Hill Bird Education Home Lamki chuha 08 bachaila kailali

Hill Bird Education Home Lamki chuha 08 bachaila kailali Hill Bird Education Home Lamki Chuha 08 Bachaila

भोलि बाँचिन्छ कि मरिन्छ थाहा हुदैनमान्छेहरू त्यैपनि ALARM लगायरसुत्छन् सायद यसलाई नै भनिन्छ           " आशा ".......!!!
11/09/2024

भोलि बाँचिन्छ कि मरिन्छ थाहा हुदैन
मान्छेहरू त्यैपनि ALARM लगायर
सुत्छन् सायद यसलाई नै भनिन्छ
" आशा ".......!!!

थाक्न मनाही छ ❣️🙏Wow🤗माथिबाट खसाल्लान् तलबाट तान्लान् हिंडिरहेको बेला लडाउलान्अडिएको बेला धकेल्लान् मानिसहरू  ‘म’ जस्ता ...
31/07/2024

थाक्न मनाही छ ❣️🙏Wow🤗

माथिबाट खसाल्लान्
तलबाट तान्लान्
हिंडिरहेको बेला लडाउलान्
अडिएको बेला धकेल्लान्
मानिसहरू ‘म’ जस्ता पनि भेटिएलान्
मानिसहरु ‘तँ’ जस्ता पनि देखिएलान्
तर ए ज़िन्दगी,
थाक्न मनाही छ !

पशु कतिबेला मर्ला भनेर पर्खिइरहेका
गिद्ध जस्ता आफन्त होलान्
आँशु कतिबेला झर्ला भनेर घोंचिरहेका
काँडा जस्ता साथीभाइ होलान्
भान्सामा
चुराको ठाऊँमा कुरा बज्लान्
ओछ्यानमा
अंगालोहरु अलग-अलग बस्लान्
तैपनि ए जिन्दगी,
थाक्न मनाही छ !

अलिकती हाँसी हेरेस्,
तराजु लिएर तौलिन आउँछन् !
अलिकति बाँची हेरेस्,
तिथि निकाल्छन् तेरो, बरखी बार्छन् !
चैनसंग निदाउन छूट छैन तँलाई
सपना पनि उनीहरुको रहरको देखिदिनुपर्छ !
उत्साहसंग जाग्न छूट छैन तँलाई
कविता पनि उनीहरुको स्वार्थको लेखिदिनुपर्छ !
तैपनि ए ज़िन्दगी
थाक्न मनाही छ !

सुस्तरी सुनाउनु खुसीका खबरहरु
यहाँ प्रत्येक आँखाले ईर्ष्या ओकल्छन् !
अझ सुस्तरी झार्नु वियोगहरुलाई भुईंमा
यहाँ प्रत्येक पैतालाले विष उमार्छन् !
छामिस् भने अंकमल गरिएका हातहरुमा
बडो मुलायम तरवार लुकाउँछन् !
शीर नै काटिएला स्वभिमानको कुनैदिन
ए ज़िन्दगी तर
थाक्न मनाही छ !

उत्तानो पर्लास्- घुम्दा घुम्दै थाकेको पंखा देख्लास्
घोप्टिएलास्- खाटमुनि मुसाको दबाइ भेट्लास्
आगो देख्लास् र त्यसको शक्ति नाप्लास्
पानी देख्लास् र संगसंग़ै बगेको कल्पना गर्लास्
सम्झिएलास्- मैले मलाई बिर्सिनुपर्छ भनेर
बिर्सिएलास्- मैले मैलाई सम्झाउनुपर्छ भनेर
बेहोश होलास्, निदाउलास्
स्वार्थी होलास्, सिध्याउलास्
खबरदार ए ज़िन्दगी
थाक्न मनाही छ !!

प्रिय जिन्दगी,
नथाकेपछि सकिन्छ अनेकथोक देख्न
नथाकेपछि सकिन्छ आफूले आफूलाई भेट्न
हैनस् तँ- मात्र एक थोपो वीर्य र एक थोपो डिम्ब
होस् तँ- विस्वासको ब्रह्माण्ड र प्रीतको प्रतिविम्ब
तै न त होस् ज़िन्दगी
भोलीको भविष्य, आजको वर्तमान।
तै न त होस् ज़िन्दगी
पर्वहरुको रंग, उत्सवहरुको आँगन !!

दुई आँखाहरुले अरुलाई हेर्न छोडेर
दुई कानहरुले अरुलाई सुन्न छोडेर
दुई हातहरुले कसैको सहारा माग्न छोडेर
दुई पाऊहरुले कसैको दैलो नाप्न छोडेर
एकपटक आफूले आफैलाई हेर् त मज्जा संग
एकपटक आफूले आफैलाई सुन् त सुस्तरी
एकपटक आफूले आफैलाई कँस् त
सास रोकिने गरी आफ्नै अंगालोमा,
तेरा पाऊहरुले सही बाटो भेटाउनेछन् !!

भर्खर त सही बाटो भेटाएको छस्,
कुद्ने हो- पसीना निकाल्ने हो
उफ़्रिने हो- आकास खसाल्ने हो
चिच्याउने हो- सबलाई जगाउने हो
बौलाउने हो- शवलाई भगाउने हो

जलेर मरेका शव हैन,
जलेर बाँचिरहेका शव…

यो जगत शव नै शवले भरिइसक्यो
यहाँ जीवन फुलाउन पनि यिनलाई भगउनुछ
अब त बुझिस् नि ज़िन्दगी
थाक्न किन मनाही छ !!

✍️ हेमन्त गिरी

Sad News 😔 😔 स्कुल बस दुर्घटना अपडेट : आरतीको मृत्यु, चालकसहित २८ जना घाइते (पूरा नामविवरणसहित)पोखरामा आज बिहान स्कुल बस...
29/07/2024

Sad News 😔 😔
स्कुल बस दुर्घटना अपडेट : आरतीको मृत्यु, चालकसहित २८ जना घाइते (पूरा नामविवरणसहित)

पोखरामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरती विक रहेको प्रहरीले जनाएको छ ।
आज बिहान ८ः३० बजे ग१क ६२१९ नम्बरको बस पोखरा-२१ रामदीबाट बिरौटास्थित विद्यालयमा फर्कने क्रममा फुर्सेखोला नजिकै माथिल्लो सडकबाट पल्टिएर तल्लो सडकमा बजारिएको हो ।

दुर्घटनामा २७ जना विद्यार्थी र चालक घाइते भएका छन् । घाइते हुने चालकमा पोखरा-१७ का ५८ वर्षीय टेकबहादुर भुजेल रहेका छन् ।
घाइते विद्यार्थीमा पोखरा-२१ की ८ वर्षीया अनन्या पौडेल, ३ वर्षीया सिम्रन मगर, ३ वर्षीया न्यूजन मगर, ७ वर्षीय रिजन मगर, १२ वर्षीय रामकृष्ण नेपाली, २ वर्षी अंकित खत्री, १४ वर्षीया सीतादेवी विक, ७ वर्षीया अमिना सुनार, ११ वर्षीय निश्चल विक, २० वर्षीय निर्दोष विक छन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी पोखरा-२१ कै ४ वर्षीय प्रिन्स बिक, ९ वर्षीय दिवस कार्की, ९ वर्षीय अनमील विक, ५ वर्षीय रोशनराज बराल, पोखरा-१७ का १३ वर्षीया चिना गुरुङ, ६ वर्षीय युजन गुरुङ, पोखरा-२१ का ९ वर्षीय प्रवेश कामी, १४ वर्षकी प्रकृति कामी, पोखरा-१७ की सिजा विक, पोखरा-२१ की १२ वर्षीया सिम्रन विक, ११ वर्षीय विश्वास पौडेल, १२ वर्षकी विशिका पौडेल, १६ वर्षीय प्रिन्स राना, ११ वर्षीय विवश खत्री र ३२ वर्षीय सपना आले छन् ।
उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आमा बुबा को खुट्टा कमजोर हुँदै छन् @,,..म सङ्घर्ष @!!बाटोमा भौतारी रहेको छु, उहाँ हरुलाई जोगाएर राखी दिनु है भगवान 🙏🙏🙏कि...
17/07/2024

आमा बुबा को खुट्टा कमजोर हुँदै छन् @,,..
म सङ्घर्ष @!!
बाटोमा भौतारी रहेको छु, उहाँ हरुलाई जोगाएर राखी दिनु है भगवान 🙏🙏🙏
किनकि म अहिले नै सफल भैसकेको छैन,!!$!!,,@@
पानी पुरी खाएर र नि अघि बढ्दै छु आमा बुबा

Adresse

Democratic Republic Of The

Téléphone

+9779862482361

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Hill Bird Education Home Lamki chuha 08 bachaila kailali publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Raccourcis

Partager