Organic Vegan Agriculture Pvt. Ltd

Organic Vegan Agriculture Pvt. Ltd Organic Vegan Agriculture अपनाउँ आफू पनि बचाउ धर्तीला?

जैतुनको तेलको खेती र स्वास्थ्य लाभजैतुनको खेती (ओलिभ फार्मिङ्ग)जैतुनको रूख विशेष गरी शीतोष्ण जलवायु भएको क्षेत्रमा उब्जन...
03/12/2025

जैतुनको तेलको खेती र स्वास्थ्य लाभ

जैतुनको खेती (ओलिभ फार्मिङ्ग)

जैतुनको रूख विशेष गरी शीतोष्ण जलवायु भएको क्षेत्रमा उब्जन्छ। नेपालको पहाडी भेगमा यसको खेती सम्भव छ। यो रूख सामान्यतया ८–१५ मिटर अग्लो हुन्छ र यसलाई ५–६ वर्षपछि फल्न थाल्छ।

खेतीका आवश्यक पूर्वाधार:

· जलवायु: शुष्क गर्मी र हल्का जाडो भएको क्षेत्र
· माटो: पानी नजम्ने बलौटे माटो (well-drained soil)
· सिंचाई: सुख्खा मौसममा सिंचाई आवश्यक
· कटाइ: अक्टोबर–डिसेम्बरमा फल तयार हुन्छ

जैतुनको तेलका स्वास्थ्य लाभ

जैतुनको तेल (ओलिभ अयिल) "तरल सुन" भनेर चिनिन्छ, जसका धेरै स्वास्थ्य लाभहरू छन्:

१. हृदय स्वास्थ्य

· रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ
· खराब कोलेस्ट्रल (LDL) घटाउँछ र राम्रो कोलेस्ट्रल (HDL) बढाउँछ
· हृदयघात र स्ट्रोकको जोखिम कम गर्छ

२. एन्टिअक्सिडेन्ट युक्त

· ओलिओक्यान्थल जस्ता शक्तिशाली एन्टिअक्सिडेन्टहरू समावेश गर्दछ
· शरीरका कोषहरूलाई क्षति पुर्याउने फ्री रेडिकलबाट जोगाउँछ
· सूजन कम गर्न मद्दत गर्छ

३. मधुमेह नियन्त्रण

· रक्त शर्करा नियन्त्रणमा सहयोग गर्छ
· इन्सुलिन संवेदनशीलता बढाउँछ

४. पाचन प्रणाली

· पाचन क्रिया सुधार गर्छ
· कब्जियत कम गर्न मद्दत गर्छ

५. अन्य लाभहरू

· मस्तिष्क स्वास्थ्यलाई सहयोग गर्छ
· हड्डी स्वास्थ्य राख्न मद्दत गर्छ
· त्वचा र कपालका लागि पनि फाइदाजनक

प्रयोग विधि

· अतिरिक्त भर्जिन ओलिभ अयिल: सलाद, ड्रेसिङ्ग, मारिनेडमा प्रयोग गर्न उत्तम
· पकाउँदा: मध्यम तातोमा मात्र पकाउनुहोस् (धूवाँ निस्कने समयमा पकाउनु हुँदैन)
· भिटामिन E को स्रोत: त्वचामा सिधै लगाउन पनि उपयोगी

सावधानी

जैतुनको तेलमा क्यालोरी उच्च हुन्छ, त्यसैले संतुलित मात्रामा सेवन गर्नुपर्छ। दैनिक १-२ टेबलस्पून भन्दा बढी सेवन गर्नुहुँदैन।

जैतुनको तेलको खेती पर्यावरण अनुकूल र किसानहरूको लागि आर्थिक रूपले फाइदाजनक हुन सक्छ, भने यसको सेवनले स्वास्थ्यलाई धेरै प्रकारले लाभ पुर्याउँछ।

मुलाको पातको जाडो (साग) बनाउने विधिसामग्रीहरू:· ताजा मुलाको पातहरू - १ ठूलो गुच्छा (लगभग ४-५ कप काटिएका)· तेल - २-३ टेबल...
29/11/2025

मुलाको पातको जाडो (साग) बनाउने विधि
सामग्रीहरू:

· ताजा मुलाको पातहरू - १ ठूलो गुच्छा (लगभग ४-५ कप काटिएका)
· तेल - २-३ टेबलस्पून (सरसोंको तेल प्रयोग गर्दा स्वाद राम्रो हुन्छ)
· जीरा - १/२ चिम्टी
· रायो - १ चिम्टी
· हरियो मिर्च (कुचलिएको) - १-२ वटा (मनपर्ने अनुसार)
· अदुवा (कुचलिएको) - १ चम्चा
· हल्दी पाउडर - १/२ चम्चा
· लसुन (कुचलिएको) - १ चम्चा (वैकल्पिक, तर राख्दा राम्रो)
· नुन - स्वादअनुसार
· निम्बू रस - १ चम्चा (वैकल्पिक, तर स्वाद बढाउँछ)

बनाउने विधि:

१. पात तयारी गर्ने:
* मुलाकोताजा पातहरू लिई, धेरै राम्रोसँग पानीले धुनुहोस् र काट्नको लागि तयार गर्नुहोस्।
* पातहरूकोडाँठ काट्नुहोस् (यदि डाँठ नरम छ भने सानो टुक्रा गरेर प्रयोग गर्न सकिन्छ)।
* पातहरूलाई सानो-सानोटुक्रामा काट्नुहोस्।

२. तड्काउने (तरकारी):
* एउटाभाँडोमा तेल तातो पार्नुहोस्।
* तेल तातोभएपछि जीरा र रायो हाल्नुहोस्। रायोको चटक आउँदासम्म पकाउनुहोस्।
* अब हरियोमिर्च, कुचलिएको अदुवा र लसुन हाल्नुहोस् र १-२ मिनेट भुट्नुहोस्।

३. पात पकाउने:
* भुटेकोमसलामा काटिएका मुलाको पातहरू र हल्दी पाउडर हाल्नुहोस्।
* राम्रोसँग चलाएर सबैमसला र पातहरू मिलाउनुहोस्।
* ढक्कन लगाएर मध्यम आँचामा५-७ मिनेट सम्म पकाउनुहोस्। बीच-बीचमा चलाउँदै गर्नुहोस् ताकि तलतिर नजलोस्।

४. सजिलो गर्ने:
* जब पातहरूनरम भएर ओइलाउँछन् र पकिसकेको हुन्छ, ढक्कन खोल्नुहोस्।
* नुन हाल्नुहोस्र आँच बढाएर पानी सुकाउँदै राम्रोसँग चलाउनुहोस्। तरकारी गिलो नभई सुक्खै हुनुपर्छ।
* आखिरमानिम्बू रस छर्केर मिलाउनुहोस्।

५. सर्विंग:
* तात्तैमुलाको पातको जाडोलाई दाल, भात, रोटी वा धैंचाको साथमा परोस्नुहोस्।

---

केही महत्त्वपूर्ण सुझावहरू:

· पातको छनोट: कोदालो र हरियो भएका पातहरू नलिईएको राम्रो हुन्छ, किनभने तिनीहरू कडा हुन्छन्। ताजा र कोमल पातहरू लिनुहोस्।
· समय बचत: यदि समय कम छ भने, पातहरूलाई अलिकति पानी र नुन हालेर २-३ मिनेट भापमा पकाउन सकिन्छ। पछि तेल तड्काएर मसला मिलाउनुहोस्। यसले पकाउने समय घटाउँछ।
· स्वाद विविधता: मन पराउँदा प्याज, टमाटर वा सानो मात्रामा बेसार पनि थप्न सकिन्छ।
· सजिलो पच्ने: मुलाको पात सजिलै पच्ने भएकाले यो बच्चा र बूढाहरूको लागि पनि उत्तम छ।

स्ट्रबेरी खेतिको  सम्बन्धित जानकारी  भूईंकाफल (स्ट्रबेरी – Strawberry) फ्रागार्या प्रजातिको विरूवा हो । यो फल विश्वव्याी...
28/11/2025

स्ट्रबेरी खेतिको सम्बन्धित जानकारी

भूईंकाफल (स्ट्रबेरी – Strawberry) फ्रागार्या प्रजातिको विरूवा हो । यो फल विश्वव्याी खेती गर्ने गरिन्छ भने यस फलको विशेष गन्ध यसको पहिचान बनेको छ । यो फल रातो रङ्गको हुने गर्दछ । यस फललाई ताजा फलको रूपमा साथै प्रशोधन गरि जाम, रस, आइसक्रिम, मिल्क शेकको रूपमा समेत खाने गरिन्छ ।

भूईंकाफल ( Strawberry)कस्तो हावापानीमा हुने बाली हो?

हावापानीको दृष्टिकोणले यो बाली शीतोष्ण प्रदेशीय हो। यसका विभिन्न जातहरु विभिन्न हावापानीमा अनुकूलित हुने किसिमले विकसित भएकोले यसको खेती समशीतोष्ण प्रदेशसम्म भैरहेको छ। यसको खेती संसारका धेरै देशहरुमा भैरहेको पाईन्छ र पौष्टिकताको हिसाबले महत्वपूर्ण मानिन्छ।

यसको खेती धरातलिय हिसाबले कति उचाई सम्म हुन्छ ?

यसको खेती समुद्र सतहबाट १००० देखि २००० मिटरसम्म सफलताका साथ भैरहेको छ। प्रशस्त घामको प्रकाश पुग्ने र सिंचाईको सुविधा पुर्‍याउन सकिने ठाउँमा यसको खेती राम्रो हुन्छ।

यसको गुणस्तरीय फल उत्पादन गर्न तापक्रमको कस्तो अवस्था रहनु पर्दछ?

यस बालीको वृद्धि र विकासको लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र ७ देखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ। ७ डिग्री सेल्सियस भन्दा तलको तापक्रम हुँदा र तुषारो पर्दा फूल मर्ने समस्या देखिन्छ। अतः हाल त्यस्तो प्रतिकूल मौसम भएका ठाउँहरुमा प्लाष्टिक हाउसमा खेती गर्ने चलन बढेको पाईन्छ।

यसको सफल खेतीको लागि कस्तो प्रकारको माटो बढी उपयुक्त मानिन्छ ?

प्रशस्त प्राङ्गारिक पदार्थ भएको, पानी नजम्ने तर पानी अडिने, हल्का बलौटे दोमट, हल्का अम्लिय पि.एच. मान ५.७ देखि ६.५ सम्म भएको माटो उत्तम मानिन्छ।

माटोको अम्लियपना र अन्य तत्वको कमीले बिरुवामा कस्तो असर पार्दछ?

माटोमापि.एच. को मात्रा बढी भएमा जराको वृद्धि विकास राम्रो हुँदैन। साथै क्याल्सियमको मात्रा बढी भएमा पात ओइलाउने समस्या बढी हुन्छ। एउटै जमिनमा धेरै वर्ष खेती गर्न राम्रो मानिँदैन।

भूईंकाफलका जातहरु कति छन् होला ?

नेपालमा थुप्रै जातहरु भित्र्याइएका छन् जसमध्ये प्रिमियर, नर्थवेष्ट, रेडकोर्ट, रोयल सोभरिन, आलब्रिटन, न्योहो, ओफ्रा, क्यामारोसा, ब्लेक मोर, ओनो आदि मुख्य हुन्।

यसका बिरुवा कसरी उत्पादन गरिन्छ ?

यसको बिरुवा तयार गर्दा फल फलिसकेका रनर्सलाई प्रयोग गरिन्छ। एउटा स्वस्थ्य बिरुवाबाट १२-१८ वटासम्म रनर्स तयार गर्न सकिन्छ। माउवोटबाट निस्केका लहराहरु भूईंको सम्पर्कमा आउँदा गाँठोबाट जरा निस्कन्छन् र नयाँ रनर्सको विकास हुन्छ।

यसका बिरुवाहरु तयार हुन कति अवधि पर्खनु पर्दछ ?

माघ-फाल्गुणमा लगाईएको बिरुवा जेष्ठ-आषाढमा रनर्सको रुपमा विकसित हुन्छन् र तिनीहरुलाई नर्सरी ब्याडमा सारेर हुर्काएपछि आश्विन-कात्तिकमा बगैंचामा सार्नको लागि तयार हुन्छन्।

भूईंकाफलको बिरुवा रोप्नु अगाडी जग्गाको तयारी कस्तो हुनु पर्दछ ?

यसका बिरुवा साना र लहरा जाने किसिमका भएकोले जग्गाको तयारीमा निकै ध्यान पुर्‍याउनु पर्दछ। माटोलाई २-३ पटक खनजोत गरी डल्ला फुटाई झारपात हटाई माटोलाई खुकुलो र बुरबुराउँदो बनाउनु पर्दछ।

प्रति रोपनीमा लगाउने बिरुवाको लागि कति परिमाणमा मलखादको प्रयोग गर्नु पर्ला ?

यसको लागि माटो निकै मलिलो चाहिने हुँदा प्रति रोपनी २.५ मे.टन गोबर वा कम्पोष्ट मल, ६-८ के.जी. यूरिया, ५-६ के.जी. डि.ए.पि. र ५-७ के.जी. म्यूरेट अफ पोटास आवश्यक पर्दछ। यसको अलावा जिंक सल्फेट ०.५%, क्याल्सियम सल्फेट ०.५%, र बोरिक एसिड ०.२% फोलिएर स्प्रे गर्दा उत्पादनमा वृद्धि हुन्छ।

यसका बिरुवाहरुकुन समय र कति दूरिमा लगाउन उचित हुन्छ ?

यसका बिरुवा बगैंचामा लगाउँदा भाद्र-आश्विन र माघ-फाल्गुणमा लगाउन उपयुक्त हुन्छ। बिरुवा देखि बिरुवाको दूरी ४५ से.मी. तथा लाईन देखि लाईनको दूरी ७५ से.मी. राख्नु उचित हुन्छ। एक रोपनी जमिनको लागि १७५ देखि २२५ वटासम्म बिरुवाको आवश्यकता पर्दछ।

यसलाई अन्य बाली भन्दा केही विशेष हेरचाह गर्नु पर्दछ ?

यसका जराहरु माटोको सतहमै फैलिने हुँदा माटोमा प्रशस्त चिस्यान रहनु पर्दछ र झारपात बढ्न दिनु हुँदैन। यसको लागि कालो रङ्गको १.५ मि.मि. मोटाई भएको प्लाष्टिकले मल्चिङ्ग गर्‍यो भने चिस्यान पनि कायम रहन्छ र झारपात पनि पलाउन दिँदैन।

यसलाई सिंचाईको कति आवश्यकता पर्दछ ?

यसका जराहरु छोटो हुने र सतहमै फैलिने हुँदा माटोमा चिस्यान कायम राखी रहन आवश्यक हुन्छ।हिउँदको मौसममा कात्तिक देखि माघसम्म महिनाको दुई पटक सिंचाई गरे पुग्छ भने गर्मी मौसममा हप्ताकै दुई पटक सिंचाई गर्नु पर्ने हुन्छ।

भूईंकाफलका बिरुवालाई काटछाँट र तालिमको जरुरी हुन्छ ?

उत्पादनमा वृद्धि गर्न र गुणस्तरीय फल उत्पादन गर्न काटछाँट र तालिमको नितान्त आवश्यकता पर्दछ। बिरुवालाई तीन प्रकारले तालिम दिन सकिन्छ। पहिलो एक मूल प्रणाली जसमा शुरुमा रोपेको मूलबोट राखी अन्य सबै रनर्स उखेलेर हटाउनु पर्दछ। दोश्रो चार मूल प्रणाली जसमा पहिले रोपेको मूलबोटबाट चारबटा रनर्सलाई बढ्न दिईन्छ भने तेश्रो बहुमूल प्रणालीमा एक फिटसम्मको दूरीमा सबै रनर्सलाई बढ्न दिइन्छ र त्यसपछिका रनर्सलाई बढ्न नदिई सबैलाई उखेलेर हटाइन्छ।

यसको फल तयार हुन कति अवधि लाग्दछ?

फूल फुलेको करीब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिन पछि फल टिप्नलायक हुन्छ।

भूईंकाफलको फल पाकेको कसरी पहिचान गर्न सकिन्छ ?

फलको आधा चौथाई भागमा रङ्गको विकास भएपछि फल टिप्नलायक हुन्छ। ठीक्क पाकेको फल गुलाबी रातो सुन्तले देखि जात अनुसार बैजनी रङ्गको हुन्छ।

यसको फल कसरी टिप्नु पर्दछ ? के सबै फल एकै पटक टिप्न सकिन्छ ?

फल एकै पटक नपाक्ने भएकोले पटक पटक गरी टिप्नु पर्दछ। फललाई एक एक गरी भेट्नो सहित नङ्गले वा सानो खाले क्लिपरको सहायताले टिप्नु पर्दछ। नजिकको बजारको लागि फल पूरै पाकेपछि टिप्नु पर्दछ भने टाढाको बजारका लागि आधा रङ्ग विकसित भएपछि टिप्नु पर्दछ।

यसको उत्पादन प्रति रोपनी कतिसम्म लिन सकिन्छ?

यसको उत्पादन माटोको मलिलोपना, सिंचाई तथा मौसमले निर्धारण गर्दछ। सरदरमा लिने हो भने १-२.५ मे.टन सम्म उत्पादन भएको पाइएको छ।

यसबालीलाई कीराहरुले कतिको सताउँदछन् ?

अन्य बालीहरुको तुलनामा कीराहरुकमै लाग्दछन् तापनि रातो माकुरे, सुलसुले र जापानिज खपटे कीराहरुले नोक्सानी गर्दछन्।

यसमा लाग्ने रातो माकुरे कीरा कस्तो खालको कीरा हो र यसलाई कसरी नियन्त्रण गर्न गरिन्छ?

दुई थोप्ले रातो माकुरे, सुलसुले पातको तल्लो सतहमा बसी बिरुवाको पातबाट रस चुस्दछ र बिरुवा कमजोर भई उत्पादनमा ठूलो ह्रास हुन्छ। यसको नियन्त्रणका लागि मित्र जीवको संरक्षण तथा सुलसुलेनाशक डाइकोफोल १-२ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ।

यसलाई नोक्सानी गर्ने कीरा जापनिज खपटेको बारेमा पनि केही बताई दिनु हुन्थ्यो कि?

यसको माउ खपटेले फलमा प्वाल पारेर खान्छ भने लाभ्रेले जरा खाई नोक्सानी गर्दछ। यसको रोकथाम गर्न विविध उपाय गर्न सकिन्छ जस्तै खपटेलाई टिपेर नष्ट गर्ने, फेरोमन पासोको प्रयोग गर्ने र बढी आक्रमण भएमा पाइरिथ्रीन वा कार्बारिल जस्ता विषादिहरु १-२ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ।

यस बालीमा रोगको प्रकोप कस्तो छ ?

यस बालीमा देखा पर्ने रोगहरुमा खैरो ढुसी, कालो दाग हुने, खराने, पातको थोप्ले, जरा कुहिने आदि हुन्। यिनीहरु मध्ये खैरो ढुसी र जरा कुहिने रोगले बालीलाई बढी नोक्सानी गरेको पाईन्छ।

यस बालीमा खैरो ढुसी रोगले कसरी क्षति गर्छ र यसबाट बच्न के उपाय गर्नु पर्ला ?

यस रोगको ढुसीले आक्रमण गरेपछि फलमा खैरो धूलो जस्तो पाउडर देखिन्छ र रोगको प्रकोप बढी भएपछि फल सडेर जान्छ। यसलाई रोकथाम गर्न लक्षण देखिएका फलहरु टिपेर नष्ट गर्ने र फूल फक्रनासाथ थिराम वा क्याप्टन जस्ता विषादि १-२मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ।

यस बालीलाई आक्रमण गर्ने जरा कुहिने रोगको बारेमा पनि केही बताई दिनु हुन्छ कि ?

यस रोगको ढुसीले बालीको जरामा आक्रमण गर्दछ र जराहरु कुहिन्छन् फलस्वरुप जराले खाद्यतत्व सोसेर पठाउन सक्तैन र बिरुवा मर्दछ। यसको रोकथाम गर्नेसबैभन्दा राम्रो उपाय बाली-चक्र अपनाउने र बगैंचामा पानी जम्न नदिने नै हो तर रोगको आक्रमण बढी भएमा वेभिष्टिन २ मि.लि. प्रति लिटर पानीमा मिसाई माटो उपचार गर्न सकिन्छ।

के भूईंकाफलको फल लामो समयसम्म घामको सम्पर्कमा आउँदा नोक्सानी हुन्छ ?

लामो समयसम्म घामको सम्पर्क तथा सुख्खाको कारणले गर्दा फलको रातो रङ्ग विस्तारै हराउँछ र फलमा दाग देखिन्छ। माटोमा ठिक्कको चिस्यान कायम राख्ने र बढी घाम लाग्ने स्थानमा छायाँको व्यवस्था गरेमा यस समस्याबाट पार पाउन सकिन्छ।

एक्कासी फलको मुख फुट्ने र फल खोक्रो हुने समस्या पनि यदाकदा सुनिन्छ नि?

तापक्रममा आएको एक्कासीको परिवर्तनले गर्दा फलको टुप्पो फुट्ने साथै फल खोक्रो हुने गर्दछ जसलाई भ्यागुते मुख पनि भनिन्छ। यस्तो अवस्थालाई सहन गर्ने खालका जात पनि विकास भएका छन्।

कुनै कुनै अवस्थामा फलहरु बेआकारका हुने, एकनासको रङ्ग विकास नहुने जस्ता समस्या पनि सुनिन्छ नि के कारणले होला ?

वास्तवमा यस्ता समस्याहरु यदाकदा देखिन्छन्। यसका धेरै कारणहरु मध्ये मौरीको क्रियाकलापमा कमी आई राम्ररी परागसेचन नहुनु, माटोमा नाईट्रोजनको मात्रा बढी हुनु आवश्यकता भन्दा बढी चिसो र तुषारो मुख्य मानिन्छ।

बजारमा मुल्य र माग कतिको छ ?

राम्रो उत्पादन ४००-७०० होल्सेल मुल्य पर्दछ । बजारमा यस्को माग प्रसस्त रहेको छ ।

जुनार खेतीको विस्तृत रुपमा जानकारी नेपालमा सुन्तलाजात फलफूलहरू मध्ये जुनार तेस्रो ठूलो बाली हो। यो विशेष गरी रामेछाप र स...
23/11/2025

जुनार खेतीको विस्तृत रुपमा जानकारी

नेपालमा सुन्तलाजात फलफूलहरू मध्ये जुनार तेस्रो ठूलो बाली हो। यो विशेष गरी रामेछाप र सिन्धुली जिल्लाहरूको प्रमुख नगदे बालीको रूपमा प्रसिद्ध छ, जहाँ यसलाई उच्च मूल्यको बालीको रूपमा लिइन्छ।

१.उपयुक्त हावापानी र माटो
उचाई: समुद्री सतहबाट १००० देखि १६०० मिटर सम्मको उचाई जुनार खेतीका लागि उपयुक्त मानिन्छ।
तापक्रम: न्यूनतम तापक्रम ४^\circ\text{C} भन्दा कम नहुने र अधिकतम तापक्रम मध्यम भएको स्थान राम्रो हुन्छ। अत्यधिक सुख्खा र तातो हावापानीले फूल र फल लाग्ने प्रक्रियामा नराम्रो असर पार्न सक्छ।
माटो: राम्रो निकास भएको, प्राङ्गारिक पदार्थ (organic matter) प्रशस्त भएको र माटोको \text{pH} मान ५.५ देखि ७.० सम्म भएको दोमट वा बलौटे दोमट माटो सबैभन्दा उत्तम मानिन्छ।

२. जुनारको जात (Variety)
नेपालमा जुनारको खेती गरिँदै आएको स्थानीय जातमध्येबाट छनौट गरिएको एक मुख्य जात 'धनकुटा स्थानीय' हो। यो जात मध्य पहाडी क्षेत्रको ८०० देखि १३०० मिटर उचाईको लागि उपयुक्त छ र यसको फल मंसिरदेखि पाक्छ।

३. बिरुवा छनौट र रोपण (Planting)
बिरुवा: जुनार खेतीका लागि स्वस्थ, रोगमुक्त र विश्वसनीय नर्सरीबाट तयार पारिएका कलमी बिरुवा (Grafted plants) को प्रयोग गर्नुपर्छ। सामान्यतया जराका लागि (Rootstock) तीन पाते जातको प्रयोग गरिन्छ, जसले बोटको आयु बढाउन र उत्पादन बढाउन मद्दत गर्छ।
रोपण समय: बिरुवा रोप्ने उपयुक्त समय वर्षायाम सुरु हुनुभन्दा अगाडि जेठ-असार वा वर्षा सकिएपछि असोज-कार्तिक महिना हो।
दुरी: बोटबाट बोट र लहरबाट लहरको दुरी ६ मिटर \times ६ मिटर (६m \times ६m) वा विशेषज्ञको सिफारिस अनुसार राख्नुपर्छ।
खाल्डो तयारी: रोपण गर्नुभन्दा कम्तीमा १५ दिन अगाडि १ \text{ मिटर} \times १ \text{ मिटर} \times १ \text{ मिटर} आकारको खाल्डो खनेर माथिल्लो सतहको माटो र प्राङ्गारिक मल मिसाएर भर्नुपर्छ।

४. बगैंचा व्यवस्थापन (Orchard Management)
सिंचाई (Irrigation): सुख्खा याममा (विशेष गरी फूल फुल्ने र फल लाग्ने समयमा) नियमित रूपमा सिंचाई गर्नुपर्छ। फल राम्रो बनाउन र बोटलाई स्वस्थ राख्न पर्याप्त मात्रामा ओसको व्यवस्थापन आवश्यक हुन्छ।
मल व्यवस्थापन (Fertilizer Management):
मलको मात्रा र समय माटोको परीक्षण र बोटको उमेरमा भर पर्छ।
किसानहरूले प्रायः प्राङ्गारिक मल (गोबर मल) लाई प्राथमिकता दिन्छन् र यसको प्रयोग वर्षको २ देखि ३ पटकसम्म गर्न सकिन्छ।
रासायनिक मलको प्रयोग कृषि ज्ञान केन्द्र वा कृषि प्राविधिकको सल्लाह अनुसार गर्नुपर्छ।
काँटछाँट (Pruning): बोटलाई उचित आकार दिन र भित्रसम्म प्रकाश तथा हावा पुर्याउनका लागि नियमित रूपमा काँटछाँट गर्नुपर्छ। रोग लागेका वा सुकेका हाँगाहरू हटाउनु पर्छ।

५.रोग र कीरा व्यवस्थापन (Pest and Disease Management)
जुनार बालीमा लाग्ने प्रमुख रोग तथा कीराहरूलाई नियन्त्रण गर्न एकीकृत कीट व्यवस्थापन (IPM - Integrated Pest Management) प्रविधि अपनाउनु राम्रो हुन्छ। यसमा जैविक उपाय, उचित स्याहार सम्भार र आवश्यक परे मात्र सुरक्षित विषादीको प्रयोग गरिन्छ।
प्रमुख रोग:
फाइटोफेरा (Phytophthora): यो रोगले बोटको जरा र फेदमा क्षति पुर्‍याउन सक्छ।
सिँगा (Gummosis): फेदबाट खोटो बग्ने समस्या।
प्रमुख कीरा:
मिलीबग (Mealybug)
छिरा (Leaf Miner)

६. टिप्ने र भण्डारण (Harvesting and Storage)
फल टिप्ने: फलहरू राम्रोसँग पाकेपछि मात्र टिप्नुपर्छ। फललाई भुइँमा खसाली झार्ने काम गर्नु हुँदैन, बरु सावधानीपूर्वक टिपिनुपर्छ।
मूल्य अभिवृद्धि: जुनारको जुस (रस) लाई लामो समयसम्म सुरक्षित राख्न पेस्चुराइजेसन (Pasteurization) प्रविधि अपनाएर बजारमा ल्याउन सकिन्छ। रामेछाप र सिन्धुलीका सहकारी संस्थाहरूले यस्तो काम गरिरहेका छन् ।

७. आर्थिक महत्त्व
जुनार खेतीबाट एक पटकको लगानीपछि वर्षौंसम्म आम्दानी लिन सकिन्छ। जुनार फल भिटामिन र खनिज पदार्थको राम्रो स्रोत हुनुका साथै ताजा फलको माग बजारमा बढी हुन्छ। यसको व्यावसायिक खेतीले स्थानीय स्वरोजगार र भूक्षय नियन्त्रणमा समेत मद्दत गर्छ।

Allspice "सर्वाङ्ग मसला,"बार्ह मसला"Allspice लाई नेपालीमा सर्वाङ्ग मसला वा बार्ह मसला भनिन्छ। यसको वैज्ञानिक नाम Pimenta...
22/11/2025

Allspice "सर्वाङ्ग मसला,"बार्ह मसला"

Allspice लाई नेपालीमा सर्वाङ्ग मसला वा बार्ह मसला भनिन्छ। यसको वैज्ञानिक नाम Pimenta dioica हो र यो Myrtaceae परिवारमा पर्ने सदाबहार मसला–बिरुवा हो।
यसको नाम Allspice त्यस कारणले दिइएको हो कि यसको स्वाद र सुगन्ध दालचिनी (Cinnamon), ल्वाङ (Clove), जायफल (Nutmeg) र मरिच (Black Pepper) यी सबै मसलाको मिश्रण जस्तो हुन्छ।यसको दानाबाट आउने सुगन्ध हल्का मिठासयुक्त, तातो र मसलेदार हुन्छ।

Allspice एक सदाबहार (Evergreen) रुख हो, जसको उचाइ सामान्यतया १० देखि २० फिट (३–६ मिटर) सम्म पुग्छ।
यसको पातहरू बाक्ला, छालाजस्ता र सुगन्धित हुन्छन्, जसको प्रयोग कहिलेकाहीँ Bay Leaf (तेजपात) जस्तै खाना पकाउँदा गरिन्छ।
बिरुवामा गर्मी (Summer) समयमा साना सेता वा फुला रंगका फूलहरू फुल्छन्।
फल नै मसलाको रूपमा प्रयोग हुने भाग हो, जसलाई हरियो अवस्थामा टिपेर घाममा सुकाइन्छ। सुकाइसकेपछि फल खैरो रंगको र ठूलो मरिच (Peppercorn) जस्तो देखिन्छ।
यसको विरुवा चाहिए सम्पर्क गर्नु होला !
+9779843101641

"सखरखण्डको, फाइदाबारे जानकारी "सखरखण्ड वनस्पतिको जरा हो, जुन ‘स्टार्च’ले भरिएको हुन्छ तथा स्वाद गुलियो हुन्छ । यसको बोक्...
15/11/2025

"सखरखण्डको, फाइदाबारे जानकारी "

सखरखण्ड वनस्पतिको जरा हो, जुन ‘स्टार्च’ले भरिएको हुन्छ तथा स्वाद गुलियो हुन्छ । यसको बोक्रा पातलो र बाहिर खैरो वा हलुका कफी रङको हुन्छ र भित्र रातो रङको हुन्छ । यो विभिन्न रङको हुन्छ। यो कतै सुन्तला रङमा पाइन्छ भने कतै सेतो, बैजनी, पहेँलो वा नौनी ध्यू रङको पनि हुन्छ । नेपालमा कुनै भूभागमा यसलाई सखरखण्ड भनिन्छ भने कतै सुठुनी र तराईमा अलुवा पनि भनिन्छ । सखरखण्ड सफा गरेर बोक्रैसहित वा बोक्रा हटाएर काँचै वा उसिनेर वा पोलेर खान सकिन्छ । यसको पात पनि खान हुन्छ ।

सखरखण्डमा पाइने पोषक तत्व
सखरखण्ड फाइबर, भिटामिन बी र सीसँगै आइरन, क्याल्सियम, सेलेनियमजस्ता खनिजले भरिपूर्ण हुन्छ । यसबाहेक सखरखण्डमा बिटा–क्यारोटिन भन्ने पोषक तत्व प्रचूर मात्रामा पाइन्छ, जुन ‘एन्टिअक्सिडेन्ट’ हो । हामीले खाएको बिटा–क्यारोटिन शरीरमा भिटामिन एमा परिणत हुन्छ ।८० ग्राम सखरखण्डले नै हामीलाई पर्याप्त पोषण दिन्छ ।

के सखरखण्डले क्यान्सरको जोखिम घटाउँछ ?
क्यान्सर लगायत अन्य रोगको जोखिम घटाउने कुनै एउटा विशेष खानेकुरा वा ‘सुपरफुड’ छैन । किनभने क्यान्सर हुने सम्भावन भोजनसँग गाँसिएको छैन । तर, हामीले स्वस्थकर र पोषणयुक्त भोजन गरे क्यान्सरको जोखिम घट्ने विभिन्न अध्ययनले देखाएका छन् । फलफूल र सागसब्जीमा प्रचूर मात्रामा एन्टिअक्सिडेन्ट र ‘कम्पाउन्ड्स’ पाइन्छ, जसले हाम्रो शरीरलाई ‘फ्रि –याडिकल’ले गर्ने हानीबाट बचाउँछ । विभिन्न अध्ययनले सखरखण्डको बोक्रामा पाइने दुर्लभ एन्टिअक्सिडेन्ट र विशेषगरी वैजनी रंगको सखरखण्डले शरीरमा हुने ‘अक्सिडेसन’ प्रक्रिया न्यून गर्ने भएकाले क्यान्सरको जोखिम घटाउन सघाउने देखाएका छन् ।

एसिया महादेशमा गरिएको एउटा अध्ययनले अत्यधिक मात्रामा भिटामिन ए पाइने खानेकुरा (सखरखण्डको पातसमेत) ले फोक्सोमा क्यान्सर हुने जोखिम घटाउने देखाएको छ ।

सखरखण्ड पाचनमा सहायक
सखरखण्डमा पाइने अत्यधिक फाइबरले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्ने पोषणविद्हरू बताउँछन् । अहिलेसम्म जनावरमा मात्र अनुसन्धान गरिए पनि सखरखण्डमा पाइने ‘फाइटोस्टेरोल’ले पाचन प्रणालीको सुरक्षा गर्ने र पेटको तथा सानो आन्द्राको अल्सरबाट जोगाउन उपयोगी हुने संकेत पाइएको छ । यसले ‘इबुप्रोफिन’जस्ता एनएसएआइडिएस (नन स्टेराइडल एन्टिइन्फ्लेमेटरी ड्रग्स) औषधिको प्रयोगबाट हुने नकारात्मक असरसमेत न्यून पार्छ ।

के सखरखण्डले टाइप टु मधुमेहबाट जोगाउन सहयोग गर्छ ?
सखरखण्डले टाइप टु मधुमेह व्यवस्थापनमा सघाउने वा उपयोगी छ/छैन भन्नेबारे अझै धेरै अनुसन्धान हुन बाँकी छ । तर, यसबारे भएका केही अनुसन्धानले भने सामान्य मात्रामा सखरखण्ड र यसका पातको उपयोगले टाइप टु मधुमेहका रोगीलाई रगतमा चिनीको मात्रा नियन्त्रणमा सघाउने देखाएका छन् ।

के सखरखण्डले आँखा स्वस्थ राख्छ ?
र्नल अफ फुड एन्ड न्युट्रिसन रिसर्चले गरेको एउटा अध्ययनले वैजनी रङको सखरखण्डमा मात्र पाइने ‘एन्थोसाइनिन’ नामको एन्टिअक्सिडेन्ट आँखाका लागि लाभदायक रहेको पत्ता लगाएको थियो ।

के सखरखण्ड सबैले खान हुन्छ ?
सखरखण्ड सन्तुलित भोजन/आहारका लागि सर्वोत्तम खानेकुरा हो । यसमा पाइने अधिकांश तत्व हाम्रो स्वास्थ्यका लागि उपयोगी भए पनि एउटा तत्व ‘अक्जालेट’ले भने क्याल्सियम र अरु खनिज तत्वलाई ढिक्का पार्ने वा जमाउने काम गर्छ । भोजनमा अक्जालेटको मात्रा धेरै भए मिर्गौलामा पत्थरी हुने सम्भावना हुन्छ । त्यसैले मिर्गौलामा पत्थरी हुने सम्भावना भएका व्यक्तिले भने धेरै सखरखण्डको उपभोग गर्नु हुँदैन ।

पकाउँदा सखरखण्डको पोषण कति घट्छ ?
सखरखण्ड पकाएर खाँदा यसमा पाइने बिटा–क्यारोटिनको मात्रा घट्छ । उसिन्दा भने यसको बिटा–क्यारोटिनको मात्रा धेरै घट्दैन । तर, पकाउँदा यसमा पाइने भिटामिन सीको मात्रा भने वृद्धि हुन्छ ।
सखरखण्डको बिरुवा चहेमा +९७७९८४३१०१६४१

मेकेडेमिया नट खेति प्रविधिको बरेमा जानकारी हावापानी  उपोष्ण किसिमको हावापानी  उपयुक्त  भएपनि उष्ण क्षेत्रहरुमा पनि सफलता...
13/11/2025

मेकेडेमिया नट खेति प्रविधिको बरेमा जानकारी

हावापानी
उपोष्ण किसिमको हावापानी उपयुक्त भएपनि उष्ण क्षेत्रहरुमा पनि सफलताका साथ खेती गरिएको पाइएको छ । ।
यो फलफूलको लागि औसत तापक्रम २५ं से, र सामान्यतया गर्मी समयको तापक्रम २५–३२ं से उपयुक्त हुन्छ । ३५ ं से भन्दा बढी भएमा पालुवा पलाउने र बृद्धि विकास हुने प्रक्रियामा प्रभाव पार्छ ।
छोटो समयको तुसारो सहे पनि लामो समयको तुसारो सहन सक्दैन त्यसैले लामो तुसारो पर्ने र हिउँको असर हुने ठाउँमा खेती गर्न उपयुक्त हुदैंन ।
वार्षिक सरदर वर्षा १००० देखि २००० मि.मि. मेकेडेमिया नटको लागि राम्रो हुन्छ ।
हावा हुरीले यसको हाँगाहरु भाँच्ने भएकोले विरुवा लगाउनु अगावै चाडो बढ्ने खालका बोटहरु बगैंचामा हावा छेक्नेगरी उत्तर पश्चिममा वायू निरोधक विरुवाहरु लाइनमा रोप्नु पर्दछ ।
यो फलले असिना सहन सक्ने हुदा असिना ग्रस्त ठाउँमा यो फल लगाउन उपयुक्त हुन्छ ।

माटो
यो फललाई बढी गरम चिम्टाइलो र क्षारिय माटोमा बाहेक सबै खालको माटोमा खेति गर्न सकिन्छ ।
माटोको गहिराइ बढी भएको निकासको राम्रो सुविधा भएको प्राङ्गरीक वस्तु बढी भएको र पि.एच. सामान्यतया ५–६ पि.एच. भएको माटो व्यवसायिक खेती गर्न उपयुक्त देखिन्छ ।

बगैंचा स्थापना
सामान्यतया ५/५ मिटरको दुरीमा यसको विरुवा रोप्नु उपयुक्त हुन्छ तर ठुलो वोटहरु हुने वोट विरुवामा ८/८ मिटरको दुरीमा रोप्न सकिन्छ ।
विरुवा रोप्न ले आउट अनुसार जमिनमा चिन्ह लगाइसकेको ठाउँमा केन्द्र पर्नेगरी १ घन मिटर साइजको खाडलमा विरुवा रोप्नु भन्दा १–१.५ महिना अगाडी खन्ने र १ डोका ४०–५० केजी पाकेको कम्पोष्ट मल र माटोको मिश्रणले पुरी चिन्ह लगाउनु पर्छ ।
तयारी खाडलमा विरुवा केन्द्रमा पर्ने गरी स्वस्थ विरुवाहरु जेठ–असारमा रोप्नुपर्छ ।


सिंचाइ तथा मलखाद व्यवस्थापन
पानीको कमि हुदा नटको बोटको बृद्धि, फल लाग्ने, फल बोटमा रहने र फलको बृद्धि र नटको गुणस्तरमा असर गर्दछ । विशेषगरी फूल फूल्ने, फल लाग्ने र फलको विकास हुने बेलामा माटोमा चिस्यान कम भएमा उत्पादनमा नकारात्मक प्रभाव पार्छ ।
विरुवाको फूल फूलेर फल सेट हुने बेला देखि फल लाग्ने बेलासम्मको समय १२ देखि १६ हप्तासम्मको समयमा, पानी आवश्यक हुने हुँदा थोपा सिंचाइ वा अन्य कुनै किसिमबाट सिंचाई व्यवस्थापन गर्नुपर्दछ ।
सामान्यतया बोट विरुवाको बृद्धि विकास र उत्पादनमा सहयोग पुर्‍याउन बगैंचामा हिउँदमा हरेक २१ दिनको अन्तरमा सिंचाइको व्यवस्था गर्नुपर्छ वर्षायाममा (गर्मीमा) वर्षाको पानी हेरी हप्ताको २ पटक सिंचाइ दिनुपदर्छ ।
विरुवा रोप्ने समयमा वा हिउँदको समयमा मल दिने वा गोडमेल गर्ने समयमा बोटवरी परी चक्का बनाई छापोको प्रयोग भइरहेमा कम झारपात आउने गर्छन् । झारपात निक्कै बढी झारपात नासक विषादी समेत प्रयोग गर्न सकिन्छ ।
मेकेडेमिया नटका स–साना बोटविरुवाहरु भएको समयमा फलफूलबाट उत्पादन प्राप्त गर्नु अगाडी वा मुख्य वालीमा कुनै असर नपर्ने गरी विभिन्न तरकारीहरु जस्तै कोशे तरकारी र छोटो अवधिमा तयार हुने फलफूलहरु –जस्तै केरा, मेवा, भूईकटहर, स्ट्रवेरी आदि अन्तरबालीको रुपमा लगाउन सकिन्छ ।
सामान्यतया १० वर्षको फलफल्ने बोटमा, प्रतिवर्ष/प्रतिबोट २०–३० केजी कम्पोष्ट मलको साथमा १२० ग्राम युरीया, ५० ग्राम डि. ए. पी. र ८० ग्राम म्युरीयट अफ पोटास मंसीर–पुष महिनामा दिनुपर्दछ ।
यसको अतिरिक्त फल फल्नेबोटमा माघ फाल्गुनमा नाइट्रोफोस्का ४ ग्राम प्रति लिटर पानीमा र मल्टीलेक्स २ ग्राम प्रति लिटर पानीमा राखि बोटमा छर्कनाले फलको उत्पादन र गुणस्तरमा बृद्धि भएको पाइएको छ ।

बिरुवा उत्पादन
बीउ नै यसको बोट विरुवा उत्पादन गर्ने प्रमुख तरिका हो । पाकेको भर्खरै टिपेको परिपक्व नटलाई विरुवा उत्पादन गर्न प्रयोग गरिन्छ । ढिलो गरी रोपेमा रोप्नु अघि पानीमा ४ दिनसम्म भिजाउनु पर्छ ।
बीउहरु नर्सरी व्याडमा १० से मि फरकका लाइनहरुमा ५ सेमि फरकमा मिलाएर भाद्र – आश्विन महिनामा रोपिन्छ ।
बीउ रोपेको समान्यतया २ देखि ४ महिना भित्रमा उम्रन्छन् । उम्रेर १ वर्ष उमेर पुगेका विरुवाहरु पोली ब्यागमा कम्पोष्ट र माटोको मिक्चरमा राखेर व्याडबाट सार्ने काम गरिन्छ ।
यस्ता विरुवालाई सेड हाउसमा राखेर १२ महिनासम्म हुर्काइन्छ र हुर्कीसकेपछि मुख्य जमिनमा रोप्ने गरिन्छ ।
मेकेडेमिया नटको इनार्चिङ् विधिबाट पनि बोट विरुवाहरु उत्पादन गर्न सकिन्छ । इनार्चिङ गर्ने उपयुक्त समय आसाढ–श्रावण महिना हो ।

उत्पादन
बीउबाट प्रसारण गरिएको विरुवाले ५ वर्ष पछि फल उत्पादन दिन सुरु गर्दछ तर वानस्पतिक प्रजनन्बाट निकालिएका विरुवाहरुबाट ३ वर्ष पछि नै फल दिन थाल्दछन् ।
फलको उत्पादन जात, हावापानी र व्यवस्थापनमा निर्भर गर्छ । सामान्यतया सरदर प्रतिबोटबाट ३२.० देखि ३५ केजी फलको उत्पादन प्राप्त गर्न सकिन्छ ।
प्रति हेक्टर जमिनमा १०० बोटबाट ३.२ मे. टन/हे देखि ३.५० टन / हे सम्म राम्रो व्यवस्थापन भएको बगैंचाबाट उत्पादन लिन सकिन्छ ।

किवी खेती कहाँ उपयुक्त   ?१,००० देखि २,२०० मिटर सम्मको उचाइहल्का चिस्यान, मध्यम तापक्रम, पानी निकास राम्रो भएको भु–भागमल...
11/11/2025

किवी खेती कहाँ उपयुक्त ?

१,००० देखि २,२०० मिटर सम्मको उचाइ

हल्का चिस्यान, मध्यम तापक्रम, पानी निकास राम्रो भएको भु–भाग

मलिलो माटो, जैविक मल प्रयोग गरे उत्तम

बिरुवा रोप्ने समय

फागुन–वैशाख वा भदौ–असोज

रोपाइँ भन्दा अगाडि गहिरो खाल्डो बनाएर मल राखेर तयारी गरे बिरुवा छिटो बढ्छ

व्यवस्थापन

किवी चढ्ने बोट भएकाले ट्रेलिस/डाँडो बनाउनु पर्छ

हरेक १५–२० दिनमा सिँचाइ

जैविक मल–पानी, छाँटाइ–कटाइ गरे राम्रो उत्पादन

उपज र आम्दानी

२–३ वर्षपछि फल दिन थाल्छ

राम्रो व्यवस्थापन भए वर्षेनी ५०–१५० किलो प्रति बिरुवा उत्पादन

बजारमा किलोको राम्रै मूल्य पाइने भएकाले साना परिमाणबाट सुरु गरे पनि राम्रो आम्दानी सम्भव

स्वास्थ्य लाभ
किवीमा भिटामिन C, K, पोटासियम र एन्टिअक्सिडेन्ट प्रचुर हुन्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउने, पाचन शक्ति सुधार गर्ने तथा छालाको सौन्दर्यमा सहयोग गर्ने गुणले यसको माग लगातार बढ्दैछ।

कृषि सन्देश द्वारा किवी बिरुवाको बिक्री
हाम्रो “कृषि सन्देश” बाट उत्तम क्वालिटीका किवी बिरुवा उपलब्ध छन्।
✔ राम्रो प्रजाती
✔ स्वस्थ र गुणस्तरयुक्त
✔ मात्रा अनुसार होलसेल–रिटेल व्यवस्था
✔ खेतीको परामर्श पनि उपलब्ध

📞 बिरुवा आवश्यक परे सम्पर्क गर्नुहोस्
+9779843101641

अमला सुपरफ्रुटअमलाको कमालयदि कुनै फललाई सबैभन्दा उपयोगी फल भनिन्छ भने त्यो हो अमला (Indian Gooseberry)। जहाँ विदेशी फलहर...
10/11/2025

अमला सुपरफ्रुट
अमलाको कमाल

यदि कुनै फललाई सबैभन्दा उपयोगी फल भनिन्छ भने त्यो हो अमला (Indian Gooseberry)। जहाँ विदेशी फलहरू जस्तै Avocado र Orange लाई आधुनिक स्वास्थ्यको प्रतीक मानिन्छ, त्यहीँ आयुर्वेदको दृष्टिले अमला मात्र राम्रो स्वास्थ्यको प्रतिक नभई शरीरका लागि सुरक्षा कवच पनि हो। अमलालाई हाम्रो संस्कृतिमा “आमलकी” भनिन्छ, जसको अर्थ हो — शुद्ध, हितकारी र आयुर्धायक।

अमलामा पाइने विशेषता:
अमला भिटामिन C को मात्रा स्याउ र सुन्तलाभन्दा 10 गुणा बढी हुन्छ। एउटै अमलामा लगभग 70% भिटामिन C पाइन्छ, त्यसैले यसलाई सुपरफ्रुट भनिन्छ।

अमला किन सबैभन्दा खास?
1. भिटामिन C को राजा
१०० ग्राम अमलामा करिब ७०० मिलिग्राम भिटामिन C हुन्छ।
यो इम्युनिटी बढाउँछ, रक्तकोलेस्ट्रोल नियन्त्रणमा राख्छ र एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो।
2. कम क्यालोरी, बढी ताकत
१०० ग्राम अमलामा केवल ४८ क्यालोरी हुन्छ, जब कि ऊर्जाको मात्रा धेरै हुन्छ।
3. त्रिदोष सन्तुलन र रसायन गुण
आयुर्वेद अनुसार अमलामा त्रिदोष (वात, पित्त, कफ) सन्तुलन गर्ने क्षमता हुन्छ। यसलाई दीर्घायु दिने र पुनर्जनन गुण भएको मानिन्छ।
4. छाला, कपाल र आँखाका लागि टनिक
अमलाको रस वा तेल नियमित प्रयोग गर्दा कपाल झर्ने समस्या घट्छ, छालामा चमक आउँछ र आँखाको दृष्टि बलियो बनाउँछ।
5. रगत शुद्धिकरण र कलेजो सफा गर्ने
अमला रगत शुद्ध गर्छ र कलेजोका विषाक्त पदार्थहरू हटाउँछ। यसले शरीरमा राम्रो मेटाबोलिजम र पाचनशक्ति विकास गर्छ।
6. मधुमेह र मुटुको स्वास्थ्यका लागि उपयोगी
अमला रक्तसर्कुलेशन सुधार गर्छ र LDL (खराब कोलेस्ट्रोल) घटाउँछ। यसले सुगरको स्तर सन्तुलनमा राख्न मद्दत गर्छ।
7. पाचन प्रणाली सुदृढ पार्ने
अमलाले पाचन रसको मात्रा बढाउँछ र ग्यास, एसिडिटी आदिबाट बचाउँछ।
8. मानसिक स्वास्थ्यमा सहायक
अमलामा पाइने एन्टिअक्सिडेन्टले मस्तिष्कलाई शान्त राख्छ, चिन्ता र तनाव घटाउँछ।

घरमा अमलाको पारम्परिक सेवनका तरिका:
अमला रस: ताजा अमला पिचेर रस निकाल्नुहोस्। बिहान खाली पेटमा सेवन गर्नुहोस्।
अमला चूर्ण: सुख्खा अमला पिसेर चूर्ण बनाउनुहोस् र मह वा तातो पानीसँग लिनुहोस्।
अमला मुरब्बा: अमलालाई गुड वा चिनीमा पकाएर मुरब्बा बनाइन्छ।
अमला अचार: अमलालाई मसला र तेलमा राखेर अचार बनाउन सकिन्छ।
आयुर्वेदिक दृष्टिले सेवन नियम:
बिहान खाली पेट अमला रस वा चूर्ण लिनु लाभदायक मानिन्छ।
राति वा अत्यधिक मात्रामा सेवन गर्दा ठण्डी प्रकृतिका कारण ज्वरो वा कफको समस्या हुन सक्छ।
सिफारिस: दैनिक १०–१५ ग्राम अमला पर्याप्त हुन्छ।

खेती प्रविधि  (watermelon)- लहरे बाली समुहमा पर्ने एकवर्षे फल हो, तरबुजा ।- तराई ,खोंच ,बेशी र बगरमा केन्द्रित तरबुजा खे...
07/11/2025

खेती प्रविधि (watermelon)

- लहरे बाली समुहमा पर्ने एकवर्षे फल हो, तरबुजा ।

- तराई ,खोंच ,बेशी र बगरमा केन्द्रित तरबुजा खेती नेपालको तराई देखि पहाडी क्षेत्रका केही भूभागसम्म गर्न सकिन्छ ।

- गर्मी हावापानी , प्रशस्त घाम लाग्ने पारिला ठाउमा यसको सफल उत्पादन गर्न सकिन्छ।

•> तरबुजाले तुषारो सहन सक्दैन, फल पाक्ने समयमा सुख्खा मौसम हुनुपर्छ।

- प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे वा दोमट माटोमा राम्रो उत्पादन लिन सकिन्छ ।

- यसको नर्सरिमा बेर्ना उमारेर मङ्सिर देखि माघसम्म हारदेखि हारको दूरी २ मिटर र बोट देखि बोटको दूरी १-१. ५ मिटर कायम गरी सार्न उत्तम हुन्छ ।

- तरबुजाले रोपेको ३-४ महिनाबाट उत्पादन दिन सुरु गर्छ

- नेपालमा प्रचलित जातहरु - सुगर बेबी, लक्ष्मी ७६७ लक्ष्मी ६४७, ग्लोरी, गोल्ड बानी आदी ।

प्याज खेती प्रबिधी प्रायो जसो अहिले मध्य पहाडी जिल्लाहरुमा प्याज रोप्ने समय छ । पहाडमा रेड क्रिअल जात प्रचलित छ भने तराइ...
31/10/2025

प्याज खेती प्रबिधी
प्रायो जसो अहिले मध्य पहाडी जिल्लाहरुमा प्याज रोप्ने समय छ । पहाडमा रेड क्रिअल जात प्रचलित छ भने तराइमा नासिक ५३ भन्ने जात प्रचलित छ । प्याज्को बिउ दर १ रोपनी मा ५०० ग्राम अथवा ३०,००० बोट हो । बेर्ना सर्दा बोट्-बोट १५ सेमी को दुरी र लाइन -लाइन २० सेमीको दुरी मा लगाउनु पर्छ । जैबिक मल प्रयोग गर्ने हो भने १८ तत्व भएको कम्प्लेक्स प्रती रोपनी २.५ किलो , निम केक २ किलो प्रती रोपनी जग्गा तयार गर्दा प्रयोग गर्नु पर्छ । टप ड्रेस्सिङ गर्दा बेर्ना रोपेको २ महिना पछी १.२५ केजी प्रती रोपनी र अर्को १.२५ केजी प्रती रोपनी बेर्ना सारेको ३ महिना पछी दिनु पर्छ ।
प्याज खेती मा थ्रिम्प्स भन्ने किरा ले सबैभन्दा बढी दु:ख दिन्छ । यस्को पोथी किरा ले पात को तल्लो पती फुल पार्छ। तीन चार दिन पछी बच्चा निस्किन्छ र बिरुवा खान थालछ । माउ र बच्चा दुबइले पात को रस चुस्चन । चुसेको ठाउमा धब्बा हरु देखिन्छन । केही दिन्पछी पात बाटरिन्छ र टुप्पो सुकेर आउछ । यस्को रोक्थाम को लागि 'मालाथायन २० मिली कारीब १० लिटर पानी मा घोलेर एक रोपनी मा छिट्नु पर्छ । जैबिक प्रबिधी बाट उपचार गर्न मन छ भने तितेपाती, निम्पत्ती वा सुर्तिको झोल दुई तीन पटक छर्न सकिन्छ। गाई को गहुत मा पानी मिलाई छर्यो भने पनि रोक्थाम हुन्छ ।

काउसो" अर्थात "भेल्भेट बिन बिश्व बजार मा प्रति किलो लगभग १४५८०० रुपैयाँ किलो बिक्री हुन्छन ।    काउसो मा पनि औसधिय गुँण ...
27/10/2025

काउसो" अर्थात "भेल्भेट बिन बिश्व बजार मा प्रति किलो लगभग १४५८०० रुपैयाँ किलो बिक्री हुन्छन ।

काउसो मा पनि औसधिय गुँण हुन्छ यस्को बिश्व बजार मा प्रति किलो 900 युरो नेपाली रुपैयाँ लगभग १४५,८०० एक लाख पैंतालीस हजार आठ सए रुपैयाँ पर्न आउँछ ( यहाँ प्रोसेसिङ गरि तयार गरिएको पाउडरको बिश्व बजार को मुल्य बताइएको छ )
काउसो लाई अंग्रेज़ी मा मुकुना प्रुरियन्स पनि भन्निन्छ, जसलाई सामान्यतया मखमली बीन ( velvet bean ) भनेर चिनिन्छ। यो विभिन्न प्रयोग र सम्भावित फाइदाहरू भएको उष्णकटिबंधीय फलफूल मा पर्छ, जुन परम्परागत औषधि र आधुनिक अनुसन्धानमा प्रयोग गरिएको छ।
स्नायु र मानसिक स्वास्थ्य का लागी प्रयोग हुने काउसो मा मुकुना प्रुरियन्समा डोपामाइनको एल-डोपा प्रसस्त हुन्छ, जुन मुड, स्मरणशक्ति र मस्तिष्क नियन्त्रणमा संलग्न न्यूरोट्रान्समिटर हो। पार्किन्सन रोगका लक्षणहरूमा मद्दत गर्ने यसको क्षमताको लागि यसको अध्ययन गरिएको छ। काउसो को पाउडर ले स्नायु प्रणालीमा पनि शान्त प्रभाव पार्न सक्छ र तनाव र चिन्तामा मद्दत गर्न सक्छ।
केही अध्ययनहरूले ले देखाउछ कि मुकुना प्रुरियन्स डोपामाइन र टेस्टोस्टेरोन बढाएर, शुक्राणु गुणस्तर सुधार गर्छ, र तनाव कम गरेर इरेक्टाइल डिसफंक्शनको लागि उपयोगी हुन सक्छ।
कृषि र वातावरणीय: फलफूलको रूपमा, मुकुना प्रुरियन्स किसानहरूले आवरण बाली र हरियो मलको रूपमा प्रयोग गर्छन्। यसले वायुमण्डलीय नाइट्रोजनलाई स्थिर गर्न सक्छ, जसले माटोको उर्वरता पुनर्स्थापित गर्न मद्दत गर्दछ, र यसको बाक्लो पात र जराले माटोको क्षय कम गर्न र ओसिलोपन कायम राख्न सक्छ।
कुन भाग प्रयोग गरिएको हो?
भेल्भेट बिन (Mucuna pruriens)
यसमा बोटका पात, फुल, र फली (pod) हुन्छन्, तर औषधीय रूपमा यसको बीउ (seed) सबैभन्दा मुख्य भाग हो — यही बीउबाट यो क्याप्सुल वा पाउडर तयार गरिन्छ।
कसरी बनाइन्छ?
पाकेको कोसाबाट बीउ संकलन गरिन्छ।
बीउहरूलाई सुकाइन्छ,
त्यसपछि पीसिन्छ वा एक्स्ट्र्याक्ट (extract) बोक्रा निकालिन्छ जसलाई “Mucuna Extract” वा “L-DOPA Extract” भनिन्छ।
यही एक्स्ट्र्याक्टलाई क्याप्सुल वा पाउडर स्वरूपमा राखिन्छ।
मुख्य सक्रिय तत्व:
भेल्भेट बिनका बीउमा प्राकृतिक रूपमा L-DOPA (Levodopa) हुन्छ,
जो शरीरमा गएपछि dopamine बन्ने पदार्थ हो।
⚕️ किन र केका लागि प्रयोग गरिन्छ?
१. मस्तिष्क र स्नायु स्वास्थ्यका लागि
L-DOPA बाट dopamine बन्ने भएकाले
यसले दिमागमा dopamine स्तर बढाउँछ।
Parkinson’s disease भएका बिरामीका लागि विशेष उपयोगी हुन्छ।
२. मुड (Mood) सुधार र तनाव घटाउने
Dopamine “खुशी” हर्मोन भएकाले यसले मनोबल र ऊर्जा बढाउँछ।
३. यौन स्वास्थ्य सुधार
टेस्टोस्टेरोन र स्पर्म काउन्ट सुधार गर्ने गुण पाइएको छ।
पुरुष प्रजनन स्वास्थ्यमा सहयोगी मानिन्छ।
४. मांसपेशी विकास र थकान घटाउने
खेलकुद गर्नेहरूमा “energy booster” का रूपमा प्रयोग गरिन्छ।
सावधानी:
बढी मात्रामा प्रयोग गर्दा रगतचाप बढ्ने, उत्तेजना, वा अनिद्रा हुन सक्छ।
गर्भवती, स्तनपान गराउने, वा स्नायु समस्या भएका बिरामीले चिकित्सकको सल्लाहमा मात्र लिनुपर्छ।
अन्य dopamine सम्बन्धी औषधि लिइरहेकाहरूले पनि डाक्टरको सल्लाह लिनुपर्छ।
यो जानकारी केवल शैक्षिक उद्देश्यका लागि हो र व्यावसायिक चिकित्सा सल्लाहको विकल्प होइन। औषधीय उद्देश्यका लागि प्रयोग गर्नु अघि स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नुहुन राम्रो हुने छ।

Address

Kathmandu
44601

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779813414697

Alerts

Be the first to know and let us send you an email when Organic Vegan Agriculture Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Organic Vegan Agriculture Pvt. Ltd:

Share