21/12/2022
सिगताम-सोम बहुउद्देश्यीय महिला प्रथामिक सहकारी समिति द्वारा आफ्नै भेकमा पाइने विभिन्न खाद्य समाग्रीहरुको गरे प्रवर्तन।
दार्जीलिङ : सिगताम अनि सोम चियाबारीका स्वानिर्भर नारीहरूले स्वालम्बी बन्न शुरू गरे नव ब्यवसाय।
आज सिगताम-सोम ग्राम पञचयत अन्तर्गत पर्ने स्वानिर्भर नारी समुहद्वारा आफ्नै भेकमा पाइने विभिन्न खाद्य समाग्रीहरू तयार पारी बजारमा उपलब्ध गराईएको छ।
विशेष सिगताम-सोममा 80% प्रतिशत नारीहरू चियाकमानमा निर्भर गर्दछ भने यसै विषयलाई मध्य नजर राख्दै ती नारी दिदी बहिनीहरुको आय श्रोत बढाउन हेतु उनीहरूलाई आर्थिक,भौतिक अनि बौद्धिक बिकासको मार्ग दर्शन गर्ने आफ्नै आंगनबाट जमर्को यस समितिले गरेका छन्।
पहाडलाई अब उधोगमा अघि लैजाने साथै क्षेत्रिय नारीहरू लाई सक्षम स्वालम्बी बनाई यस्ता ब्यवसायहरूमा आकर्षण गर्नलाई शुरू गरेका छौ।
उपलब्ध खाध्यान्न केहि समाग्रीहरू यस प्रकार छन्:
1.पहाडी मौरीको मह(Organic Honey)
2.दौराको धुवाँ सुकाएर बनाएको ढल्ले खोर्सानी (Dry dalle chilly)
3.ईशकुसको चना(isquash dry vegetable)
4.कुटेको हल्दी (turmeric powder)
5.चिया पत्ती (Darjeeling organic fine tea)
6.न्यूटेलाको अचार(neutralla pickle)
7.कुखुराको मासुको अचार (chicken pickle)
8.धानको चामल(local rice)
9.सुख्खा किनेमा(dry fermented beans)
10.अन्य समाग्रीहरू:-
11.ढाका टोपी खुकुरीको साथमा ।
12.ढाकाको झोलारू,खदा
13.आटाको थुप्पा (local noodles)
14. सकुलेट (succulent)
15.कुच्चो (local broom)
16.ढाका टाई
17.सालेमसंगमा(Salimsagma)
18.पोते अनि सिंगारपटारका सर समानहरू ईत्यादी ।
यसर्थ सम्पूर्ण पहाड तराई डुअर्स अनि भारत भरि छरिएर बसेका तमाम गोर्खा हरुलाई सबै मिलेर अब स्वानिर्भर नारी समुहलाई सहयोग पुर्याउने आवहान गर्दछु ।
हाम्रो आफ्नै जातिय पहिचान खानेकुरा नखाए कसले खाने त??
रेश्मा गुरुङ
सभानेत्री
सिगताम-सोम बहुउद्देश्यीय महिला प्रथामिक सहकारी समिति, दार्जीलिङ।