01/07/2026
जानकारी सम्बन्धमा:-
मध्यवर्षाको यो कठिन समयमा मेची राजमार्ग र इलाम सदरमुकामसँगको आवतजावत सहज बनाउन तथा फिक्कल–नयाँबजार सडकखण्डअन्तर्गत मयू खोलामा आवश्यक बेली ब्रिज निर्माणको प्रक्रिया अगाडि बढिरहेको छ।
यस कार्यका लागि माननीय प्रेमलाल चौधरीज्यू सक्रिय रूपमा लागिरहनुभएको छ भने भौतिक पूर्वाधार मन्त्री ज्यूका सचिव शंकर ज्ञावालीज्यू,पार्टीका केन्द्र सदस्य मिलन लिम्बूज्यू बाट आवश्यक समन्वय र पहल भइरहेको छ। केही दिनभित्र प्रक्रिया पूरा हुनेमा हामी आशावादी छौँ।
बेली ब्रिज निर्माण भएपछि आवतजावतमा अस्थाई राहत पुग्नेछ।
इलामवासीको समस्या समाधानका लागि हामी आफ्नो तर्फबाट सक्दो पहल र समन्वय गरिरहेका छौँ।