16/04/2026
फेरि पनि रसायनिक मल कारखाना ??😡😡😡
के काे लागि ?? - उत्पादन वढाउन ??
अहिले सम्म ल्याएकाे कराेड टन बराबरकाे युरियाले कति उत्पादन बढायाे ? - धानमा एक टन प्रति हेक्टर ( यसमा सिँचाइले कति बढायाे?, हाइब्रिड बीउले कति बढायाे ? )
कारखानाबाट कति मल उत्पादन गर्ने : ६ लाख मेट्रिक टन नै ?
लागत कति लाग्छ : कुल बजेटकाे ३ प्रतिशत ( कृषिकाे सबै बजेट )
अनि सन्चालन खर्च : कृषि बजेटकाे ६१ प्रतिशत ( अहिलेकाे मललाई दिएकाे अनुदान भन्दा धेरै )
उर्जा : करिब १८ पेटाजुल ( करिब २० प्रतिशत सबै उत्पादन भएकाे उर्जाकाे ) , भनेसि सुख्खा हिँउदमा त उर्जा पर्याप्त नहाेला । अनि बिजुलि बेच्ने सपना नि ???
अब यसमा कति निजि क्षेत्रले लगानि गर्ने ?
प्राकृतिक ग्याँसकाे श्राेत के ?
अनि यति माथापच्चिसि गरेर आएकाे उत्पादनले बिरुवाकाे कुनकुन तत्वकाे आवश्यकता पूरा गर्छ ? ( युरियाले नाईट्राेजन , अनि अरु तत्व काे लागि ??)
बर्खा अनिश्चित छ, माटाेमा चिस्यान र सिँचाई नभई त युरियाले नै काम नगर्ला ?
सिँचाईकाे व्यवस्था गराैँला न । त्यसाे भए सिँचाई सुविधा पुर्याउन ठुलाे लगानि ल्याउने कताबाट ? ३५ प्रतिशत खेतीयोग्य जमिन भाँडमा गए पनि भयाे ?
अनि वढिरहेकाे अम्लियपन ,मरिरहेकाे माटाे, हराएका रैथाने उत्पादन ले फेरि प्रधानमन्त्री र पर्यटनमन्त्रीले घाेषणा गरेकाे आराेग्य नेपालमा कति पाे याेगदान गर्लान ?
पटक पटक सफल छैन भनेर प्रतिवेदन आएकाे रसायनिक मल कारखानालाई फेरि किन काेट्याकाे ???
मेराे पुस्तालाई माटाेकाे मलामी बनाउने छुट छैन मान्यवर ।। कृपया कुल बन्ने चक्करमा फुल (fool ) निर्णय नगर्नुस् ।