31/10/2025
सिटोङ सिन्कोना बगानको चुच्चे ढुंगा परिसर लाई अझ लोभ्याउने पर्यटन स्थल बनाउनमा यहाँका जनता हरुले धेरै वर्ष अघिदेखि कोशिश साथै थुप्रै सत्तारूढ दलहरूलाई आवेदन गर्दै आएता पनि बल्लबल्ल एउटा Watch tower निर्माण हुनसक्यो साथै यसको साथमा I ❤️ SITTONG पनि यसै स्थानमा निर्माण हुने पक्का- पक्की भएको हो भन्ने यहाँका वासिन्दाको भनाइ छ, तर कसैको आँखीडाई लागेको भनी थुप्रैबाट सुन्न पाइन्छ । जे होस् ढिलाइ भएता पनि बनियो " वाच टावर ", यो टावर बनिएता पनि धेरै मानिस खुशी छैनन् ,,यो सिन्कोना प्लान्टेशनको मात्रै नभएर सम्पूर्ण सिटोङ भेग कै गहना हो, "चुच्चे ढुंगा नै सम्पूर्ण सिटोङ १,२ अनि ३ जीपी को गहना हो।
जुनै पनि विभाग बाट निर्माण गरियो जस्ले पनि बनाए वहाँ हरुलाई हामी क्षेत्रवासीको तर्फबाट धेरै धेरै धन्यवाद 🙏🙏 ।@@
अनि अन्तमा निर्माण गरिदिने अभियान्तालाई " "हाम्राे सिटोङ राम्रो सिटोङ" लगायत सम्पूर्ण क्षेत्रवासीको पक्षबाट मेन रोड देखि शुरुआत गरिएको फुड ट्रयाक अथवा सिडि बनाउदा अलिकति भित्ताको प्रोटेक्सन वाल गरिदिए अझ उत्तम हुने थियो किनभने तल फोटोमा देखाइएको छ कि भोलिको दिनमा वा वर्षाकालमा त्यहीँ सानो कुराले पुस्तौंदेखि देखिएको वा चुच्चे ढुंगाको अस्तित्व विलिएर नजाओस् , पहिरोको चपेटामा परेर चुच्चे ढुंगा अवशेषमा परिणत हुन देख्न नपरोस् भन्दै अभियान्ता महोदयलाई यो सोसियल मिडिया मार्फत विन्ती पेश गर्दछौं 🙏🙏।
धन्यवाद ।
सम्पूर्ण सिटोङ वासीको पक्षबाट ।