अप्पन प्रदेश राष्ट्रिय दैनिक

  • Home
  • Nepal
  • Janakpur
  • अप्पन प्रदेश राष्ट्रिय दैनिक

अप्पन प्रदेश राष्ट्रिय दैनिक Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अप्पन प्रदेश राष्ट्रिय दैनिक, Grocers, Janakpur.

महिला साना किसान कृषि सहकारी संस्था लि. लक्ष्मीनियाँको ८औँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्नभागचरण यादवजनकपु...
27/12/2025

महिला साना किसान कृषि सहकारी संस्था लि. लक्ष्मीनियाँको ८औँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

भागचरण यादव

जनकपुरधाम १२ पुष । महिला साना किसान कृषि सहकारी संस्था लि. लक्ष्मीनियाँ, धनुषाको ८औँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका सचिव डा. उमेश दाहालज्यूको प्रमुख आतिथ्य,अतिथि जनकपुरधाम उप-महानगरपालिका वाड न१४ का वाडा अध्यक्ष पुण्य प्रताप यादव तथा संस्था अध्यक्ष बबिता देवी यादवज्यूको अध्यक्षतामा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा सहकारीको आर्थिक, संस्थागत तथा कार्यक्रमगत प्रगतिबारे विस्तृत छलफल गरिएको थियो। साथै किसानहरूको हकहित संरक्षण तथा उत्पादनमुखी सहकारी अभियानलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।

अधिवेशनका अवसरमा पशु बीमा कार्यक्रम अन्तर्गत दुई जना किसानलाई पशु बीमा दाबी भुक्तानी प्रदान गरिएको छ। प्रति किसान रु. ७०,०००/- का दरले ७० प्रतिशत रकम हस्तान्तरण गरिएको हो।

त्यसैगरी कार्यक्रममै उत्कृष्ट शेयर सदस्य पुरस्कार, असल ऋणी पुरस्कार तथा बाल बचतकर्ता सदस्य पुरस्कार समेत प्रदान गरी सदस्यहरूलाई सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा संस्थासँग आबद्ध करिब १२०० जना सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सहकारीमार्फत आत्मनिर्भर किसान निर्माण र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा यस्ता कार्यक्रमहरू महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए।

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when अप्पन प्रदेश राष्ट्रिय दैनिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category