24/06/2026
*📢 मोहर्रम सम्बन्धी सूचना 📢*
*_हिजरी_10/01/1448_ ईसवी_26/06/2026 नेपाली गते 12/03/2083_ Friday*
नेपाल मुस्लिम शान्ति समाज
केन्द्रीय कार्यालय: बलवा नगरपालिका–११, रौजा बजार महोत्तरी,
नेपाल मुस्लिम शान्ति समाजका सम्पूर्ण मुस्लिम समुदाय, सदस्य तथा शुभेच्छुकहरूमा जानकारी गराइन्छ कि पवित्र मोहरर्रम महिनाको अवसरमा धार्मिक कार्यक्रम, दुआ, मिलाद, फातिहा तथा अन्य धार्मिक गतिविधिहरू शान्तिपूर्ण, मर्यादित र आपसी सद्भाव कायम राखी सम्पन्न गर्न अनुरोध गरिन्छ।
सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूलाई मोहर्रमको महत्वलाई आत्मसात गर्दै एकता, धैर्यता, त्याग र मानव सेवाको सन्देश फैलाउन हार्दिक अनुरोध गरिन्छ। साथै स्थानीय प्रशासनका नियमहरूको पालना गर्दै सामाजिक सद्भाव कायम राख्न सबैमा आग्रह गरिन्छ। कुनै पनि खराब कार्य न गर्नु होला! जस्तै कि रक्सी, नशालु पदार्थ, टेबलेट, इन्जेक्सन आदि इत्यादि,
मोहर्रमले हामीलाई सत्य, न्याय, धैर्यता र बलिदानको सन्देश दिन्छ।साथै 9 र 10 मोहर्रम को दिन ब्रत (रोजा) अवश्य बस्नु होला "सम्पूर्ण मुस्लिम समुदायमा मोहर्रमको मुबारकबाद । 🤲
जारीकर्ता:आलम कवारी_
अध्यक्ष :नेपाल मुस्लिम शान्ति समाज, केन्द्रीय कार्यालय, बलवा नगरपालिका–११, रौजा बजार महोत्तरी नेपाल,