16/02/2026
#भिड_भन्दा_निकै_टाढा_हुन्छ_सत्य
तिमी हामीलाई भन्न सजिलो छ
के भयो र? के गर्यो र भनेर।
तर भोग्नेलाई थाहाँ छ।
के-के भोग्यौं, त्यो मलाई पनि थाहा छ। र अरुलाई पनि
हिजो नुन किन्नकै लागि बिहान ४ बजे उठेर भाले समातेर बजार झर्नुपर्थ्यो। भाले बिक्री भयो भने मात्र नुन किन्ने पैसा जुट्थ्यो।
हिजो घरबाट पोका पारेर लगेको गुन्द्रुक र भात खान साँङबलेको डाँडा नपुगी खान पाइँदैनथ्यो।
हिजो बारै मासे पैदल हिँड्ने बाध्यता थियो, आज प्रायः हरेक घरमा आफ्नै साधन छ।
हिजो फोनमा एकछिन कुरा गर्न पनि सदरमुकाम पुग्नुपर्थ्यो-त्यो क्षण अझै स्मरण गरौं।
हिजो कम्मर मर्किने गरी घण्टौं पानी बोक्नुपर्थ्यो, आज कमसेकम पिउने पानी घर-घरमा पुगेको छ।
हिजो एम्बुलेन्सको कल्पना पनि गर्न नसक्ने ठाउँमा आज एम्बुलेन्स हिँड्ने बाटो घर नजिकै आएको छ।
( पक्की नहोला)
हिजो दियोमुनि बसेर पढ्नुपर्ने दिनहरू थिए, आज बिजुलीले त्यो अँध्यारो हटाएको छ।
घर-घरमा, खेत-खेतमा इनारहरू खनिएका छन्।
र, त्योभन्दा पनि ठूलो कुरा
हिजो “दलित” भन्नेबित्तिकै पानी चलाइँदैनथ्यो, सँगै बस्न त परै जाओस्।
आज सँगै बसेर खान पाउने अधिकार, समानताको आवाज उठाउने साहस
यो परिवर्तन कसरी आयो?
यो पनि त्यही संघर्ष र परिवर्तनको परिणाम हो।
हो, हामीलाई अझै विकास चाहिएको छ।
मरिण गाउँपालिका वडा नं. ५ जोड्ने पक्की सडकहरू चाहिन्छ नै बलिया पुलहरू चाहिन्छन्।
हाम्रो माग अझै बाँकी छन यो सत्य हो।
यो गर्छ त मात्र कम्युनिस्टले गर्छ।
र घर-घरमा भात पुर्याउने काम कुन पार्टीले गर्छ?
अवसर सिर्जना गर्ने, सडक बनाउने, पानी ल्याउने, विद्यालय र स्वास्थ्य चौकी खडा गर्ने-यिनै आधार होला नि विकाशको
विकास भनेको सरकारको ढोकाबाट भात बाँड्नु होइन,
मान्छेलाई आफैं उभिन सक्ने बाटो बनाइदिनु हो।
हो म मन्छु हुनुपर्ने जति सबै भइसकेको छैन त्यो हामी स्वीकार्छौं।
तर “केही भएन” भन्न मिल्दैन। विकास एकैचोटि हुँदैन, तर बिस्तारै पक्कै हुन्छ।
कोठामा बसेर निष्कर्ष निकाल्न सजिलो छ, तर एक पटक गाउँ घुमेर हेर्नुहोस् परिवर्तन देखिन्छ, महसुस हुन्छ।
हामी विश्वास गर्छौं।
संघर्षले सुरु गरेको यात्रा अझै जारी छ।
विकास रोकिन्न, रोकिन दिनु हुँदैन।
जय नेपाली कम्युनिस्ट।