02/05/2026
Thankyou Taja Khabar for covering it!
अष्ट्रेलियाको पूर्ण छात्रवृत्ति छोडेर नेपालमै व्यवसाय गर्ने भैरहवाका युवा 🇳🇵
कपिलवस्तुको कृष्णनगर निवासी रिशि कुमार गुप्ता कम उमेरमै APCYSS 2019 का विजेता बनेका युवा हुन्। उनले ताइवान र रसियामा अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेका छन्।
अष्ट्रेलियाको पूर्ण छात्रवृत्ति पाए पनि नेपालमै बसेर व्यवसाय सुरु गर्ने निर्णय गरेका उनले अहिले भैरहवाबाट Rama-Shyama Trade Link सञ्चालन गर्दै धेरैजनालाई रोजगारी दिएका छन्।
उनको यात्रा नेपालमै बसेर पनि सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण हो। 🇳🇵