Pradip Thapa

Pradip Thapa actor

02/09/2026

यो दुःखको घडीमा थोरै भए पनि साथ दिने उद्देश्यले सानो सहयोग गर्ने प्रयास गरेका छौँ। ❤️🙏

01/09/2026

यो दुःखको घडीमा थोरै भए पनि साथ दिने उद्देश्यले सानो सहयोग गर्ने प्रयास गरेका छौँ
हाम्रो यो सानो सहयोगले उहाँहरूको पीडामा केही राहत मिलोस् भन्ने चाहना छ।
सक्नेले सकेको सहयोग गरौँ, मानवताको हात बढाऔँ।

31/08/2026

पानी परिरहेको कठिन रातको समयमा साँखु क्षेत्रमा अलपत्र अवस्थामा रहेका ४ वटा बाच्छाको उद्धार गरेका छौँ। बोल्न नसक्नेहरूको पीडा बुझौँ, सडकमा छोडिएका यी निर्दोष जीवहरूको जीवन बचाऔँ। 🌧️🐄जति कठिन भए पनि, सडकमा दुःख पाइरहेका यी निरीह प्राणीहरूको जीवन बचाउनु हाम्रो जिम्मेवारी हो। 🙏
गौमाता संरक्षण तथा उद्धार अभियानमा तपाईंहरूको साथ, सहयोग र माया निरन्तर रहोस

31/08/2026

झापादेखि काठमाडौंसम्म सडकमा दुःख पाइरहेका गाईबाच्छाहरूको आहारका लागि खेम भट्टराई सरले २२ बोरा मकैको पिठो सहयोग गर्नुभएकोमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ उहाँको यो सहयोगले सडकमा रहेका गाईबाच्छाहरूको भोक मेटाउन ठूलो सहयोग पुग्नेछ। यस्ता सेवाभावी मनहरूकै साथ र सहयोगले हाम्रो अभियानलाई अझै अगाडि बढाउन प्रेरणा मिलेको छ

30/08/2026

सडकमा भोक, प्यास, चोट र दुर्घटनाको जोखिममा रहेका गाई–बाच्छाहरूलाई देख्दा बेवास्ता नगरौँ। उनीहरूलाई सुरक्षित स्थानमा उद्धार गरी उपचार, खाना र आश्रयको व्यवस्था गर्न हामी सबैले हातेमालो गरौँ। सडकमा असहाय अवस्थामा रहेका गाई–बाच्छालाई सुरक्षित स्थानमा ल्याई आवश्यक उपचार, खाना र संरक्षण दिने प्रयासमा हामी निरन्तर लागिरहेका छौँ।

28/08/2026

सडकमा गाईगोरुले दुख पाउनु साँच्चै पीडादायक कुरा हो। सरकारले यस्को दिगो नीति, राष्ट्रिय स्तरको पशु आश्रय नीति, लागू नगरेसम्म यो समस्या सधैं उस्तै दोहोरिरहन्छ। पशु कल्याण ऐनको कडा कार्यान्वयन, दण्ड प्रावधान, र स्थानीय तहसँग मिलेर समुदायमा चेतना जगाउनु जरुरी छ। नत्रभने हिन्दू संस्कृतिमा पवित्र मानिने गाईलाई यसरी पीडा खेप्न बाध्य पारिनु सामाजिक लाजको कुरा पनि हो। एकातिर हाम्रो संस्कृतिको सम्मान, अर्कातिर व्यावहारिक जिम्मेवारी सबभन्दा ठूलो कुरा त निरन्तर दबाब र चेतना हो। हामी बोलिरह्यौं भने, नीति पनि बदलिन बाध्य हुन्छ। ढिलोचाँडो, निरन्तरताले नै फरक पार्छ। त्यसैले आशा राखौ परिवर्तन सम्भव छ

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि आवश्यक राहत सामग्री संकलन गर्न आर्थिक सहयोग गर्न चाहनेहरुले प्...
28/08/2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि आवश्यक राहत सामग्री संकलन गर्न आर्थिक सहयोग गर्न चाहनेहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा योगदान पुर्‍याउन सक्नुहुनेछ। सबैले सकेको सहयोग गर्दिनु होला है

26/08/2026

आज फेरि एउटा अबोध बाच्छाको उद्धार

24/08/2026

हामी सबै मिलेर आवाज उठाऔँ, गाईबाछालाई बचाऔँ, र सरकारले ठोस नीति बनाएर राष्ट्रिय रूपमा व्यवस्थापन गर्न दबाब गरौ

Address

Dhankuta
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Pradip Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category