15/05/2026
बैजनाथ गाउँपालीकाले रोक्यो डोजर चल्न 🙏
बैजनाथ गाउँपालिका ले ऐलानी जग्गामा वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकको पक्षमा उभिने जनाएको छ। गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही द्वारा जारी विज्ञप्तिमा पुराना बसोबासीमाथि डोजर नचलाइने, निस्सा वितरण भइसकेको र अब पुर्जा दिने तयारी भइरहेको उल्लेख गरिएको छ। साथै नयाँ अतिक्रमण रोक्न संघीय सरकारसँग समन्वय गरिने गाउँपालिकाले जनाएको छ।