बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ

  • Home
  • Nepal
  • Kathmandu
  • बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ

बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ, Grocers, Kathmandu.

19/02/2025

उपस्थितिको लागि सम्पुर्ण मा हार्दिक आग्रह गर्दछौ ।

आज भाद्र २६ ओम्स नेपाल को दोस्रो स्थापना दिवस को अवसर मा देश का विभिन्न  स्थान हरुमा निम्न अनुसार को कार्यक्रम हरु सम्पन...
11/09/2024

आज भाद्र २६ ओम्स नेपाल को दोस्रो स्थापना दिवस को अवसर मा देश का विभिन्न स्थान हरुमा निम्न अनुसार को कार्यक्रम हरु सम्पन्न भयो ।

१-मदेश प्रदेश
#-बिरगंज ईकाई कमिटी द्वारा मानबसेवा आश्रम मा फलफुल एबम बिस्कुट बितरण तथा भोजन सेवा सहयोग साथै आश्रम प्राङ्गणमा बृक्षारोपण कार्यक्रम र केक काटेर कार्यक्रम मनाईयो ।
#-जनकपुर ईकाई कमिटी द्वारा मानव सेवा आश्रम मा भोजन सेवा सहयोग

२-बागमती प्रदेश
#-नारायणी ईकाई कमिटी द्वारा मन्जु श्री असहाय संरक्षण केन्द्र भरतपुर मा खाजा तथा कपडा बितरण

३-लुम्बिनी प्रदेश
#-लुम्बिनी प्रदेश कमिटी द्वारा मानव सेवा आश्रम बुटवल मा भोजन सेवा सहयोग

४-सुदुर पश्चिम
#-सुदुर पश्चिम प्रदेश कमिटी द्वारा जिफन्ट कार्यालय मा बृक्षारोपण कार्यक्रम तथा मानव सेवा आश्रम धनगढी मा भोजन सेवा सहयोग

५-गण्डकी प्रदेश
#- गण्डकी प्रदेश कमिटी द्वारा
खाध्यान्न बितरण कार्यक्रम
हरिहर सन्यास आश्रम
पोखरा २०, भलाम।

ओम्स नेपाल को दोश्रो स्थापना दिवस को शुभकामना 🌷
11/09/2024

ओम्स नेपाल को दोश्रो स्थापना दिवस को शुभकामना 🌷

11/09/2024
बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपालकाे अध्यक्षमा सुर्य पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बु...
25/08/2024

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपालकाे अध्यक्षमा सुर्य पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा भएको प्रथम महाधिवेशनबाट पराजुलीको अध्यक्षतामा २६ सदस्यीय केन्द्रिय समिति गठन गरिएको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा बसन्तराज सिग्देल तथा उपाध्यक्षहरुमा क्रमश: राजन कार्की, डम्मरबहादुर ठकुल्ला र शैलेस न्यौपाने निर्वाचित भएका छन् । त्यस्तै गरि संस्थाकाे महासचिवमा नवराज भुर्तेल, उप महासचिवमा जनक ढकाल र बाबुराम पाैडेल, सचिव पदमा क्रमश: किशोरबाबु पुरी , पंकजकुमार मिश्र र सुवास कुमार श्रेष्ठ, काेषाध्यक्षमा सुर्य पराजुली (ख) निर्वाचित भएका छन् । समितिको केन्द्रीय सदस्य १४ जना गरि २६ जनाकाे समिति निर्वाचित भएका छन् भने बाँकी ९ जनाकाे पछि मनाेेनित गरिने छ ।

यसै गरि उक्त महाधिवेशन बाट ऋषि अधिकारी को संयोजकत्व मा राष्ट्रिय प्रतिनिधि परिसद पनि गठन गरिएको छ परिसद को सहसंयोजक मा युबराज खनाल चयन हुनुभएको छ ।

महाधिवेशनकाे उद्घघाटन सत्रकाे प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट नेपाल ) का केन्द्रीय अध्यक्ष विनाेद श्रेष्ठले गर्नुभएको थियाे । नेपाल भरि छरिएर रहेका बजार प्रतिनिधिहरुलाई संगठित गराउँदै उनीहरुकाे हकहितका लागि संस्थाले काम गर्दै आएको छ ।

ओम्स नेपाल मजदुरहरुको ट्रेड यूनियन संस्था जिफन्टसँग आबद्ध संस्था हो । महाधिवेशनमा बजार व्यवस्थापन तथा बिक्री कर्मचारीका हक हित, उनीहरुलाई सामाजिक सुरक्षा सहित सम्मानजनक तलब , बीमा लगायतका विषयमा छलफल हुने र सरकारसंग श्रमिकमैत्री नीति निर्माणका लागि पहल गर्ने छ। देशभरका करिब ५ हजार जना सदस्य रहेकाे संस्थाकाे महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरि करिब सात सयकाे उपस्थिति रहेकाे थियाे ।

23/08/2024
20/08/2024

काठमाडौं । बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ (ओम्स) नेपालको पहिलो राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ .....

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category