Toll lamki

Toll lamki Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Toll lamki, Grocers, Kailali, Kathmandu.

01/02/2025

#

४० घरको बस्तीमा बाढी पस्यो, एक होस्टेल र ४ घर बगेसोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा आएको बाढीले के...
16/08/2024

४० घरको बस्तीमा बाढी पस्यो, एक होस्टेल र ४ घर बगे
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा आएको बाढीले केही घर बगाएको छ ।
हिम ताल फुटेर बाढी आएको आशंका गरिए पनि यकिन भइसकेको छैन । दूधकोशी नदीमा आएको बाढीले ४ वटा घर र एउटा होस्टेल बगाएको प्रहरीले जनाएको छ । थामेमा ४० घरको बस्ती भएपनि अहिले सबै घरमा परिवार नरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक रोशन खड्काले अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको बताए । घटनास्थलमा प्रहरी पुगेको र क्षति विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । तस्बिरः रासस

अछामको पञ्चदेवल विनायक नगरपालिकाका मेयर र उपमेयर दुई महिनादेखि काठमाडौँबाट पालिकाकाे काममा नफर्कीएपछि स्थानीयहरू सेवाबाट...
11/08/2024

अछामको पञ्चदेवल विनायक नगरपालिकाका मेयर र उपमेयर दुई महिनादेखि काठमाडौँबाट पालिकाकाे काममा नफर्कीएपछि स्थानीयहरू सेवाबाट बञ्चित भएका छन् । स्थानिय सेवाग्राहीका अनुसार मेयर अम्बिका चलाउने र उपमेयर हर्कबहादुर रावल दुबै जना लामो समयदेखि पालिका बाहिर रहँदा पालिकाका दैनिक कार्य सञ्चालनसँगै सेवाग्राहीहरु पालिकाको सेवा लिनबाट बञ्चित भएका हुन् ।

शौर्य प्लेन दुर्घटनामा बाँचेका क्याप्टेन मनिष शाक्य भन्छन्, 'करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्...
25/07/2024

शौर्य प्लेन दुर्घटनामा बाँचेका क्याप्टेन मनिष शाक्य भन्छन्, 'करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो । त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन । एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट निस्कन लाग्दा कसैले मलाई तानेको याद छ !'

धनगढी । राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुको साटो अल्पमतमा पर्नुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्...
25/07/2024

धनगढी । राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुको साटो अल्पमतमा पर्नुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (बिहीबार) पुन: मन्त्रीमण्डल हेरफेर गर्नुभएको छ ।

नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि रिक्त रहेको ती मन्त्रालयमा एकीकृत समाजवादी र नेकपा माओवादीका प्रदेश सभा सदस्यलाई जिम्मेवारी दिनुभएको छ । एकीकृत माओवादीका अक्कलबहादुर रावललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिनुभएको छ भने नेकपा माओवादी केन्द्रकी प्रदेश सभा सदस्य लक्ष्मी विकलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएको छ ।

त्यस्तै भौतिक पूर्वाधार मन्त्रीमा कैलाश चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापा, सामाजिक विकासमन्त्री ओमविक्रम भाट र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया पन्तलाई बनाइएको छ । यसअघि भागबन्डा मिलाउन मुख्यमन्त्री सोडारीले सातवटा मन्त्रालय टुक्रयाएर १० वटा बनाउनुभएको थियो । अहिले पुन: मन्त्रिपरिषद्‌बाट निर्णय गर्दै त्यसलाई घटाएर सातवटा कायम गर्नुभएको छ ।



वैशाख २० गते एमालेले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा पर्नुभएको छ । प्रदेशमा अहिलेसम्म बजेट पारित नहुँदा बजेट शून्यताको अवस्था छ । सरकारको खर्च आम्दानी पनि ठप्प छ । मुख्यमन्त्री सोडारीले बजेट अधिवेशन अन्त्य गरे पछि कांग्रेस-एमालेको आग्रहमा प्रदेश प्रमुखले प्रदेश सभाको विशेष बैठक पनि आह्वान गरिसक्नुभएको छ । तर मुख्यमन्त्री सोडारी उक्त बैठकमा पनि सहभागी नभएपछि सभा पुन: अनिश्चित समयका लागि स्थगित गरिएको छ ।

५३ सदस्यीय प्रदेश सभामा नयाँ सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । कांग्रेसका १८ र एमालेका ११ सदस्य भएकाले सहजै सरकार बन्ने अवस्थामा छ ।

कांग्रेस-एमालेले लिखित रूपमै राजीनामा दिन पटक-पटक आग्रह गरे पनि मुख्यमन्त्री सोडारीले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने भन्दै अहिले नै राजीनामा नदिने अडान राख्नुभएको छ । खासगरी एमालेका आर्थिक मामिलामन्त्रीले बजेट ल्याएर पास नगरी सरकार छाडेपछि सोडारी रुष्ट हुनुभएको छ । मुख्यमन्त्री सोडारी र एमालेको इगोका कारण प्रदेशमा बजेट शून्यताको अवस्थाले भने आर्थिक संकट चुलिँदै गएको छ ।

बुधबार भएको विमान दुर्घटना र करिब दुई हप्तादेखि त्रिशुलीमा हराइरहेका बसका यात्रुको सम्झनामा दीप प्रज्वलन । नेविसंघ त्रिच...
25/07/2024

बुधबार भएको विमान दुर्घटना र करिब दुई हप्तादेखि त्रिशुलीमा हराइरहेका बसका यात्रुको सम्झनामा दीप प्रज्वलन । नेविसंघ त्रिचन्द्र इकाइले बिहीबार दीप प्रज्वलन गरेको हो । तस्बिर : संजित परियार/नयाँ पत्रिका

Address

Kailali
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Toll lamki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category