट पार्टनरशिप (PPP) मोडलमा रिसाइकल प्लान्ट सञ्चालन गर्न सक्नेछौं। यदि यो सम्भव नभए, हामी यस प्रकारको फोहोर रिसाइकल प्लान्टलाई बेच्न सक्नेछौं। म भन्न चाहन्छु कि यस प्रकारको फोहोरको बजारमा उच्च माग छ।

ऐलानी जग्गा नेपालको र लालबन्दी नगरपालिकाको सबैभन्दा ठूलो समस्यामध्ये एक हो। यहाँका धेरै मानिसहरूसँग जग्गा छ, तर ती जग्गाहरू सरकारी रुपमा मान्यता प्राप्त छैनन्। त्यसकारण, मानिसहरूले ती जग्गालाई धरौटीको रूपमा राखेर बैंकबाट कर्जा सुविधा लिन सकिरहेका छैनन्। तर नगरपालिकाको रूपमा हामी ऐलानी जग्गा मालिकलाई मान्यता कार्ड जारी गर्न सक्छौं र यस विषयमा नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकसँग अनुरोध गर्न सक्छौं कि बजार मूल्यको कम्तिमा २५–३०% कर्जा सुविधा उपलब्ध गराइयोस्। यस समस्याका कारण ठूलो जनसंख्या बैंकिङ कर्जा सुविधाबाट वञ्चित छ, र यसलाई समाधान गर्न सरकारसँग कदम चाल्न आग्रह गर्दछौ ।

लालबन्दी सुन्दर र सम्भावनाले भरिपूर्ण स्थान हो, यहाँ बस्ने मानिसहरू माया, मित्रता र हेरचाहले भरिपूर्ण छन्। म यहाँ जन्मेको र यहाँको हुँ भनी गर्व गर्छु। तर यद्यपि, दिनप्रतिदिन लालबन्दी ड्रग्सको केन्द्र बन्दै गएको छ, र प्रयोगकर्ताहरू दिनानुदिन बढ्दै गइरहेका छन्, जसका कारण अपराध पनि बढिरहेको छ। यस समस्यासँग जुध्नका लागि नगरपालिकाले ड्रग्सप्रति शून्य सहिष्णुता अपनाउनेछ।

हामी पाथरकोट र वरिपरिका स्थानहरूलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको रूपमा प्रवर्द्धन गर्न सक्छौ , जस्तै चुरेको तल्लो पहाडमा हाइकिङ, साइकलिङ मार्गको विकास गर्न सक्छौ । यसरी गर्दा केवल नेपाली पर्यटक मात्र होइन, भारतका पर्यटकहरूलाई पनि मध्य गर्मीमा आकर्षित गर्न सक्छौ , किनभने यी स्थानहरू बिहारको तुलनामा निकै चिसो हुन्छन्। यसरी पर्यटन बढ्दा होटल–मोटेलमा लगानी आकर्षित गर्न सकिन्छ र यसले स्थानीय जनतालाई आम्दानीको अवसर पनि प्रदान गर्छ। त्यसैगरी, हामी स्थानीय पर्यटकलाई आकर्षित गर्न फलफूल जस्तै आँप, लिचीको प्रत्यक्ष (harvest)तिप्नन, खरिद बिक्री अनुभव गराउने कार्यक्रम सञ्चालन गर्न सकिन्छ, जुन विकासशील देशहरू जस्तै अमेरिका र अष्ट्रेलियामा पनि गरिन्छ।

हाम्रो लालबन्दी फुटबल खेलाडी उत्पादनका लागि परिचित स्थान हो। यस पहिचानलाई अझ सुदृढ बनाउन हामी साना बालबालिकाका लागि फुटबल एकेडेमी स्थापना गर्ने नीति विकास गर्नेछौं, जसमा सार्वजनिक–निजी साझेदारी (Public-Private Partnership) लाई प्राथमिकता दिइनेछ। साथै, नवलपुर फुटबल मैदान लाई स्तरोन्नति गर्दै १०,००० दर्शक अट्ने आधुनिक रंगशाला (स्टेडियम) को रूपमा विकास गर्नेमा विशेष ध्यान केन्द्रित गरिनेछ।

हाम्रो क्षेत्रमा जंगल, जडीबुटी तथा नदीजन्य स्रोतहरू (गिट्टी, बालुवा आदि) जस्ता प्राकृतिक स्रोतहरूमा उच्च सम्भावना रहेको छ। यी स्रोतहरूको दिगो र व्यवस्थित उपयोगमार्फत आम्दानी सिर्जना गर्ने हाम्रो लक्ष्य हुनेछ।
हामी सुक्खा तथा ढलापडा रूखहरूको संकलन तथा व्यवस्थापन, नदीजन्य सामग्रीको नियमनसहित उत्खनन र स्थानीय बजारमा बिक्री वितरणमा ध्यान केन्द्रित गर्नेछौं। यस प्रक्रियामा वातावरणीय संरक्षण र बाढी जोखिम मूल्याङ्कनलाई प्राथमिकतामा राखिनेछ।
केन्द्रीय सरकार, स्थानीय तह तथा समुदायसँग प्रत्यक्ष सहकार्य गर्दै पारदर्शी र दिगो नीति लागू गरिनेछ, जसले वातावरण संरक्षणसँगै स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउनेछ ।।

धन्यवाद
सागर पोखरेल
लालबन्दि, ६

05/03/2026
11/02/2026

बालेन क्रेज सर्लाही ❤️🔔

06/02/2026

Lalbandi❤️

लालबन्दी नगरपालिका–७, सर्लाहीस्थित  छिमेकी लघुवित्त वित्तीय संस्थामा आज दिउँसो करिब ३:३० बजेतिर लुटपाट भएको छ।प्राप्त जा...
05/02/2026

लालबन्दी नगरपालिका–७, सर्लाहीस्थित छिमेकी लघुवित्त वित्तीय संस्थामा आज दिउँसो करिब ३:३० बजेतिर लुटपाट भएको छ।
प्राप्त जानकारीअनुसार ५ जना व्यक्तिहरू पिस्तोल र खुकुरी देखाउँदै संस्थाभित्र प्रवेश गरी लुटपाट गरेका हुन्।
घटनाका क्रममा एक जना व्यक्ति घाइते भएका छन्। लुटपाटपछि आक्रमणकारीहरू फरार भएका छन् भने घटनाको थप विवरण आउन बाँकी छ।
यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

सुशिला कार्कीले सिंहदरबार खालि नगरे द्वन्द्व हुने हमालको चेतावनीभोली देखि शांतिपूर्ण जेनजी आंदोलन हुने छ❤️
21/12/2025

सुशिला कार्कीले सिंहदरबार खालि नगरे द्वन्द्व हुने हमालको चेतावनीभोली देखि शांतिपूर्ण जेनजी आंदोलन हुने छ❤️

महेन्द्र राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित डुमडुमे मन्दिर नजिक एक व्यक्तिले अहिले साँझ ७:४५ बजे आत्...
25/11/2025

महेन्द्र राजमार्ग अन्तर्गत
सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित डुमडुमे मन्दिर नजिक एक व्यक्तिले अहिले साँझ ७:४५ बजे आत्मदाह प्रयास गरेका छन्। आगो लागेको देखेपछि स्थानीयले हतार–हतार निभाएका थिए। सो व्यक्तिलाई थप उपचारका लागि लालबन्दी सिटि कियर अस्पताल लगिएको छ। .
.सकेको शेयर गर्नु होला सबै जाना 🙏🙏
मोरङ घर भएका सूर्य प्रसाद पोखरेलले आफ्नै पेट्रोलले आगो लगाएर आत्मदाह प्रयास गरे भन्ने खबर प्राप्त भएको छ। अहिले उहाँको उपचार लालबन्दीस्थित City Care Hospital मा भइरहेको छ। घर सम्म यो खाबर जानकारी गराइदिन अनुरोध गर्द छु ।। घाइते लाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।।
मोबाइल नम्बर :- 9765989731 उहाँ ले बोल्नु भएको नम्बर हो।।

सर्लाही मा चारवटा क्षेत्र छ र यो सबै क्षेत्रमा जिएनजी प्रतिनिधि उम्मेदवार को बन्छन् त फागुन २१ मा आफआफ्नो प्रतिक्रिया दि...
08/10/2025

सर्लाही मा चारवटा क्षेत्र छ र यो सबै क्षेत्रमा जिएनजी प्रतिनिधि उम्मेदवार को बन्छन् त फागुन २१ मा आफआफ्नो प्रतिक्रिया दिनुहोला।।

Address

Lalbandi
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when सर्लाही gen-z posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category