Im Basil

Directions Contact the business

Im Basil Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Im Basil, Grocers, Kathmandu.

Im Basil (म तुल्सी) हेलो नमस्कार सबैजनामा। म मेरो यो पेजमा नेपाल तथा विदेशका ताजा ताजा समाचारहरू पोस्ट गर्ने मेरो प्रयास हुनेछ यदि तपाईँलाई पनि यी समाचारहरु मनपर्यो राम्रो लाग्यो भने मेरो च्यानलमा एक फलो भने जरुर। Thanks.

28/10/2026

मकवानपुर जिल्लाको रातोमाटे प्रहरी चौकी बाट खटिएको प्रहरी द्वारा भारतीय नम्बर प्लेटको स्कार्पियो बाट ४२ किलो ४१० ग्राम प्रतिबन्धित ला 'गूऔषध गाँजा बरामद गरेको छ।

गुल्मीमा स्कारपियो दुर्घटना : मृतक र घाइतेको नामावलीगुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकम...
26/10/2026

गुल्मीमा स्कारपियो दुर्घटना : मृतक र घाइतेको नामावली

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा.अ. ०२२० नम्बरको स्कारपियो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो।

मृतकको नामावली

घटनास्थलमै मृत्यु भएका
१. दिलीपकुमार बगाले, ६७ वर्ष, वालिङ नगरपालिका–२, स्याङ्जा (चालक)।
२. शिव पराजुली, ६० वर्ष, वालिङ नगरपालिका–१०, स्याङ्जा।
३. लोकनाथ पाण्डे, ५०/५५ वर्ष, घर कालीगण्डकी गाउँपालिका–१, सिरकोट, गुल्मी; हाल वालिङ, स्याङ्जा।
४. सीता पाण्डे, उमेर नखुलेको, घर कालीगण्डकी गाउँपालिका–१, सिरकोट, गुल्मी; हाल बुटवल।
५. कुलानन्द पाण्डे, उमेर नखुलेको, घर कालीगण्डकी गाउँपालिका–१, सिरकोट, गुल्मी; हाल बुटवल, खैरेनी।

उपचारका क्रममा मृत्यु
६. नीता बगाले, उमेर नखुलेको, वालिङ नगरपालिका–२, स्याङ्जा। उपचारका क्रममा कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा मृत्यु।

घाइतेको नामावली

१. छविलाल पाण्डे, उमेर नखुलेको, कालीगण्डकी गाउँपालिका–१, सिरकोट, गुल्मी। कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको।

२. गोमता पाण्डे, ५०/५५ वर्ष, घर कालीगण्डकी गाउँपालिका–१, सिरकोट, गुल्मी; हाल वालिङ नगरपालिका, स्याङ्जा। मिसन अस्पताल, पाल्पामा उपचार भइरहेको र अवस्था मध्यम रहेको।

३. बालकृष्ण सुवेदी, उमेर नखुलेको, वालिङ नगरपालिका–१०, स्याङ्जा। कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचार भइरहेको र अवस्था मध्यम रहेको।

25/10/2026

भन्सार छलिको चिनी नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरी माथिनै हातपात
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोरा भन्दा बढी चिनी सिटिसफारिको डिकिमा लुकाएर लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले उक्त चिनी नियन्त्रणमा लिएको छ भने व्यवसायी महिलालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको सशस्त्र प्रहरी श्रोतले जानकारी दिए ।

16/10/2026

रेसुङ्गा नगरपालिका -१३ मा बृद्धाकाे सुनकाे सिक्रि लुटपाट गरि बृद्धालाई कुटपिट गर्ने यी युवक प्रहरी को फन्दामा।

11/10/2026

दु:खद खबर्😭 नेपालमा फेरि अर्को बाढी
गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ३, न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसी नदीको बहाव निरन्तर बढिरहेको। #𝐒𝐚𝐝𝐍𝐞𝐰𝐬

07/10/2026

दु:खद खबर 😭
झापा जिल्लाको बिर्तामोडमा भीषण आगालागी।

पूर्वाधार विकास मन्त्रालयले संघीय संसद सचिवालयलमा दर्ता गराएको भवन ऐन २०८३ विधेयकको विशेषता (प्रस्ताव) हरु: - पहिलोपटक घ...
03/10/2026

पूर्वाधार विकास मन्त्रालयले संघीय संसद सचिवालयलमा दर्ता गराएको भवन ऐन २०८३ विधेयकको विशेषता (प्रस्ताव) हरु:

- पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको टाइप डिजाइन तथा मापदण्ड अनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने । गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई समेत आवश्यक प्रकृतिजन्य सामग्री निःशुल्क उपलब्ध गराउने ।

- गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट ५० हजार रुपैयाँ र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउने ।

- विपत, असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने ।

- मध्यम आय भएका नागरिकका लागि सुरक्षित, भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माण तथा उपलब्ध गराउने । २० लाखदेखि ७५ लाख रुपैयाँसम्म लागत पर्ने यस्ता घर ९ सयदेखि १ हजार ३ सय प्लिन्थ क्षेत्रका हुने ।

02/10/2026

के हुँदैछ र किन हुदैछन मान्छे यस्तो
ईलाका प्रहरी कार्यलयकै आगाडी लाडाइ झगडा
कता जादैछ समाज।

12/09/2026

दु:खद खबर 😭
हिजो भाद्र २६ गते भरतपुरमा इलेक्ट्रोनिक कारमा आगालागी भएको र प्रत्यक्ष दर्सी ले भिडियो मै भन्नुभएको मान्छे भित्रै फसेको ले गर्दा मृत्यु हुन पुगेको।

भिडियो सामाजिक संजाल आयुस श्रेष्ठ

11/09/2026

दु:खद खबर
माइती घर मण्डलामा अस्ति मात्र महिलाले आत्मादा को प्रयास के हुदैछ देसमा

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Im Basil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Im Basil:

Shortcuts

Share

Category