07/09/2026
🌸 हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम २०८३ 🌸
रोमानियाको क्लुज-नापोकामा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा मित्रहरूमा हार्दिक नमस्कार! 🙏✨
नेपाली कला, संस्कृति, परम्परा र आपसी एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली क्लुज सोसाइटी द्वारा आयोजित विशेष तीज सांस्कृतिक कार्यक्रम मा यहाँहरू सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
आउनुहोस्, यस पावन अवसरमा सबै जना भेला भई तीजको खुसी साटौँ र हाम्रो संस्कृतिलाई वैदेशिक भूमिमा पनि उत्तिकै भव्यताका साथ मनाऔँ! ❤️🌸
कार्यक्रम विवरण:
📅 मिति: १२ सेप्टेम्बर २०२६ (शनिबार)
⏰ समय: दिउँसो १:०० बजे देखि साँझ ८:०० बजे सम्म
📍 स्थान: Calea Dezmirului 16–18, 400397 Cluj-Napoca
तपाईँको उपस्थितिले कार्यक्रमको शोभा बढाउनेछ। सबै नेपाली तथा शुभेच्छुकहरूलाई सहभागिताका लागि हार्दिक स्वागत गर्दछौँ! 🙏🌸
नेपाली क्लुज सोसाइटी 🇳🇵❤️🇷🇴