28/06/2024
प्रिया जिन्दगी तिमी सन्चो नभएकोले यसपाली माटोलाई छुन सकिएन, माटो र धानको बिउ संग प्रीत गास्न पाइएन । प्रिया देशप्रेमी, माटोलाई माया गर्न जान्ने, सजाउन जान्ने, सिँगार्न जान्ने माटोको सुगन्धलाई बास्ना लिन जान्ने किसान आमा, बुवा , दाजुभाइ तथा दिदीबहिनीहरु तपाईहरुको कृषि प्रतिको मायालाई सम्मान छ । तपाईंले मानो रोपेर मुरी फलाएको बालीलाई त्यसको विभिन्न हाम्रो नेपाली मौलिक, लोक तथा रैथाने परिकार बनाएर त्यसको मूल्य र महत्व बढाउने कार्यमा लागिपरेका छौ हामी । जसको कारणले गर्दा तपाईंले फलाएको, उब्जाएको रैथाने उत्पादनले उचित मूल्य पाउने छ । जसको लागि हामी अहिलेको राज्यको कृषि नीति राजनीतिक कार्यकर्ता नीति भएकोले यसको विरोधमा छौ, तपाईहरुको साथको आवश्यकता छ । राज्य कृषि बिचौलियाहरु संग मिलेर हाम्रो उत्पादनलाई मूल्यहीन बनाएको छ । बीउ नक्कली दिने, नफल्ने, समयमा मल नदिने र विभिन्न वहानामा किसानलाई मार्ने काम राज्य बाटै भइरहेकोले यसको विरोधमा हामी किसानहरू लाग्नु पर्छ । अब नेपाली कृषि उत्पादनलाई र त्यसबाट बनेको खान परिकार र पेय पदार्थलाई पहिलो प्राथमिकता दिनको लागि हामी सबै मिलेर राज्यलाई खबरदारी गर्नु पर्छ । त्यति गर्दा पनि भयन भने हामीले सडक देखि सदन सम्म आन्दोलन गर्न बाध्य हुने छौ । प्रिया कृषि मनहरु अहिले रोपेको धानको बाला सँगै मंसिरमा अंगालो हालेर प्रित गाँस्नु छ, लटरम्म फलेको धानको बाला सँगै लुकामारी खेल्नु छ । अनि सोल्ट र सोल्टिनीहरु बीच प्रित साट्नु छ । तिमीले कुटेर,निफानेर, केलाएर सफा गरेको चामलको मिठो मिठो परिकार बनाउनु छ । ती परिकारहरू देश विदेशका पाहुनाहरुलाई खुवाएर नेपाली स्वादको परिचय दिनु छ । अनि ती पाहुनाहरुले भन्ने छन् अहा...वा .... नेपाली स्वाद
# नेपाली खाना अभियन्ता # चौरासी व्यञ्जन #खाने कथा #खाना यात्री भोकन्ते # facebook/YouTube :- chef premlal ghising/ khane katha